काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं साउन २१
सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

“२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८१ साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृहले जारी गरेको सूचनामा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *