Blog

  • मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

    मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

  • शितलहरका कारण मधेशमा दलित समुदाय पीडामा छन् : उपराष्ट्रपति

    शितलहरका कारण मधेशमा दलित समुदाय पीडामा छन् : उपराष्ट्रपति

    काठमाडौं पुस, १४
    उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् ।

    राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उनको भनाइ छ । यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा उनले जोड दिए ।

    आयोग आफैंले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ ।

    सरकारको ध्यान पुग्न नसकेको स्थानहरूमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए ।

    तराई मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनितिक पहुँचको रेखाभन्दा बाहिर रहेको उनले बताए । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उनको भनाइ छ ।

    स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उनले बताए ।

    आयोगले यसका लागि जागरुकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
    उनले आयोगलाई दलितलक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरु विपन्न क्षेत्र, बस्तीमा सञ्चालन गर्न सुझाव दिए ।

    ‘तराई मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनितिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेका छन् । तिनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन अति जरुरी छ । स्वास्थ्य बीमा कार्यक्रममा अर्थको अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन सकेका छैनन् । आयोगले यसका लागी जागरुकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्छ,’ उनले भने ।

    उनले समाजमा अझै पनि विभिन्न कुरीति, विसंगति र भेद्भावका अवशेषहरू रहेकोले त्यसलाई हटाउने चुनौतीहरू रहेको बताए ।

    दलितदलित बीचमा पनि विभिन्न विभेद् र छुवाछुतको अवस्था रहेको उनको भनाइ छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।

    उनले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यन्वयन गर्न पनि आग्रह गरे ।

     

  • सुनको मुल्यमा केहि गिरावट ,चाँदी भने अहिलेसम्मकै उच्च

    सुनको मुल्यमा केहि गिरावट ,चाँदी भने अहिलेसम्मकै उच्च

    काठमाडौं , पुस १४

    अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य आज केहि घटेको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आइतबार सुनको मुल्य दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी भने प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार चाँदी चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

     

  • रेणु र प्रदीपले छोडे जसपा, उपेन्द्र यादवसँग एकता

    रेणु र प्रदीपले छोडे जसपा, उपेन्द्र यादवसँग एकता

    काठमाडौं पुस,१४
    जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।

    उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीच‍को एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    ‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो ‘ सहमति पत्रमा उल्लेख छ ।

     

     

     

  • रास्वपाको प्राइमरी मतदान सकियो, कति बजे आउँछ परिणाम ?

    रास्वपाको प्राइमरी मतदान सकियो, कति बजे आउँछ परिणाम ?

    काठमाडौँ १४ पुस
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि भएको प्राइमरी निर्वाचनको समय सकिएको छ ।

    आज बिहान मतदान प्रक्रिया सकिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत कलेक्सन गर्नका लागि करिब ५ बज्न सक्ने उनले बताए । रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका साँझ ७ बजेसम्म समय तोकेको थियो । तर मतदाताको चापको कारण देखाउँदै रास्वपाले सोमबार बिहान १० बजेसम्म समय थपेको थियो ।

    ‘मतदान गर्ने समय सकिएको छ । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत सङ्कलन गर्न करिब ५ बज्छ होला । त्यसपछि निर्वाचन आयोगमा जानेछौँ’, उनले भने ।

    उम्मेदवारका आकाङ्क्षी र निर्वाचन प्रक्रियामा आएको मत सार्वजनिक गर्ने वा नगर्ने विषयमा निष्कर्षमा नपुगेको उनले बताए । रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो । रास्वपालै ५० प्रतिशत लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि मार्फत उम्मेदवार छनोट गरेको हो ।

     

  • उडिरहेका दुई हेलिकप्टर आकाशमै ठोक्किए

    उडिरहेका दुई हेलिकप्टर आकाशमै ठोक्किए

    काठमाडौं १४ पुस
    अमेरिकाको न्यु जर्सीमा दुई हेलिकप्टर आकाशमै ठोक्किए। अधिकारीहरूले दुर्घटनामा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको बताएका छन्।

    एसोसिएटेड प्रेसका अनुसार घटना स्थानीय समय अनुसार बिहान ११:२५ बजे एट्लान्टिक काउन्टीको सानो एयरफिल्ड ह्यामन्टन म्युनिसिपल एयरपोर्टमा भएको थियो।

    ह्यामन्टन प्रहरी प्रमुख केभिन फ्रिलले विमानस्थल नजिकै विमान दुर्घटना भएको खबर पाएपछि आपतकालीन टोलीहरू पठाइएको बताए। घटनास्थलबाट प्राप्त भिडियोमा हेलिकप्टर जमिनमा ठोक्किनुअघि तीव्र गतिमा घुमिरहेको देखिएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रीलले भने – जब प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगे, उनीहरूले एउटा विमानमा आगो लागेको देखे र आगो नियन्त्रण गर्न द्रुत गतिमा काम गरे।

    संघीय उड्डयन प्रशासनले एनस्ट्रोम एफ-२८ए हेलिकप्टर र एनस्ट्रोम २८०सी हेलिकप्टर बीचको टक्करको रिपोर्ट गरेको छ। दुर्घटनाको समयमा दुबै विमानमा पाइलटहरू मात्र थिए।

    अधिकारीहरूले पुष्टि गरेअनुसार एक पाइलटको घटनास्थलमै मृत्यु भयो। अर्को पाइलटलाई घातक चोटपटक लागेपछि अस्पताल लगिएको थियो। पीडितहरूको पहिचानको बारेमा अहिलेसम्म कुनै जानकारी जारी गरिएको छैन।

    एफएए र एनटीएसबी दुवैका लागि पूर्व दुर्घटना अनुसन्धानकर्ता एलन डिलले भने – अनुसन्धानकर्ताहरूले सम्भवतः टक्कर हुनुभन्दा पहिले पाइलटहरूले एकअर्कालाई देख्न सकेका थिए कि थिएनन् भन्ने कुरामा ध्यान केन्द्रित गर्नेछन्।

  • उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने

    उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने

    काठमाडौँ १४ पुस
    उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने तयारी थालेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि उज्यालो नेपाल पार्टीले छुट्टै बन्द सूची बुझाउने तयारी थालेको हो ।

    आइतबार बेलुका रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, बालेन शाह (बालेन्द्र) र कुलमान घिसिङबिच एकताबारे छलफल भए पनि वाता निष्कर्षविहीन भएको थियो ।

    एकताबारे थप छलफल गर्ने भनिए पनि आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले छुट्टै सूची बुझाउने तयारीमा पार्टी लागेको उज्यालो नेपालका केन्द्रीय सदस्य जीतराम लामाले जानकारी दिए ।

    लामाले पार्टीले आज समानुपातिकको सूची बुझाउने तयारी गरिरहेको बताए । ‘दुई पार्टीबिच वार्ता जारी रहन्छ तर उज्यालो नेपालले छुट्टै समानुपातिक बन्द सूची बुझाउने गरी अन्तिम तयारी गरिरहेको छ’ लामाले भने ।

  • प्रहरी सहायक हबल्दार बुद्धनगरमा मृत फेला

    प्रहरी सहायक हबल्दार बुद्धनगरमा मृत फेला

    १४ पुस, कामाडौं
    प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् ।

    आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् ।

    घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

    सहायक हबल्दार थापाको मृत्युबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

  • चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छ : प्रचण्ड

    चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छ : प्रचण्ड

    काठमाडौँ पुस १४
    नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्नसक्ने चेतावनी दिए ।

    उनले सबै राजनीतिक दलहरु र्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर यसतर्फ लागेको बताए । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास सकिने उनको भनाइ थियो ।

    उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दसूची प्रस्तुत गर्दैछौँ । सबै राजनीतिक दलहरु पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु।’

    संयोजक दाहालले जेनजीहरुको राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए ।

  • आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ पुस १४
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।

    देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    देशका तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।