Blog

  • मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

    मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

    भेनेजुएल, माघ २१-
    घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले “भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागुऔषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन् ।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्णमको चुनौतिसँग लडिरहनु भएको छ भने वासिङ्टनबाट उहाँको सरकारमा मादुरो सहयोगीहरू र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ ।

    प्रदर्शनकारीहरू, मध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदारहरू थिए भने उनीहरुले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए ।

    सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो ।

    प्रदर्शनकारीहरूले भेनेजुएलाको झण्डा फहराए र मादुरोका समाजवादी पूर्ववर्ती ह्युगो चावेजको नाम राखिएको रातो रङको पहिरन लगाएका थिए ।

    यस अघि ’समृद्ध र लोकतान्त्रिक’–रोड्रिगेज मादुरोको कट्टर समर्थक थिए र उहाँको उपराष्ट्रपतिको रूपमा सेवा गरेको जनाइएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताउनु भएको छ ।

    दबाबमा रोड्रिगेजले राजनीतिक बन्दीहरूलाई मुक्त गर्न र भेनेजुएलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थाल्नु भएको छ ।

    मंगलबार, अमेरिकी मिसनले जारी गरेको भिडियोमा, उहाँले संकटग्रस्त दक्षिण अमेरिकी देशका लागि तीन चरणको योजनालाई औंल्याउदै “मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक भेनेजुएलामा संक्रमण“ समाप्त भयो।

    स्वतन्त्रता ’सडकमा’–यस अघि मङ्गलबार सयौं विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि रोड्रिगेजले वाचा गरेको कानूनको द्रुत स्वीकृतिको लागि माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

    रोड्रिगेजले रिहाइको लागि आवाश्यक कानूनमा “गहन“ काम गरिरहेको उल्लेख गर्दै यसले राजनीतिक हिंसा, चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न अनुमति दिने बताउनु भएको छ ।
    भेनेजुएलामा विपक्षीले मादुरोलाई अपदस्थ गरे पछि नयाँ चुनाव गराउन माग गर्दै आएका छन् । रासस

  • तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँ, माघ २१-
    यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो ।

    जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार एघार हजार ८२१ दशमलव सात मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा पाँच हजार ८२१ दशमलव नौ मेट्रिकटन सुन्तला उत्पादन बिक्री हुँदा उक्त कारोवार भएको हो ।

    जिल्लाको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रको प्रख्यात मानिन्छन् । सुन्तला उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि सुन्तलाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।

    तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका थिए । त्यसका कारण किसान बिक्रीका लागि बजारको समस्या खेप्नु नपर्दा थप उत्साहित देखिएका हुन् ।

    कार्यालयबाट अनुदान अन्तर्गत किसानलाई निःशुल्क रूपमा बेर्ना, नयाँ क्षेत्रफल विस्तारका लागि खाल्टो खन्न, सिँचाइ गर्न पोखरी बनाउन, अनावश्यक हाँगा काट्ने मेसिन खरिद गर्न सून्तला जात फलफूल विकास कार्यक्रमअन्तर्गत अनुदानको व्यवस्था गरिएको सूचना अधिकारी परियारले जानकारी दिनुभयो ।

    किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण गरी प्रोत्साहन गर्दै आएको सो कार्यालयले जनाएको छ । रासस

  • भरतपुरमा देउराली–जनता फार्मास्युटिकल्सले नयाँ औषधि उद्योग स्थापना गर्दै

    भरतपुरमा देउराली–जनता फार्मास्युटिकल्सले नयाँ औषधि उद्योग स्थापना गर्दै

    चितवन, माघ २१-
    देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ ।

    फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ । प्रारम्भिक काम अघि वढाइएको छ । थप संरचना निर्माणका लागि सरकारी निकायहरुसँग लिनुपर्ने अनुमतिको चरणमा रहेको छ । दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने उद्योगको योजना रहेको छ ।

    यो एकाइ सम्पन्न भए पछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उहाँले बताउनुभयो । देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो ।

    हाल कम्पनीले ‘क्याप्सुल’, ‘ट्याब्लेट’, ‘लिक्विड’, ‘ओइन्टमेन्ट’, ‘ड्राइ पाउडर’लगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

    अन्तरराष्ट्रियस्तरका डब्लुएचओ जिएमपी, आइएसओ ९००१ र आइएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पु¥याइरहेको उहाँले बताउनुभयो ।

    चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तरराष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । हाल उद्योग काठमाडौँको टोखामा रहेको छ । यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन गर्न लागिएको हो । रासस

  • क्यान्सर दिवसमा चितवन मेडिकल कलेजमा निःशुल्क बहिरङ्ग सेवा

    क्यान्सर दिवसमा चितवन मेडिकल कलेजमा निःशुल्क बहिरङ्ग सेवा

    चितवन, माघ २१ –
    विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) सुरु गरिएको छ । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा यही माघ १९ गतेदेखि २४ गतेसम्म बहिरङ्ग सेवा निःशुल्क र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुटसमेतको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको छ ।

    विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले आज सचेतना र्‍यालीको आयोजना गरेको छ । अस्पतालबाट सुरु भएको ¥यालीले भरतपुरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्‍यालीमा कलेजका प्राध्यापक, अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता थियो ।

    क्यान्सर सचेतना र समयमै पहिचानको उद्देश्यसहित विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गरिएको अस्पतालले जनाएको छ । यस अभियानको मुख्य उद्देश्य क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सहयोग पु¥याउनु रहेको इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताउनुभयो ।

    विशेष अभियानअन्तर्गत पुरुषहरूका लागि विभिन्न परीक्षण समावेश गरिएको क्यान्सर स्क्रिनिङ प्याकेज उपलब्ध गराएको छ । रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मिर्गौलाको कार्य परीक्षण, रगतको मधुमेहको परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण, छातीको एक्स–रे, पेटको भिडियो एक्सरे सेवा रहेका छन् ।

    यसैगरी महिलाका लागि क्यान्सर स्क्रिनिङ प्याकेजअन्तर्गत रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मृगौलाको कार्य परीक्षण, रगतको मधुमेह परीक्षण, पाठेघरको मुखको परीक्षण, छातीको एक्स–रे, पेटको अल्ट्रासाउन्ड, स्तनको अल्ट्रासाउन्ड रहेका छन् । महिला र पुरुष दुवैले आफ्नो शरीरमा क्यान्सर छ/छैन भन्नेबारे जानकारी लिन परीक्षण गराइने देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी सबै परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

    इन्स्टिच्युटले क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन तथा समयमै परीक्षण गराउन यो अभियान प्रभावकारी हुने विश्वास लिएको उहाँको भनाइ छ । स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफल हुने सम्भावना उच्च रहने भएकाले यस्ता अवसरको सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । इन्स्टिच्युटले सरकारी अस्पतालको दररेटमा क्यान्सरको उपचार गर्दै आइएको जनाएको छ । रासस

  • फेरी बढ्यो सुनको मूल्य

    फेरी बढ्यो सुनको मूल्य

    काठमाडौं, माघ २१-
    नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (माघ २०) गते बढेको सुनको मूल्य आज बुधबार (माघ २१) मा पनि बढेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।

    त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।

  • राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

    राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

    काठमाडौँ, माघ २१ –
    राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गर्नुभएको छ ।

    नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तरराष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गर्नुभएको उक्त दूतावासले जनाएको छ । रासस

  • निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

    निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

    काठमाडौँ माघ २१
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् ।

    निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

    निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित भएका हुन् ।

    एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ ।

    नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए ।

    निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

    सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए।

    एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन गरिएको हो । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ ।

    निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

    मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ ।

    आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् ।

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् ।

    नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।

    दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ । सोहीअनुसार नियमितरूपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको प्रहरीले जनाएको छ ।

    निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन् । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

  • आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ २१ गते । बुधबार । इस्वी सन् २०२६ फेब्रुअरी ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–तृतीया, ४७ घडी ३४ पला, रातको १ बजेर ५३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाफाल्गुनी, ४३ घडी १० पला, रातको १२ बजेर ७ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–अतिगण्ड, ५० घडी ४७ पला, रातको ३ बजेर १० मिनेट उप्रान्त सुकर्मा । करण–वणिज, दिउसो १ बजेर ५७ मिनेट उप्रान्त भद्रा, रातको १ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १६ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । आफन्तहरू टाढिनेछन् भने आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उद्योग, शेयर बजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ । नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार, शेयर बजारबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायबाट नाफा हुनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

    प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

    काठमाडौँ, २० माघ : 
    निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

    आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।

    प्रकाशित बन्द सूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

    निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

    काठमाडौँ, २० माघः 
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् ।

    निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

    निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।

    एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् ।

    दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ ।

    नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ ।