नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेका व्यक्तिमाथि बाघले गर्यो आक्रमण

चितवन, साउन २०

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु खटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *