काठमाडौंले पोखरालाई ६ विकेटले हरायो

काठमाडौं, मंसिर २९ –
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंले पोखरामाथि ६ विकेटको जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले चार विकेटको क्षतिमा १४.१ ओभरमा पूरा गरेको हो ।

पोखरालाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कायमै रहेको छ । काठमाडौंले अझै एक खेल बाँकी छ ।

काठमाडौंको जितमा ओपरन स्टेफन एस्किनाजीले ६० रन बनाए । उनले ३४ बलमा १० चौका प्रहार गरे । एस्किनाजीले पहिलो विकेटका निम्ति माइकल लेभिटसँग ५.३ ओभरमा ५८ रनको साझेदारी गर्दै काठमाडौंलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *