१५ कात्तिक, काठमाडौं
काठमाडौंको गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोलि चलाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोलि चलाईएको हो ।
करिमको दाहिने तीघ्रामा गोली लागेको एसपी रेग्मीले जनाकारी दिए ।
प्रहरीले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेका छन्।

Leave a Reply