भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

चितवन, मंसिर २९ –
भरतपुर २ क्षेत्रपुरमा रहेको न्यु होराइजन इङ्गलिस स्कुलले आइएसओ लोगो प्राप्त गरेको छ । लोगो शुक्रबार स्कुलमा एक कार्यक्रमकाबीच आइएसओ प्रतिनिधि नारायण प्रसाद दुवाडीले स्कुललाई हस्तान्तरण गरे ।

लोगो हस्तान्तरण गर्दै दुवाडीले होराइजन स्कुलले आइएसओ लोगो पाउनका लागि आवश्यक मापदण्ड पूरा गरेको बताउँदै सर्टिफाइ हुनका लागि अझै केही सुचक पूरा गर्न बाँकी रहेको बताए । ती बाँकी सुचक पूरा भएपछि सर्टिफाइ गरिने उनको भनाइ छ ।

उक्त कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष श्रीधर घिमिरेले केही समय भित्रै आइएसओ का सुचाङ्कहरु पूरा गर्दै स्कुललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र चितवनकै अब्बल शैक्षिक संस्थाको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गरे । उनले यस लोगो प्राप्त गर्नमा स्कुलका प्राचार्य बसन्त रानाभाट र विद्यालयका मावि तह प्रमुख समिर पौडेलको नेतृत्वसहित सम्पूर्ण शिक्षक कर्मचारीको ठूलो भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा वक्ताहरुले विद्यालयले छोटो समयमा शैक्षिक र अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको चर्चा र प्रसंशा गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले नाच्ने, गाउने लगायतका विविध प्रस्तुति समेत गरेको थिए ।

लोगो हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, शिक्षा विकास तथा समन्वय समितिका शाखा अधिकृत रमेश अधिकारी, मेट्रो प्याबसन भरतपुरका अध्यक्ष मीन राज बस्ताकाटी, टोल विकास संस्थाका अध्यक्ष, प्राज्ञिक व्यक्तित्वहरु, समाज सेवि, अभिभावक, कर्मचारी र विद्यार्थी साथै स्थानीयहरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक शिशिर तिमिल्सिनाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *