रामनगरमा रोकिराखेको बसमा माइक्रो बस ठोक्किदा ८ जना घाइते, चारजनाको अवस्था गम्भिर

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • रामनगरमा रोकिराखेको बसमा माइक्रो बस ठोक्किदा ८ जना घाइते, चारजनाको अवस्था गम्भिर
रामनगरमा रोकिराखेको बसमा माइक्रो बस ठोक्किदा ८ जना घाइते, चारजनाको अवस्था गम्भिर

भरतपुर, १५ चैत
भरतपुर महानगरपालिका –१ रामनगरस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बसमा माइक्रो बस ठोक्किएको छ ।

बसको ठक्करबाट माइक्रोमा सवार आठजना घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरुमा भरतपुर–११ बस्ने बर्ष ४४ की मिना सापकोटा (टाउकोमा गम्भिर चोट), भरतपुर–५ बस्ने बर्ष ४० को केशर साह (टाउकोमा गम्भिर चोट), भरतपुर–२१ बस्ने बर्ष ४४ को मेकना तामाङ (सामान्य), भरतपुर–१४ बस्ने बर्ष ५३ को हरिराम ढकाल (सामान्य), ५१ वर्षीय धनुमाँया ढकाल (टाउकोमा गम्भिर चोट), भरतपुर–२ बस्ने बर्ष ३० को काशी उपरकोटी (टाउकोमा गम्भिर चोट), भरतपुर–२० बस्ने बर्ष ४७ को तुल बहादुर घले (सामान्य) र गोर्खा सिरान्चोक गाउँपालिका–१ बस्ने बर्ष २६ की प्रिती रम्तेल (मध्यम घाइते) रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

घाइते भएका माइक्रोमा सवार यात्रुहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

आज बिहान काठमाडौंतर्फ जाँदै गरेको  ग २ ख २२५ नम्बरको माइक्रो बस अनियन्त्रित भई बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसलाई ठक्कर दिएको हो । बस चेकिङका लागि राेकिएको थियो ।

माइक्रो र माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *