भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चितवनको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ एकल सिफारिस भएकी छन् ।
उनी आगामी संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ बाट सिफारिस भएकी हुन् ।
त्यस्तै चितवनको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ द्रोण शिवाकोटी, प्रताप गुरुङ र शिव भट्टराई सिफारिस भएका छन् ।
त्यस्तै, चितवनको क्षेत्र नम्बर ३ को समानुपातिक तर्फ निशा अधिकारी रहेकी छन् ।
क्षेत्र नम्बर २ मा भने समानुपातिक तर्फ शर्मिला बिक, गोपाल कुँवर , केशवलाल श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, करण आग्री लगायत ९ जनाको नाम सिफारिस भएको नेपाली कम्युनिष्ट पार्टीका नेता द्रोण शिवाकोटीले बताए ।

Leave a Reply