क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी चितवनमा मोटरसाइकल र्‍याली

चितवन, जेठ ८-

प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाका लागि चितवनमा मोटरसाइकल र्‍याली गरिएको छ ।

रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवन मार्फत आयोजना गरिएको संचेतना र्‍यालीलाई ‘डिस्टिंगुइस्ड जेन्टलमेन्स राइड २०२३’नाम दिईएको थियो ।

शनिवार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सुरू भएको र्‍याली अस्पतालको दुई नम्बर गेट भएर धर्मचोक–पुलचोक हुँदै आँपटारी–तीनखोले गुम्बा पुगेको थियो ।

र्‍याली ६१ वटाक्लासिक भिन्टेज बाइकहरूका साथमा ७५ जनाको सहभागीता रहेको रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका मन्दिप मान श्रेष्ठले बताउनु भयो।

र्‍यालीसँगै भएको अन्तरक्रिया कार्यक्रममा क्यान्सर अस्पतालका चिकित्सकहरुले पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो ।

अस्पतालको युरो अङ्कोलोजी विभागका विशेषज्ञ डा। सुलभ प्रधानले प्रोस्टेट क्यान्सरको निदानका लागि नियमित स्क्रिनिङ गर्नुपर्ने सुझाव दिनुभयो । डा। प्रधानका अनुसार ५० वर्ष उमेर नाघेका पुरूषमा प्रोस्टेट क्यान्सरको जोखिम बढी हुन्छ ।

प्रोस्टेट क्यान्सर प्रोस्टेड ग्रन्थीबाट सुरू हुन्छ । सबै पुरूषको मुत्राशयको नली आसपासमा प्रोस्टेट ग्रन्थी रहेको हुन्छ ।

अस्पतालका जनरल सर्जन डा। चन्दन न्यौपानेले व्यस्त दैनिकीका बाबजुद तनाव व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

बकुलाहार रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा।शशांक कुमार सिंहले पुरुषको मानसिक स्वास्थ्य, आत्महत्या र प्रोस्ट्रेट क्यान्सरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भयो । यस्तै रोट्रेक्ट क्लब अफ भरतपुरका अध्यक्ष आरटीआर स्वरूप तिवारीले आत्महत्या सचेतनाबारे सम्बोधन गर्नु भएको कार्यक्रममा इन्जिनियर उदय श्रेष्ठ, अलिफ गुरुङ र प्रकाश बि।केले सांगितिक प्रस्तुती समेत राख्नु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *