झापामा ९ वर्षीया बालिका बलात्कृत आरोपमा एकजना पक्राउ

झापा, १५ कात्तिक
झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका ४ वडावारी तामाङ वस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् । घटनाबारे प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *