Blog

  • नेपालमा गयो चार रेक्टर स्केलभन्दा माथिको भुकम्प

    नेपालमा गयो चार रेक्टर स्केलभन्दा माथिको भुकम्प

    काठमाडौं चैत ९ –                                                       आज नेपालमा भुकम्प गएकाे छ । ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको जनाएकाे छ ।गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ । रासस

  • बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

    बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

    काठमाडौं,  चैत ९

    दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन् ।

    दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन् ।

    वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भु–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

     

  • नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति होः अध्यक्ष ओली 

    नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति होः अध्यक्ष ओली 

    काठमाडौं,  चैत ९- 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् ।

    एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए ।

    ‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’

    एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उनले बताए ।

    ‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वा, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने ।

  • महाकाली नदीमा भारतले पक्की तटबन्ध बनाएकोमा कानुनमन्त्रीले गराए गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

    महाकाली नदीमा भारतले पक्की तटबन्ध बनाएकोमा कानुनमन्त्रीले गराए गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं, चैत ९-

    दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकमतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका-४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोध भारतले अटेरी गर्दै आएको छ ।

    पानीको बहाव नेपालतर्फ पठाउनेगरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट नेपालीहरूले ढुंगा प्रहारसमेत गर्दै आएका छन् । तर, पनि भारतीय पक्षले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।

    स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट गरी मन्त्री बडूले ध्यानाकर्षण गराएका हुन् ।

    भारतीय पक्षले पक्की तटबन्ध निर्माण गर्ने क्रममा दुवैतर्फका जनताबीच ढुङ्गा हानाहानको अप्रिय अवस्था सृजना भएको तर्फ दुवै मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । यस घटनाबाट दुवै तर्फको जनस्तरमा रहेको मित्रता र आपसी सम्बन्धलाई थप विग्रन नदिनतर्फ सचेत हुन समेत आग्रह गरेका हुन् ।

    सीमाक्षेत्रमा हुने प्रशासनिक एवं विकासका गतिविधिहरूमा दुवै पक्षको पूर्व जानकारी र समन्वयको सुनिश्चितता गर्नका लागि तत्कालै भारत सरकारसँग कूटनीतिक तहमा सम्पर्क गरी दुवै पक्षबीच प्राविधिक र प्रशासनिक समन्वय र संवादद्वारा सृजित समस्याको समाधान गर्न गराउन आग्रह गरेका हुन् ।

    भेटका क्रममा परराष्ट्रमन्त्री खड्काले उक्त घटनालाई गम्भीर लिँदै भारत सरकारको ध्यानाकर्षण गराइसकिएको बताए ।

    दुवै देशका संयुक्त प्राविधिक टोली खटाइ स्थलगत रूपमा नै समस्याको समाधान गर्न दूतावासमार्फत भारत सरकारलाई मौखिक साथै लिखित रूपमा अनुरोध गराइसकिएको उनले प्रष्ट पारे ।

    यो विषयमा आफू निरन्तर भारतसँग सम्वादमा रहेको भन्दै चाँडै उक्त समस्याको समाधान गरिने बताए ।

  • नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई

    नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, फागुन ५ –
    नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।

    आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

    कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रमलिम्बु चेम्जोङ, प्रेम बस्नेत रहेका छन् ।
    अन्य पदाधिकारीको पछि मनोनयन गरिने गरी अधिवेशनको बन्दसत्र समापन गरिएको निर्वाचन समितिका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए ।
    पदाधिकारीमा अधिकांश व्यक्तिहरु दोहोरिएका छन् । अध्यक्ष डा. भट्टराई र महासचिव गुरुङ्ग दोश्रो कार्यकालका लागि पुनः चयन भए ।

    बन्दसत्र अघि भएको उद्घाटन सत्र तथा साधारण सभामा अध्यक्ष डा. भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव इश्वरबहादुर गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।

    अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, प्रतिनिधि सभा सांसद तथा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलबी शाम्बा लिम्बु, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, विभिन्न जिल्लाबाट आएका संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    २०७० सालमा स्थापना भएको नेपाल उद्योग संघ नेकपा एमालेको जनवर्गीय संगठन हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको एक अंग हो । यस संघले ‘राष्ट्रिय उद्योगको विकास, लगानीको सुनिश्चितता समृद्धिमा हाम्रो प्रतिवद्धता, आजको आवश्यकता’ भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढिरहेको छ ।

  • पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने

    पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने

    चितवन, ३ चैत –
    पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र (एस्क्पो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो ।

    नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई÷दुई वर्षमा गरिँदै आएको छ । प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसिनरी सामग्री राखिनेछ । विश्वमा प्रचलनमा रहेका यन्त्रलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिईने उहाँले बताउनुभयो ।

    यसअघि कोहलपुर, धरानलगायतका जिल्लामा प्रदर्शनी गरिएको थियो । चितवनमा दोस्रो पटक प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । व्यावसायिकरुपमा कृषिजन्य उपकरणको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

    यस प्रदर्शनीले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका कृषि उद्यमीलाई सहयोग पुग्ने सङ्घकी केन्द्रीय सदस्य सुनिता नोमाफुकीले बताउनुभयो । यस प्रदर्शनीले सरकारलाई समयसापेक्ष नीति निर्माणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । (रासस)

  • सहकारीलाई भरतपुर महानगरको सहयोग

    सहकारीलाई भरतपुर महानगरको सहयोग

    चितवन, ३ चैत –
    भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

    महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो । समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई रु पाँच÷पाँच लाख बराबरका तोरी मिल प्रदान गरिएको छ ।

    त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई रु दुई लाखको सामग्री, नवसुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर इन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई रु एक लाखको कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो ।

    त्यस्तै उज्जवल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई रु एक लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको महानगरको सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले जानकारी दिनुभयो ।

    महानगर देशकै सहकारीको जननी भएकाले महानगरभित्र राम्रो गरेका सहकारीको स्तर विकासका लागि सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाइ छ । सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरूले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाह ठकुरीले बताउनुभयो ।

    महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको विकासमा धेरै ठूलो लगानी गरी परिणाममुखी काम गरेको बताउनुभयो ।(रासस)

  • दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

    दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

    चितवन, ३ चैत –
    दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो । (रासस)

  • आज को राशीफल

    आजको राशिफल – Aajako Rashifal

    २०७८ फागुन २१ गते, शनिवार, ५ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, तृतीया तिथि। रेवती नक्षत्र। चन्द्रराशि– मिन

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा उठाउँदा पछि हानि हुन सक्छ।
    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुनेछ।
    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    सामान्य कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सम्पादन गर्न सकिनेछ।
    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सानो त्रुटिले पनि समस्या निम्त्याउला। श्रमपूर्वक समर्पित हुँदा समेत कामको मूल्य उठाउन नसकिएला। बन्दै गरेको काम स्थगित हुन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। अस्वस्थताका बीच कामको जिम्मेवारी बढ्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।
    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    व्याहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। योजना सुरु गर्न केही समय लागे पनि चिताएको काम सम्पादन हुनेछ। सन्तान र अनुयायीको सहयोग महत्त्वपूर्ण रहनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।
    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।
    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले प्रतिफल दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। धैर्यसाथ गरिएको व्यवहारले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। तर सानो त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ।
    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरू भेटिनाले काममा आत्मबल बढ्नेछ। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

  • भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन

    भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन

    चितवन, २० फागुन –
    सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन । त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन ।
    अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनुहुन्छ । उहाँको भनाइमा यस अस्पताललाई आगामी पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा सरकारको १५० शय्या बराबरको जनशक्ति मात्रै छ, जबकि अस्पतालमा ६०० शय्या सञ्चालन गरिएको छ । सरकारले पाँच सय शय्याको सङ्घीय अस्पताल घोषणा गरिसके पनि यसका लागि आवश्यक जनशक्ति नहुँदा दिनुपर्ने सेवा दिन कठिन भएको गुनासो गर्दै उहाँले भन्नुभयो, “ओएनएम सर्भेमा सुरुमा ७०० र थप गर्दै लगेर पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति पु¥याउनुपर्ने उल्लेख छ ।” विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अन्य अस्पतालसँगै यस अस्पताललाई पनि अतिविशिष्ट सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।
    हाल अस्पतालमा ७५० कर्मचारी कार्यरत रहेकामा १७५ दरबन्दी मात्र सरकारी हो । एकसय २० जना करार सम्झौतामा र बाँकी अस्पतालको विकास समितिबाट करार तथा दैनिक ज्यालादारीमा कार्यरत छन् । बयाननब्बे विशेषज्ञसहित १२० चिकित्सक छन् ।
    एकसय पचास दरबन्दी त जिल्ला अस्पताल हुँदाको अवस्थाको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । शय्या अनुसारको दरबन्दी नहँुदा सेवाप्रवाहमा असर परेकोे छ । सरकारले भौतिक पूर्वाधार र अन्य कुरामा चासो दिए पनि जनशक्ति थप गर्न नसकेको उहाँको गुनासो छ । हाल अस्पतालमा सरकारी ३०० शैया र अस्पताल विकास समितिको ३०० गरी ६०० शैया सञ्चालनमा छ । अस्पतालमा ३०० शैया हुँदाको दरबन्दीसमेत हालसम्म कार्यान्वयन हुन सकेको छैन । कर्मचारी थप्नुपर्ने विषयमा पटक पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको भनाइ छ ।
    अस्पतालमा मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्किन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्री, न्युरो सर्जरी, सिटिभिएस, डेन्टल, कार्डियोलोजी, आँखालगायत विभाग सञ्चालनमा छन् । अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्गमा बिरामी आउने गरेका छन् । यहाँ १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउनुहुन्छ । विसं२०१३ मा १५ शय्याको हेल्थ सेन्टरका रुपमा स्थापना भएको यो अस्पताल ‘महेन्द्र आदर्श चिकित्सालय’ को नाममा २०२० पुस १४ गते स्थापना गरिएको थियो । (रासस)