बाढी, पहिरोलगायत विपद्मा परी १५० जनाको मृत्यु

काठमाडौँ, १९ साउनः

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्प्रदेशमा पाँच गरी जम्मा आजसम्म एक सय आठजनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएको र उनीरुको खोजी जारी छ ।”

बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ५९ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिराबाट सात सय ४३ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *