हेटाैंडा, ३० वैशाख- हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको…
नयाँ दिल्ली, ३० वैशाख- छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ । अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो…
चितवन, ३० वैशाख- भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन्…
चितवन, ३० वैशाख – चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन् ।
चितवन, ३० वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् ।…
काठमाडौं, २९ वैशाख भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले…
काठमाडौं, २९ वैशाख देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको हो । सर्वोच्च अदालतका सह…
काठमाडौं, वैशाख २९- शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक…
भक्तपुर, २९ वैशाख- बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने भएको छ । ३१ वैशाखमा बिहान ७ बजे भक्तपुर इनाचोमास्थित मुनि बिहारबाट शुरू…
-अश्विनी दानी वैशाख २९, गोरखा- शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । गोरखा नगरपालिका-६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी…