Blog

  • एकताबद्ध हुन संयोजक दाहालको अपिल

    एकताबद्ध हुन संयोजक दाहालको अपिल

    काठमाडौँ, पुस ११ –
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गर्नुभएको छ ।

    माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाउनुभएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गर्नुभएको छ । रासस

  • डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

    डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

    काठमाडौं, पुस ११-
    हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । डा. परियारलाई आज (शुक्रबार) बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

    परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए ।

  • आज शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष ११ गते । शुक्रबार । इस्वी सन् २०२५ डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–षष्ठी, ८ घडी ७ पला, बिहान १० बजेर ९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पूर्वाभाद्रपदा । योग–सिद्धि, १२ घडी ५६ पला, दिउँसो १२ बजेर ५ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, बिहान १० बजेर ९ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १३ मिनेट । दिनमान २५घडी ५० पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखद समाचारले आजको दीन उत्साहपूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा औद्योगिक क्षेत्रमा आज गरीने लगानीबाट भविस्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा संकटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । तर पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । व्यापारमा लगानी गर्दा नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमी आउनेछ । अरूको भर पर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइन सक्छ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • बन्जाई फुटसल सिजन वान् : स्टाफ टिम विजेता

    बन्जाई फुटसल सिजन वान् : स्टाफ टिम विजेता

    चितवन, पुस १०
    बन्जाई एजुकेशन कन्सन्टेन्सीद्वारा सञ्चालित बन्जाई फुटसल सिजन वान् को उपाधि स्टाफ टिमले हात पारेको छ।

    आन्तरिक फुटसल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा स्टाफ टिमले विद्यार्थीहरूको ग्रीन टिमलाई २-० गोलअन्तरले पराजित गर्दै जित्न सफल भएको हो।

    आन्तरिक कार्यक्रममा बन्जाई एजुकेशनका स्टाफ र विद्यार्थीहरूले आ-आफ्नै टिम गठन गरी प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। प्रतियोगिताको अन्तिम चरणमा स्टाफ टिम र विद्यार्थीहरूको ग्रीन टिम आमने/सामने भएको थियो।

    टिमले पहिलो गोल २७ नम्बर जर्सी पहिरने किपर तुषार श्रेष्ठले प्रहार गरे। दोस्रो गोल टिमका कप्तान बन्जाई एजुकेशनका संस्थापक ऋषि कंडेलले गरेर विजय सुनिश्चित गरे।

  • पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

    पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

    काठमाडौं,पुस १०-
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नेतृत्व परिवर्तन नभए आगामी चुनाव नलड्ने घोषणा गरेका छन् ।

    बिहीबार (पुस १०) को कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए चुनाव नै नलड्ने घोषणा गरेका हुन् ।

    आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ ।

    नेतृत्व परिवर्तन नगरी चुनावमा जान सम्भव छैन,महामन्त्री थापाको भानाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, नेतृत्व परिवर्तन नगरिकन चुनावमा जाने हो भने तपाईंहरू जो-जो लड्ने हो चुनाव लड्नुहोस् । मचाहिँ चुनाव लड्दिनँ ।

    थापाले नेपाली कांग्रेसको महाधिवेशन अब कांग्रेसको मात्र सरोकारको विषय नभएको बताएका थिए ।

  • प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

    प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

    काठमाडौँ, १० पुस:
    नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सञ्चारकर्मीसँग बिहीबार भेटघाटका क्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरे ।

    पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने, “महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वतर्मान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।”

  • त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

    त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

    कीर्तिपुर, १० पुसः
    त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् ।

    शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।

    समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो । उहाँले चार लाखभन्दा बढी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताउनुभयो ।

    समारोहका प्रमुख अतिथिका रूपमा रहनुभएका भौतिक शास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता प्राध्यापक डा ताकाआकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कर प्राप्त गर्नसक्ने क्षमता विकास भएको बताउनुभयो ।

    समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले व्यक्तिलाई ‘तपाईंसँग कुन डिग्री छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नु हुन्छ ?’ भनेर सोध्ने भएकाले आफ्नो ज्ञान र सीपलाई समाज परिवर्तनका क्षेमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

    विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले विद्यार्थीको उज्वल भविष्यको सुरुवात दीक्षान्तबाट हुने बताउँदै आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

  • निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

    निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

    सिरहा, १० पुसः 
    अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ ।
    लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उहाँले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु ।”
    उहाँले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभयो । निर्वाचनपछि देशको अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै उहाँले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताउनुभयो ।
    दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
    कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो ।
  • चुनावमा उम्मेदवारी नदिने विश्वप्रकाश शर्माको घोषणा

    चुनावमा उम्मेदवारी नदिने विश्वप्रकाश शर्माको घोषणा

    काठमाडौं, पुस १०-
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् ।

    बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् ।

    उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए ।

    उनले तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नहुने बताएका छन्।

    ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु,’ उनले भने, ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ।’

    उनले समानुपातिकतर्फ उम्मेदवारबारे भने केही खुलाएका छैनन्।

  • चितवन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु सिफारिस

    चितवन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु सिफारिस