Blog

  • चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

    चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

    रौतहट, ३ बैशाख-
    बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ बर्षिय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआईजी गणेश ठाडा मगरले बताएका छन ।

    भारतीय नागरिक साहको साथबाट एककिलो दुईसय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कार्वाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाईएको डिआईजी मगरले जानकारी दिएका छन ।- न्युज कारखाना

     

  • गठबन्धनको टुङ्गो भोलिसम्म : अध्यक्ष प्रचण्ड दाहाल

    गठबन्धनको टुङ्गो भोलिसम्म : अध्यक्ष प्रचण्ड दाहाल

    चितवन, ३ वैशाख-
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ ।

    भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँको भनाइ थियो । (रासस)

  • सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

    सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

    काठमाडौं, २ वैशाख-

    सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

    उनलाई संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दिइएको छ ।

    सरकारले बुधबार मात्र केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गरेको थियो । उनी १९ दिनका लागि मात्रै सशस्त्रको प्रमुख हुनेछन् । त्यसपछि उनी ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाउनेछन् । न्युजक कारखाना

  • आगलागीमा जलेर बालकको मृत्यु

    आगलागीमा जलेर बालकको मृत्यु

    सुधा देव
    सप्तरी, २ वैशाख-

    सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

    स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।

    बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।

    आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    आगलागीमा ज्यान गुमाएका शैलेशको बुवा भने वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालक मृत्यु स्थानीयको भनाई रहेको छ।- न्युज कारखाना

     

  • आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सीबाट जापान जान लागेका १०० जनाको बिदाई

    आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सीबाट जापान जान लागेका १०० जनाको बिदाई

    चितवन, बैशाख २ –
    आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सी भरतपुरमार्फत जापान जान लागेका १०० जनाको आज कन्सल्टेन्सीले बिदाई गरेको छ ।

    कन्सल्टेन्सीमा भाषा कक्षा लिएर अध्ययनका लागि जापान जाने तयारीमा रहेकाहरुको बिदाई गरिएको हो ।

    भरतपुरको होटल सिजिआरमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थीहरुले नाचगान गर्दै खुसीयाली मनाएका थिए ।

    कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रज्वल पौडेलले सिओई आएर बसेका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान गर्नका लागि बिदाई तथा शुभकामना कार्यक्रम गरिएको बताए ।

  • चितवनबाट ३ हजारभन्दा बढी राप्रपामा प्रवेश, राजेन्द्र लिङदेनले गरे स्वागत

    चितवनबाट ३ हजारभन्दा बढी राप्रपामा प्रवेश, राजेन्द्र लिङदेनले गरे स्वागत

    चितवन, बैशाख २ –

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चितवनबाट आज ३ हजारभन्दा बढी प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित विशाल आमसभामा उनीहरु प्रवेश गरेका हुन् ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रवेश गरेकाहरु मध्ये केहीलाई स्टेजमै स्वागत गरे ।

    पार्टीका जिल्ला प्रवक्ता राजु भण्डारीका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार भरतपुर महानगर क्षेत्रका छन् । महानगरको वडा नम्बर १, ११,१४, १५, १७, २० बाट प्रवेश गर्ने धेरै छन् । माडी नगरपालिकामा वडा नम्बर ७, ८, ९ का धेरै छन् । यस्तै राप्ती, कालिकाबाट राप्रपामा पार्टी प्रवेश गरेका छन् ।

    कांग्रेस, एमाले, माओवादीबाट राप्रपामा प्रवेश गरेका भण्डारीले जानकारी दिए ।

    आजको आमसाभामा अध्यक्ष राजेन्द्र लिङदेन, केन्द्रीय उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको उपस्थिति रहको थियो ।

  • हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा

    हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा

    सुधा देव
    सप्तरी, २ वैशाख-

    सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएकाे छ । सरकारले हात्ती पाइले राेगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का
    ५० वर्षीय शिवकुमार मण्डल यस राेगबाट पीडित छन् ।

    सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले राेगबाट थलिएपछि परिवार विचल्लीमा परेकाे ५ । उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ´पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्राे भएकाे छ ।’

    केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन्।

    उनले भनिन, ´ऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निकाे भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेकाे छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।’

    मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,´ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।’- न्युज कारखाना

     

  • जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

    जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

    काठमाडाैं, २ वैशाख-

    जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ।

    किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ।

    जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ ।- न्युज कारखाना

  • कमल थापाले भने : राप्रपा नेपाल युवाहरूको पार्टी हो

    कमल थापाले भने : राप्रपा नेपाल युवाहरूको पार्टी हो

    नवलपुर, २ वैशाख-

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे ।

    युवामा नेतृत्व हस्तान्न्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए ।

    गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापा राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

    तत्कालीन अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरणमा सहमत भए पनि लिङ्देनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थापाले देशलाई दूरावस्थामा पु¥याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।- न्युज कारखाना

  • चितवनमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शनमा जे देखियो (फोटो/भिडियो)

    चितवनमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शनमा जे देखियो (फोटो/भिडियो)

    – आरती गौतम

    चितवन, बैशाख २ –
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चितवनमा विशाल आमसभा गरेको छ ।

    भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्कमा) भएको आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बिक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ ।

    आजको कार्यक्रमलाई चितवनमा राजेन्द्र लिङ्देलको शक्ति प्रदर्शनका रुपमा लिइएको छ ।

    आमसभामा झाँकी, पञ्चे बाजा, मौलिक भेषभुषासहित हजारौं सर्वसाधरणको उपस्थिति रहेको छ ।

    हेर्नुहोस्, आज चितवनमा भएको राप्रपाका शक्ति प्रदर्शनमा जे देखियो त्यही दृश्य :