भरतपुर महानगरले ल्यायो ब्रुमर, अब महानगर धुलो रहित बन्ने

भरतपुर, १५ चैत
भरतपुर महानगरले सडक सफा गर्नका लागि ब्रुमर ल्याएको छ ।

बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिले भरतपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई ब्रुमर हस्तान्तरण गरेका हुन् ।

ब्रुमर ८४ लाखमा काठमाडौँबाट भरतपुर ल्याइएको आन्तरिक व्यवस्थापन तथा खरिद शाखाका प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । कूचो र ट्यांकरको सहायताले मात्र सडक दिनहुँ सफा गर्न नसक्ने भएपछि महानगरले ब्रुमर खरिद गरेको श्रेष्ठले बताए ।

ब्रुमर आएपछि भरतपुरका सडक धुलो रहित बन्ने महानगरपालिकाले दाबी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *