Blog

  • शेखर कोइरालाले निर्वाचन आयोगमा भने, गगनसँग जानेहरू चोइटिएर गएका हुन्

    शेखर कोइरालाले निर्वाचन आयोगमा भने, गगनसँग जानेहरू चोइटिएर गएका हुन्

  • देउवा समुहलाई निर्वाचन आयोगले भन्यो,– ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

    देउवा समुहलाई निर्वाचन आयोगले भन्यो,– ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

    काठमाडौँ, माघ २ –
    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।

    नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।

    ‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’

  • चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

    भरतपुर माघ १

    देवघाटधाममा क्षेत्रमा विभिन्न नाममा पैसा उठाउदा धार्मिक महत्त्व, मर्म र मौलिक संस्कृति छायामा पर्ने बारे आवाज उठेको छ ।

    सामाजिक कार्यमा सक्रिय भरतपुर निवासी प्रदिप पराजुलीले सामाजिक संजालमा एक स्टाटस लेख्दै यस प्रति असन्तुष्टि जनाउदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्, ।

    विभिन्न सामाजिक संघसंस्था, वित्तीय संस्था एवम् युवा विद्यार्थी माझ परिचित पराजुलीले उक्त स्थानमा भएका सामाजिक गतिविधिको प्रसंसा सगै पैसा उठाउने कामलाई चन्दा आतंकको संज्ञा दिदै धार्मिक महत्व, मर्म र मौलिक संस्कृति छायामा पर्ने बताएका हुन् ।

    “देवघाट धाम क्षेत्रका मेला पैसा, चन्दा उठाउने माध्यमको रूपमा विकास गरिनुहुदैन । यसले तिर्थालुहरूमा नकारात्मक असर सगै धार्मिक महत्त्व, मर्म र मौलिक संस्कृति माथि गम्भीर प्रहार गर्दछ।” उनले लेखेका छन्।

  • भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

    चितवन, १ माघः
    भरतपुर महानगरपालिकाले अझै पूर्ण रूपमा नसकिएको प्रशासनिक भवनको उद्‌घाटन शुक्रबार गर्ने निर्णयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा भर्त्सना गरेको छ।

    रास्वपा भरतपुर कमिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगर समितिले निर्माणाधीन अवस्थामा रहेको प्रशासनिक भवनको उद्घाटनमा महानगर जुटेको भन्दै विरोध जनाएको हो ।

    यस कदमलाई रास्वपा महानगर समितिले जनताको आँखामा छारो हाल्ने, राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको गैर–जिम्मेवार कदमको रूपमा लिएको जनाएको छ ।

    रास्वपा भरतपुर महानगर समिति सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।”

    त्यस्तै, भरतपुर महानगरले प्रमुख प्रशासकीय भवनको शुक्रवार उद्घाटन गर्न लागेको महानगरका उपप्रमुख चित्र सेन अधिकारी बताएका छन् । उनले भने, ‘भवनको काम पूर्णपुरले सकेर नवनिर्मित भवनमा सर्ने हो भने अझै दुईदेखि तीन महिनाको समय लाग्ने देखिन्छ । उद्घाटनपछि प्रमुख र प्रमुखको कार्यकक्ष नयाँ भवनमा सारिने तयारी भएका छ । तर, भवन निर्माणको काम पनि सङ्गैसँगै चल्दै गर्छ ।’

    त्यस्तै उनले भने, ‘हतारोले अधुरो भवनमा आफूहरू सर्न लागेका हौँ । सो विषयमा सबैले बुझेकै होला न ? हतार भएकै हो किन भएको हो सबैले बुझेका छन् ।’

     

  • भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

    भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

    गैँडाकोट, १ माघ-
    चौथो गैँडाकोट महोत्सव अन्तर्गत आयोजना गरिएको भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो भएको छ ।

    प्रतियोगितामा सहभागी १७ वटा टोलीलाई पछाडि पार्दै भजन प्रतियोगितमा पहिलो भएको कैलाश संन्यास आश्रम भजन समूहले २० हजार रुपैयाँ पुरस्कार हात पारेको प्रतियोगिताको निर्णायक सहसंयोजक ढकबहादुर कार्कीले जानकारी दिए ।

    त्यस्तै प्रतियोगितामा चितवनको भरतपुरस्थित शिवालय सेवा समिति गोपेश्वर बोलबमधाम दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारेको छ । प्रतियोगितामा तेस्रो भएको भारद्वाज आश्रम सप्तऋषि मन्दिर समूहले १० हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।

    भजन प्रतियोगितामा तीन वटा समूहले समान अङ्क प्राप्त गर्दै सान्त्वना भएका छन् । सान्त्वना भएका शिव पाञ्चायन सेवा समिति दिव्यधाम, श्रीकृष्ण मन्दिर हर्कपुर र श्री भगवान बराहा दिव्यधामले प्रोत्साहन स्वरुप पाँच पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका कार्कीले जानकरी दिए ।

    स्थानीय कला र संकृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवस्थलमा पुस २७ देखि भजन प्रतियोगिताको आयोजना गरिएको थियो ।

  • आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

    आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

    गैँडाकोट, १ माघ ।
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको आज बिहीबार २५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा हालसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

    बिहीबार मघेसङ्क्रान्ति पर्व परेका कारण महोत्सव स्थलमा दर्शकको अत्यधिक भीड रहेको सापकोटाले जानकारी दिए । महोत्सवस्थलमा बिहीबार दिनभर नै दर्शकहरुको बाक्लो उपस्थिति रहेको उनको भनाइ छ । पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए ।

    महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाको भनाइ छ । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका छन् । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको सापकोटाले बताए ।

    यसैबीच, महोत्सव अन्तर्गत बिहीबारको सांस्कृतिक कार्यक्रममा चर्चित गायक शिव परियारसहितका कलाकारले प्रस्तुती राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार बिहीबार महोत्सवमा स्थानीय कलाकारसहित शिव परियार, रितु थापा, रितु कँडेल, कुशल बेलबासेलगायतले प्रस्तुती राखेका छन् ।

    महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुती रहने लम्सालले बताए । शुक्रबार मल्लसहित लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।

    स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले बताए ।

    महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमन गरिएको कँडेलको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

  • आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि, कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुँदै

    आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि, कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुँदै

    चितवन, माघ १-
    चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्य सहित भोलि माघ २ गतेदेखि आठौं एग्रीटेक इन्टर नेशनल एक्स्पो हुँदैछ । उक्त एक्स्पोको वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नु हुँदैछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा यही माघ २ देखि ४ गतेसम्म चितवन प्रर्दशनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२” हुने भएको हो । एक्स्पोमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    आयोजक संस्था मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोको सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी दिनुभयो । सम्पुर्ण स्टल बुकिङ्ग भईसकेको र प्रर्दशकहरु आईसकेका छन । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागितामा एक्स्पो गर्न लागिएको उहांँले बताउनु भयो ।

    उहांँका अनुसार तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहनेछन । हालसम्म स्टलहरु बुकिङ भईसकेको र तयारी अन्तिम चरणमा रहेको छ ।

    प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने भट्टराइको भनाई छ । ’प्रर्दशनीमा साना कृषिऔजारदेखि लिएर डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा समेत उपलब्ध गराइनेछ, उहांँले भन्नुभयो , यस एक्स्पो केवल प्रदर्शनीमा मात्र सीमित नरहेर कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, वजारीकरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रूपमा रहने हाम्रो अपेक्षा हो ।’

    यस एक्स्पोले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पु¥याउने र यसको प्रयोगमार्फत कृषिउत्पादन वृद्धि गर्ने र दीर्घकालीन रूपमा मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

    प्रर्दशनीमा विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि प्रदर्शनीले व्यवहारिक ज्ञान आर्जन, आधुनिक प्रविधिको अवलोकन तथा नेटवर्किङको महत्वपूर्ण अवसर प्रदान हुनेछ ।

    यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।

  • रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

    रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

    रत्ननगर, १ माघः
    पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवको विहीबार मात्र ४५ हजार बढीले अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । महोत्सवको सातौं दिन सम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अबलोकन गरेको उनको भनाई छ ।

    संघका कोषाध्यक्ष विनोद घिमिरेले विहीबार माघे संक्रान्ति परेकाले महोत्सवमा उत्सहाजनक उपस्थिति देखिएको भन्दै आगामी दिनमा अबलोकनकर्ताको संख्या अझै बढ्ने दावी गरे । महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ ।

    महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

    पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।

    रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव माघ ६ गते सम्म चल्ने छ । यता महोत्सव अन्तर्गत रत्ननगर वडा नं १ सौराहाचोकमा चिकेन एण्ड एग फुडफेस्टिबल जारी रहेको छ । कुखुराको मासु र अण्डा तथा स्थानीय विभिन्न जातजातीको खानाको प्रर्वद्धनको लागि फुड फेस्टिबल आयोजना गरिएको संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । फेष्टिबल माघ ३ गते सम्म चल्ने छ । साँझ ५ बजेबाट सुरु हुने फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको छ ।

     

  • रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    पाल्पा, १ माघः 
    पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।
    रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले उल्लेख गर्नुभयो ।
    माघे सङ्क्रान्तिको अवसरमा परम्परादेखि कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको उहाँले जानकारी दिनुभयो । नेपालका चारधाममध्ये एक रुरु धाममा देशभित्रका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । माघे सङ्क्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले नजानेर गरेका पाप नाश हुने, मृत्यु पछि स्वर्गमा बास हुने जनविश्वास रहेकाले श्रद्धालुहरू यहाँ आउने गरेका तिमिल्सेनाले विश्वास व्यक्त गर्नुभयो ।
    मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । “कालीगण्डकी जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । स्नान गर्न र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले सहज बनाएको छ”, उहाँले भन्नुभयो ।
    पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।
    धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायत घरेलु सामग्रीका साथै हुम्ला, जुम्लाको ओखरको घाँजीलगायत सामग्री बिक्रीका लागि राखिएका रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पा तथा गुल्मीको थोर्गासहित आसपासका किसानले गुँड, खुदो, चाकुका साथै स्थानीय उत्पादनका दुई सयभन्दा बढी कक्ष राखिएका छन् ।
  • झापामा बालेनका लागि खोजियो घर

    झापामा बालेनका लागि खोजियो घर

    काठामाडौं, माघ १-
    झापामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ ।

    रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो ।

    ‘दमक ३ मा घर फाइनल गरेको छ,’ उनले भने । उक्त घर ऐतिहासिक हुने पाठकले बताए । तर बालेनको टिमले भने हेर्न बाँकी छ ।