नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको कारण अवरुद्ध

चितवन,साउन १४-
आज बिहान ९ बजेबाट नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा लेदोसहितको पहिरो खसेपछि दुइतर्फी रुपमा सडक अवरुद्ध भएको हो ।

उक्त स्थानमा सडक बिभागसंग समन्यव गरी पहिरो हटाउने कार्य भईरहेको छ ।

यसअघि शनिवारपनि सोही ठाँउमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *