Blog

  • भरतपुर अस्पतालमा मैले बिताएको दुई वर्ष, सिकेको पाठ र सत्प्रयासका लागि बढेको आत्मविश्वास : विजय सुवेदी

    भरतपुर अस्पतालमा मैले बिताएको दुई वर्ष, सिकेको पाठ र सत्प्रयासका लागि बढेको आत्मविश्वास : विजय सुवेदी

    – विजय सुवेदी
    २०७९ वैशाख ३ गते –
    २०७१ असोजमा २ वर्षका लागि भन्दै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको मन्त्रीस्तरीय निर्णयबाट म भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएँ । मैले नियुक्तिअघि यस जिम्मेवारीमा जाने विषयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूलाई जानकारी गराएको थिएँ । उहाँले तपाईंले गर्नुपर्ने धेरै कामहरु छन्, एउटा जिल्ला अस्पतालमा नजान सल्लाह दिनुभयो ।

    मैले भरतपुर अस्पताल गएर सुधार गर्ने अठोट सुनाएँ । उहाँले जिल्ला अस्पताल भन्दै गर्दा मैले जिल्ला अस्पतालबाट केन्द्रीय अस्पताल बनाउने सपना संगालेको थिएँ । मेरो निवासबाट केही मिटरको दूरीमा रहेको अस्पताल हो, भरतपुर अस्पताल । म र मेरो परिवारमात्रै हैन, यस जिल्लासहित वरपरका जिल्लाका गरिब, विपन्न बहुसंख्यक जनताको जीवन जोगाउने भरतपुर अस्पताललाई साँच्चै जनताको अस्पताल बनाउने सोच मसँग थियो ।

    अस्पताललाई तत्कालीन अवस्थाबाट उठाएर एउटा सुविधा सम्पन्न, बिरामी मैत्री केन्द्रीय शिक्षण अस्पताल बनाउनुपर्दछ भन्ने सुन्दर सपनासहित म अस्पतालमा आएँ । मलाई थाहा थियो, लौरी टेक्ने एक दिन म पनि यहीँ अस्पतालमा उपचार लिन आउनुपर्छ । उस्तै परे यहीँ मर्नुपर्छ । त्यसैले पनि यो अस्पताल बन्नुपर्छ र बनाउनुपर्छ भन्ने लागेर नै म अस्पतालको अध्यक्ष बनें ।

    म भनाइमा हैन, कर्ममा विश्वास गर्छु । समाज परिवर्तन गर्न र मुलुकलाई समृद्ध बनाउन राजनीतिक पार्टीबाट मात्र सम्भव छ भनेर हामी सानैदेखि राजनीतिक आन्दोलनमा लाग्यौं । आन्दोलनबाट सफलता पनि प्राप्त भयो तर जनतामा अनुभूति हुने गरी सेवा प्रवाह गर्ने निकायहरुको सुधारमा ध्यान दिन सकेनौं । राजनीतिलाई समाज सेवा र जनताको प्रत्यक्ष सुविधा पाउने तहसम्म जोड्न सकियो भनेमात्रै बल्ल जनतामा परिवर्तनको आभास दिलाउन सकिन्छ ।

    म अस्पताल पुग्दा…

    भरतपुर अस्पताल बनाउने उद्देश्यसहित मैले २ वर्षे जिम्मेवारी लिँदा अस्पतालको तत्कालीन अवस्था के थियो भन्ने सन्दर्भ उल्लेख गर्नु यहाँ उपयुक्त होला । अस्पतालको मुख्य गेट सामान्य मानिसहरु आउन जानमात्रै प्रयोग हुन्थ्यो । बिरामी र अन्य सवारीसाधनसहित अस्पतालभित्र प्रवेश गर्न अहिलेको पार्किङतर्फको गेट प्रयोग गरिएको थियो । गेट जीर्ण थियो, जहाँबाट हिँड्दा कुहिएको शवको दुर्गन्ध आउँथ्यो ।

    अस्पतालभित्र प्रवेश गर्ने जो–कोहीको पहिलो ‘इम्प्रेसन’ नै के हुन्थ्यो होला तपाईं आफै कल्पना गर्नुस् । बेवारिसे शवको व्यवस्थापन अर्को चुनौती थियो । नारायणी नदीमा बेवारिसे शवहरू फालिएका दृश्यहरू पनि हामीले देखेका थियौं । नजिकका सामुदायिक वन र सरकारी वनमा समेत वेवारिसे शव व्यवस्थापन गर्न नदिने अवस्था थियो । अस्पतालको आकस्मिक कक्ष अति नै जीर्ण र साँघुरो थियो ।

    त्यतिबेला लोडसेडिङको चरम चेपटाबाट देश गुज्रिएको थियो । बिजुली जानेबित्तिकै अस्पतालको आकस्मिक कक्ष, अप्रेशन कक्ष र आईसीयूबाहेक अन्यत्र विद्युत हुन्थेन । बिजुली गएपछि मैनबत्ती बालेर बिरामीको सेवामा स्वास्थ्यकर्मीहरु खटिएको मैलै पटकपटक देखें । त्यसले एकदमै बिझायो, दुःखायो । अस्पतालको ‘ए’ ब्लक भवन निर्माण अलपत्र थियो । त्यसलाई पूरा गर्न ठूलो चुनौती थियो । रकम भेरियसन गराएर ७ करोड थप भार अस्पताललाई पार्न खोजिएको थियो । मैले यसमा विशेष पहलकदमी लिएर भवन पनि पूरा गरेरै छाडें भने अस्पतालको थप ७ करोड रुपैयाँ क्षति हुनबाट जोगाएँ ।

    ‘बी’ ब्लक पूरा भएको थिएन । अत्यन्तै असहज अवस्था थियो । अस्पताल विकास समितिको अध्यक्ष नियमानुसार सेरेमोनियलमात्रै थियो, ‘एक्जुकेटिभ’ थिएन । नीतिगत निर्णयमात्रै गर्न सक्ने अधिकार अध्यक्षलाई थियो । मेडिकल सुपरिटेन्डेन्टलाई आर्थिक र प्रशासनिकसहितको सबै अधिकार थियो । अध्यक्षले चाहेरमात्रै समस्याको समाधान गर्न सक्ने पृष्ठभूमि थिएन । अस्पतालको अवस्था र अस्पताल बदल्ने मेरो सपनाबीच बेमेल देखियो तर म अस्पतालमा धेरै गर्न सकिन्छ भन्ने सकारात्मक सोचबाट लागिरहें ।

    अस्पतालमा के थियो र हामीले के गर्यौं ?

    भूकम्प पीडितको घाउमा मल्हम 

    २०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुको उपचार भरतपुर अस्पतालले ग¥यो । चितवन, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, मकवानपुर, सिन्धुली, ललितपुर, काठमाडौं, नवलपरासी आदि जिल्लाबाट सयौं घाइतेहरु उपचारका लागि भरतपुर अस्पताल आए । तीमध्ये भरतपुर अस्पतालमा ११२ जना घाइतेको अप्रेशन गरियो । राष्ट्रिय विपत र संकटको बेलामा आएका घाइतेहरुको निःशुल्क उपचार गराई घरसम्म भाडा दिएर पठाउने काम हामीले अस्पतालबाट ग¥यौं ।

    अस्पतालमा आकस्मिकबाहेकका अप्रेशनहरूलाई थाती राखी २४ सै घण्टा दिनरात नभनी घाइतेहरुको अप्रेशन गर्ने काम गरियो । छिटो प्रक्रियाबाट अप्रेशनका लागि आवश्यक इम्प्लान्टहरू खरिद गरियो । अस्पतालमा अप्रेशनका लागि सिंगो अर्थोपेडिक विभाग र अन्य चिकित्सकहरू दिनरात नभनी जुट्नु भयो । अस्पतालको जनशक्ति चौबीसै घण्टा अनवरत खटेको सम्झँदा मलाई उहाँहरुप्रति सधैँ सम्मान भाव पैदा हुन्छ । अस्पतालभन्दा बाहिरबाट समेत चिकित्सकहरुको टोली झिकाई भूकम्पका घाइते बिरामीको २४ सै घण्टा अप्रेशन गर्ने व्यवस्था मिलाइयो । भूकम्पका घाइतेहरुलाई यथाशीघ्र भरतपुर अस्पतालसम्म ल्याइदिन हामीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक आह्वान नै गरेका थियौं ।

    भरतपुर अस्पतालमा रहेका घाइतेका कुरुवालाई मात्र नभइ २ वटा मेडिकल कलेज, निजी अस्पताल र क्यान्सर अस्पतालहरुमा रहेका बिरामीका कुरुवाहरुलाई पनि निःशुल्क बिहान–बेलुका खाना खुवाउने काम अस्पताल कर्मचारी युनियनको पहलमा गरिएको थियो ।

    खुट्टामा परेका फोरा र ‘सी’ ब्लकको सपना

    अस्पतालको ‘सी’ ब्लक मेरो एउटा सपना थियो । अलपत्र दुई भवनलाई पूर्णता दिने काम मैले २ वर्षको अवधिमा पूरा गरे तर सी ब्लक बनाउने मेरो सपना २ वर्षे कार्यकालमा पूरा हुने अवस्था थिएन । मलाई ‘सी’ ब्लक भवन निर्माण जसरी पनि सुरु गर्नु थियो, बजेट सुनिश्चित गर्नु थियो । विभिन्न खाले अवरोध, प्राकृतिक विपत्ति, तत्कालीन राजनीतिक अवस्थामा आएको फेरबदल र अध्यक्ष स्वयं सेरेमोनियल पदले गर्दा मेरा लागि काम गर्न अनुकूल पृष्ठभूमि थिएन ।

    ‘सी’ ब्लक भवनको निर्माण मेरै पालोमा सुरु हुनुपर्छ भनेर म मेरो कार्यकालको ‘इन्जुरी’ समयमा निकै खटें । ‘सी’ ब्लक बन्दा देखिने भरतपुर अस्पतालको सुन्दर चित्र मेरो मानसपटलमा आइरहन्थ्यो । मेरो त्यो सपना आज पूरा भएको छ । डाइग्नोस्टिक ब्लकका रुपमा रहेको ‘सी’ ब्लक भवन झण्डै ५ वर्षमा बन्यो । गएको चैत २५ गते त्यसको उद्घाटन पनि भयो । अस्पतालका धेरैजसो सेवाहरु यहाँ स्थानान्तरण हुने अवस्था तयार भयो ।

    यो भवन बनाउँदा गरेको दुःख मेरो मानसपटलमा अझै ताजा छन् । त्यस दिन घडीमा झण्डै बेलुकाको ८.३० बज्दै थियो । स्वास्थ्य मन्त्रालयका तत्कालीन लेखा अधिकृत सुरेश जी आई पुग्नुभयो । म उहाँलाई नै कुरेर बसिरहेको थिएँ । अस्पतालको ‘सी’ ब्लक निर्माणका लागि जसरी पनि टिप्पणी उठाउनु थियो । सामान्यतया सरकारी कार्यालयहरू साँझ ५ बजे नै बन्द हुन्छन् ।

    २०७३ असोज २ गते स्वास्थ्य मन्त्रालयको लेखा शाखामा पुग्दा नै साँझ ५ बजिसकेको थियो । मसँग भरतपुर अस्पतालको अध्यक्ष भएर बसिरहने पर्याप्त समय थिएन । सुरेश जीलाई पहिल्यै फोन गरेर विषयका बारेमा जानकारी गराएकोले उहाँ आउनुभयो । मेरो वचन हार्न सक्नुभएन । उहाँ आएर भन्नुभयो, ‘विजयजी आज धेरै ढिला भयो । भोलि सुरु समयमा नै टिप्पणी लेखौंला ।’ मैले आज नै टिप्पणी लेख्नुपर्छ भनेर जिद्दी गरें । परिस्थितिको बारेमा जानकारी गराएँ ।

    भरतपुर अस्पतालको जीवनमा ‘सी’ ब्लक भवनको महत्व दर्शाएँ । यसअघि अस्पतालको ‘ए’ ब्लक भवन र ‘बी’ ब्लक भवन निर्माणमा आवश्यक सबै प्रक्रिया पूरा नगरेकै कारण भोग्नुपरेको सास्ती ‘सी’ मा नदोहोरियोस् भन्नेमा सचेत थिएँ । काठमाडौंमा नै बसेर सिंहदरवार र स्वास्थ्य मन्त्रालय झण्डै १५ दिन धाउँदा मैले खुट्टाभरि टेक्नै नमिल्ने गरी फोराहरू उठाएको छु ।

    त्यस साँझ मेरो अनुरोधलाई टार्न नसकेपछि सुरेशजीले टिप्पणी उठाउनुभयो । हामी राति साढे ९ बजे मन्त्रालयबाट छुट्टियौं :

    असोज ३ गते बिहान १० बजे तत्कालीन उपसचिव विष्णु तिमिल्सेना लेखा शाखामा आउनुभयो । लागत इस्टिमेट स्वीकृत गरी ‘सी’ ब्लक निर्माणका लागि टेन्डर प्रक्रियामा जान सिफारिस दिनुभो । दिउँसो ३ बजे सहसचिव रामशरण चिमोरियाले आन्तरिक प्रशासन शाखामा आएर टिप्पणी सदर गरी स्वीकृतिका लागि सचिवकहाँ पठाउनुभयो ।

    मध्यान्न ४ बजे सचिव डा. सैनेन्द्र उप्रेती कार्यकक्षमा आउनुभयो । उहाँले सुरुमा टिप्पणी सदर गर्न हिच्किचाउँदै भन्नुभयो, ‘यो कसरी मिल्छ अहिले ?’ सँगै रहनुभएका सहसचिव चिमोरियाले भन्नुभयो, ‘यसको सबै प्रक्रिया पुगेको छ । फाइल स्वीकृत गर्नुभए हुन्छ ।’ चिमोरियाले थप्नुभयो, ‘कुनै समस्या परे सामूहिक जिम्मेवारी लिउँला ।’

    सहसचिव चिमोरियाले यसो भनेपछि सचिवले फाइलमा हस्ताक्षर गरी बोलपत्र आह्वान गर्न भरतपुर अस्पताललाई अधिकार प्रत्यायोजन गर्नुभयो । डा.उप्रेतीले भरतपुर अस्पतालकै पूर्वमेडिकल सुपरिटेन्डेन्ट भएर कार्य गरिसक्नुभएको थियो । मेरो विचारमा सायद भरतपुर अस्पतालको फाइल यति छिटो अघि बढ्दा कतै प्रक्रिया पुगेको छैन कि भन्ने त्रास उहाँमा थियो । बोलपत्र आह्वान गर्ने स्वीकृतिपछि असोज ६ गते तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाबाट ‘सी’ ब्लक भवनको शिलान्यास भयो । उहाँले सुरुमा बोलपत्र नै सार्वजनिक नभएको अस्पतालको भवनको शिलान्यास गर्न आनाकानी गर्नुभयो । पछि हाम्रो कामप्रतिको विश्वास र लगनशिलता देखेर उहाँ शिलान्यास गर्न तयार हुनुभएको थियो ।

    यसको आधारमा स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिइ तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा अर्थ मन्त्रालयबाट ‘सी’ ब्लक भवनका लागि आवश्यक बजेट २९ करोड रुपैयाँ सुनिश्चित गरिएको थियो । भवन शिलान्यासको झण्डै डेढ वर्षपछि मात्रै ‘सी’ ब्लक भवनको निर्माण प्रक्रिया अघि बढ्यो । ढिला गरी यो भवन पूरा भएको छ । योसँगै मेरो एउटा सपना पनि पूरा भयो । अस्पतालको आकस्मिक भवन र सरूवा रोग अस्पताल भवन बनिरहेका छन् । अस्पतालले अझै विकास गर्दै जाओस् । अस्पतालबाट बिरामीहरू खुसीसाथ निको भएर जान सकून् । मेरो शुभकामना !

    (भरतपुर अस्पतालका पूर्व अध्यक्ष सुवेदी एमालेबाट भरतपुर महानगरपालिका प्रमुखमा सिफारिस भएका छन्,) सुवेदी भरतपुर अस्पतालका पूर्वअध्यक्ष हुन् ।

     

  • अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

    अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

    – सिबी अधिकारी
    काठमाडौँ, ३ वैशाख-
    अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ ।

    विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिनुभएको छ । मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो । “पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो”, सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भन्नुभयो ।

    कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष पनि हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन् । त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ, नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनुछ, आज टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनाँै ।”

    यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले टिआइए २१ घण्टा सञ्चालनमा ल्याउनुभएको थियो । बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याउनुभएको थियो । यद्यपि टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो ।

    कूल ९२ लाख यात्रु क्षमताको टिआएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

    गौतमबुद्धको विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन

    प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको हो । “अब पाइलटले वैशाख ८ गतेपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन्, हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयर¥याक (एरोनटिकल इनर्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौँ”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले जनाएको छ ।

    अब विदेशी जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् । महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ । न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।

    आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने

    रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । उडान चापले यात्रा डिले हुँदा घण्टाँैसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन् । उडान ढिलाइ भएकै कारण घण्टौँ यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ । रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ ।

    देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन

    प्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ ।

    महानिर्देशक अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “तराई क्षेत्रका विमानस्थलमा बनाइएका टर्मिनल भवन ७० देखि ७५ वर्ष पुराना भइसके मर्मत गरेर चलाउन सम्भव छैन । पानी चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौँ ।”(रासस)

  • केन्द्रीय निर्णयको बिरोधमा भरतपुर र बिरगञ्जका कांग्रेस, आज बस्ने कार्यसम्पादन समितिले निकास देला ?

    केन्द्रीय निर्णयको बिरोधमा भरतपुर र बिरगञ्जका कांग्रेस, आज बस्ने कार्यसम्पादन समितिले निकास देला ?

    काठमाडौं, ३ चैत-

    पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र बिरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भएलगत्तै स्थानिय नेताले अस्विकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

    अपरान्ह २ बजे सानेपास्थित केन्द्रिय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा नगरपालिका र ११ वटा नगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागवन्डामा कुन–कुन आधारमा गर्ने र कांग्रेसलाई कुन–कुन भागमा पर्ने हो ? सो बिषय टुंग्याउन कोशिश गर्नेछ ।

    ‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यततः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुंगोमा पुग्नेछ,’ कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागवन्डालाई कसरी ब्यवस्थापन गर्ने ? भन्नेमा पनि बैठकले आवाश्यक निर्णय लिनेछ ।’

    सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागवन्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन । जसका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन । आगमी ५ बैशाख भित्र स्थानिय तहको भागवन्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।- न्युज कारखाना

  • पाँच दलीय गठबन्धनः केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ

    पाँच दलीय गठबन्धनः केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ

    काठमाडौं, ३ बैशाख-

    नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ ।
    विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम सुरु हुन थालेको हो ।

    भरतपुर महानगरपालिकामा मेयर पुनः नेकपा माओवादी केन्द्रले पाउने भएपछि कांग्रेसका जनप्रतिनिधिद्धारा बिद्रोहको चेतावनी, पर्सा कांग्रेसद्धारा गठबन्धन नगर्ने निर्णय सार्वजनिक, बाँकेमा जनता समाजवादी पार्टी बाँकेमा गठबन्धनवाट बाहिरिएको घोषणा, डोल्पामा सहमति नहुँदा अलग अलग निर्वाचनमा जाने निर्णयको तहमा पुगेका छन ।

    रोल्पा र रुकुममा कांग्रेस र नेकपा एकीकृत समाजवादीले धेरै भागवन्डा खोजेको भन्दै माओवादीको असन्तुष्टि र संखुवासभामा गठबन्धनबाट कांग्रेस बाहिरिएको घोषणालगायतको दृश्यले पाँच दलीय गठबन्धनको केन्द्रिय निर्णयलाई स्थानीय तहले मन नपराएको देखिन्छ ।

    प्रचण्डको गृहनगर भरतपुरमा कांग्रेस–माओवादी संघर्ष

    स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रिय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ ।
    नेकपा एमालेले भरतपुर महानगपालिकाका लागि प्रदेश सांसद बिजय सुबेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन् ।

    केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको भागमा परेपछि मुख्यतः कांग्रेस जनप्रतिनिधिहरुले आपत्ति जनाउँदै आएका छन । पार्टी सभापति शेरबहादुर देउवाले भरतपुर पुनः माओवादीलाई दिने निर्णय लिन खोजेपछि कांग्रेस जिल्ला कमिटी नै काठमाडौंमा ‘डेलिगेसन’ आएर आपत्ति जनाएको थियो भने सो निर्णयपछि पनि वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा गत मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गर्दै माओवादी केन्द्रलाई दिएको खण्डमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

    ‘वडा सभापतिको संयुक्त निर्णय विपरित गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने निर्णय भईसकेको छ, हामी तयारीमा जुटिसक्यौं,’ तामाङले निर्णयपछि भन्दै आएका छन । उनका अनुसार बैठकको सो निर्णय केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरणसमेत गरिसकेका छन् ।

    गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुदाँ भरतपुरवाट माओवादीकी रेणु दाहाल बिजयी भएकी थिइन ।

    पर्सा कांग्रेसको निर्णयः गठबन्धन मान्दैनौ– एक्लै लडछाैँ

    पर्सा कांग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगञ्ज महानगरपालिका स्विकार गर्न नसकिने भन्दै पर्साका १४ वटै स्थानिय तहमा एक्लै चुनाव लडने जिल्ला कंग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन ।

    नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ, क्षेत्र नं–१ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेशसभा क्षेत्र नम्बर १ का र २ का सभापतिहरूले पत्रकार सम्मेलन नै गरेर गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘जिल्लामा रहेका वीरगन्ज महानगरपालिकासहित सबै १४ वटा पालिकामा नेपाली कांग्रेसले अन्य दलसँग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ जिल्ला उपसभापति रामनारायण कुर्मीले भने, ‘नेपाली कांग्रेसले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।’
    जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न सो बैठकमा केन्द्रीय सदस्यद्धय रमेश रिजाल र अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्वसभापति राजेन्द्र बहादुर अमात्य, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मालगायतको उपस्थित रहेको सो बैठकले निर्णय गरेको थियो ।

    डोल्पाः गठबन्धन गर्न नसकिने निर्णय गर्दै केन्द्रलाई पत्र

    काठमाडौंवाट पाँच दलीय गठबन्धन बनाउन निर्देशन दिएपनि डोल्पामा भने गठबन्धन नगरी अलग–अलग निर्वाचन लडने निर्णय नै गरिएको छ ।
    कांग्रेस पार्टी सभापति तथा जिल्ला स्तरीय संयन्त्रका संयोजक दिपेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्न नसकिने भन्दै केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय नै गरेको छ ।

    रौतहटः माधव नेपालको गृहनगरमा कांग्रेस बिपक्षमा

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको चन्द्रपुरमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको छ ।
    नगर सभापित मुकेश गिरीको सभापतित्वमा बसेको बैठकले कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा लडने निर्णय लिएको हो । जसअनुसार भावी नगरप्रमुखका लागि चन्द्रपुरवाट कांग्रेसले १२ जना आंकक्षीको नाम सार्वजनिक गरिसकेको सभापति गिरीले जानकारी दिएका छन ।

    संखुवासभाः चार दिनसम्म पनि सहमति नभएपछि बैठक

    खाँदवारीमा चार दिनसम्म बसेको पाँच दलीय गठबन्धनले कुनै निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन टुटेको कांग्रेस सभापति दिपक खडकाले घोषणा गरेका छन ।
    चार दिनसम्म बसेको बैठकमा दलहरूले दावी नछाडेपछि माओवादी केन्द्र छलफलको प्रक्रियावाट नै बाहिरिए पछि संखुवासभामा गठबन्धनको सम्भावना टरेको हो ।

    बाँकेः गठबन्धन छाडेर जसपा एक्लै निर्वाचनमा

    नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले दावी नछाडेपछि जसपा नेपाल गठबन्धनवाट बाहिरिएको छ । एमालेले पशुपतिदयाल मिश्रलाई नेपालगञ्जको भावी मेयरको उम्मेदवार घोषणा गरिसक्दा पनि गठबन्धनभित्रका दलहरु मुख्यतः कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनमा समस्या देखा परेको हो ।
    जसपा नेपालका जिल्ला अध्यक्ष कमरुद्धिन राईका अनुसार नेपालगञ्ज जसपालाई छुट्टाएर एमालेले जितेका स्थानीय तहमा भागवन्डा गरेर जाने प्रस्तावलाई कांग्रेसले अस्विकार गरेपछि गठबन्धनवाट बाहिरिनु परेको हो ।

    मोरङः बिरानटनगर कांग्रेसलाई दिए जसपाले अस्विकार गर्ने

    मोरङका १७ मध्ये नेपाली कांग्रेस एक्लैले बिरानटनगर महानगरपालिकासहित १० स्थानीय तहको नेतृत्वमा दावी गरेपछि पाँच दलीय गठबन्धनमा भागवन्डा टुंग्याउन निकै सकस परेको छ । यसअघि कांग्रेसले बिजयी हाँसिल गरेको बिराटनगर महानगरपालिकाको भावी नेतृत्वका लागि कांग्रेस र जसपा नेपाल दुबैले दाबी गरिरहेका छन । कांग्रेस र जसपा नेपाल जसले पाए पनि स्थानीय तहमा एउटा दल भने बिद्रोहमा निस्कने लगभग देखिएको छ ।

    उता, मोरङका १७ वटा स्थानिय तहमध्ये कांग्रेसले १० वटा, माओवादी केन्द्रले ६ वटा नेकपा एस र जसपा नेपालले ४–४ स्थानीय तहमा दाबी गरेपछि गठबन्धनमा सकस भएको छ । कांग्रेसले अत्याधिक स्थानिय तहमा दावी गरेपछि माओवादी केन्द्र र नेकपा एसले अलग्गै गठबन्धन बनाएर जाने सम्भावना देखिएको स्थानीय नेताहरुले बताएका छन ।

    केन्द्रमा निर्णय गरे पनि स्थानीय तहमा गठबन्धन गराउन सकस देखा परेपछि कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अपरान्ह २ बजे बस्ने बैठकले ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकाको भागबन्डा र भावी नेतृत्वका लागि आवाश्यक निर्णय लिदैँछ भने चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको मेयरका बारेमा चाँडै निर्णय हुने घोषणा गरेका छन् ।- न्युज कारखाना

     

  • वनमा लागेको डढेलोले घर र मतान जले

    वनमा लागेको डढेलोले घर र मतान जले

    खोटाङ, ३ वैशाख-
    वनमा लागेको डढेलोले खोटाङमा घर र मतान जलेका छन् । घर नजिकैको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोको झिल्कोले शुक्रबार खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेका हुन् । कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख रुपैयाँ र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको मतान जल्दा करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    यस्तै, अगेनाबाट सल्किएको आगोले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रत्नबहादुर श्रेष्ठको घर जलेको छ । श्रेष्ठको दुई तले घर जल्दा अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्ष्ति भएको छ ।

    गाईवस्तुका लागि खोले पकाउन बालेको आगोले बराहपोखरी गाउँपालिका–५ पौवासेराका प्रदीप राईको मतान र १५ वटा बाख्रा जलेका छन् । बाख्राको खोर र डेराका रुपमा प्रयोग भइरहेको बाँसको टाँटीले बारेको जस्ताको छाना हालिएको मतान र बाख्रा जल्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए । न्यूज कारखाना

  • चैते धानमार्फत सामूहिकखेतीमा जोडिँदै सुरौदीका किसान

    चैते धानमार्फत सामूहिकखेतीमा जोडिँदै सुरौदीका किसान

    गण्डकी, ३ वैशाख-
    गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ ।

    अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोप्न लागिपरेका हुन् ।

    कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतका कतिपय स्थानमा चैते धानको रोपो हरियो भइसकेको छ भने रोप्नेक्रम पनि चलिरहेको छ । आफूहरूले अझै एक दुई दिन रोपाइँ गर्ने योजना रहेको समूहका अध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    “कृषिप्रतिको बढ्दो अनइच्छासँगै पछिल्ला वर्षमा सुरौदी क्षेत्रमा धेरै जग्गा बाँझिएको छ”, उहाँले भन्नुभयो, “बाँझिएका जग्गामा खेती गरी उत्पादन बढाउनका लागि अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले हामी सामूहिक चैते धानखेतीतर्फ लागेका हौँ ।”

    कृषकको जागरुकतासँगै सामूहिक चैते धानखेतीमा पोखरा महानगरपालिका कृषि महाशाखाले चासो दिएको छ । सङ्घीय शःसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महाशाखाले कृषकलाई उन्नत जातको चैते–५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । उन्नत जातको धानको विउ विगतमा भन्दा मसिनो खालको छ ।

    कार्यक्रमअन्तर्गत नै सिँचाइका लागि सहयोग गरिएको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत नै आगामी दिनमा समूहलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मेसिन, मिनि ट्रेलर, त्रिपाल, मिनि थ्रेसरलगायतका उपकरण सहयोग उपलब्ध गराउने जानकारी दिँदै महाशाखाका प्रमुख कडरियाले ४० दिनपछि स्थलगत अनुगमन गरी प्रतिरोपनी रु ९०० सम्म प्रोत्साहन अनुदान उपलब्ध गराइने बताउनुभयो ।

    “महाशाखाबाट यसअघि उक्त समूहका तीन जना कृषकलाई तालिमसमेत दिइएको थियो”, उहाँले भन्नुभयो, “आगामी दिनमा समूहको जागरुकता समेतलाई दृष्टिगत गरी आवश्यकताअनुसार अन्य सहयोग पनि उपलब्ध गराउने छौँ ।” सङ्घीय शःसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महानगरपालिकाभित्र सुरौदीसहित क्षेत्र विभाजन गरी वडा नं २६ र २७ मा तथा वडा नं १३ काहुँखोलामा चैते धान रोपाइँमा सहयोग गरिएको कडरियाले जानकारी दिनुभयो ।

    समूहले आगामी दिनमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत राखेको समूहका सदस्य एवं कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा यहाँ कृषक व्यावसायिक कृषिका लागि फर्म दर्ता गरी आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासमा जुटेका छन् । समूहकै सक्रियतामा कुर्लिङ बराह कृषक हित कोष स्थापना गरी प्रतिकृषक मासिक रु १०० सङ्कलन गर्न थालिएको छ ।

    पछिल्ला समयमा यहाँ कृषक व्यावसायिक गाईभैँसीपालन, बाख्रापालनसँगै कुखुरापालन आदिमा व्यस्त बनेका छन् । उत्पादित भैँसी, बाख्रा, कुखराको बिक्रीका लागि बजार जानु नपर्ने र घर तथा फर्मबाटै बिक्री हुने गरेको यहाँका कृषक बताउँछन् ।

    पछिल्ला वर्षमा सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बगरमा परिणत बन्दै गएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमिनको कटान गरिरहेको र यसलाई रोक्नुपर्ने स्थानीयको सामूहिक आवाज छ ।

    कृषिका अतिरिक्त जल पर्यटनको पर्याप्त सम्भावना रहेको सुरौदी खोलालाई संरक्षण गर्दै यसको सदुपयोग गर्नसके यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधार बन्ने कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक महतको भनाइ छ ।

    यस क्षेत्रको जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भूभाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिनाका साथै माछापालन यहाँको राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

    सुरौदी खोलामा जल पर्यटनको पनि उत्तिकै सम्भावना रहेको र दीर्घकालीनरुपमा खोलालाई निश्चित बाटोमा हिँडाउन ठाउँठाउँमा तटबन्ध निर्माण गर्नु आवश्यक देखिन्छ । पछिल्ला वर्षमा नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा जथाभावी उत्खनन् बढेकाले त्यसलाई रोक्नका लागि यस अघि स्थानीयका तर्फबाट तीनवटै जिल्लास्थित सम्बद्ध निकायमा ध्यानाकर्षणसमेत गराइएको थियो । नदीको वर्षेनी धार परिवर्तन हुँदै जाँदा करिब ६० वर्षयता जलाधार क्षेत्रमा रहेका कैयौँ खेतीयोग्य जमीन बगरमा परिणत भएको स्थानीयको अनुभव छ । (रासस)

  • बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    दमौली, ३ वैशाख-
    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् ।

    चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको छ । महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको सङ्ख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिनुभयो ।

    “दिउँसो आउनेको सङ्ख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको सङ्ख्या भने कमै भयो”, प्रधानले भन्नुभयो । उहाँका अनुसार बास बस्ने पर्यटकको सङ्ख्या दैनिक दुई हजार रहेको थियो ।

    बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुति रहेको थियो ।

    बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।

    बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानिवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । (रासस)

  • आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण

    आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण

    कोलम्बो, ३ वैशाख-

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।

    जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन ।

    यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।- एजेन्सी

  • टर्च बालेर विरामीको उपचार

    टर्च बालेर विरामीको उपचार

    सुर्खेत , ३ वैशाख-

    डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ ।

    १६ घण्टा सम्मा लोडसेडिङक हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए । दैनिक आउने विरामीहरुलाइ रात्रीकालिन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । अस्पतालमा उपचार गराइरहेकी कालि विकले भनिन, ‘रातीभर अध्यरोमा बसे । डर पनि लाग्यो ।’ अर्की उमकुमारी शाहीको पीडा पनि कम छैन । उनको बच्चालाइ अक्सिजन दिनुपर्ने थियो तर विद्युत नहुँदा अक्सिजन दिन नपाएको बताइन् ।

    स्थानीय जैसीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले ठुलीभेरी नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिका भित्रसमेत विद्युत आपूर्ती हुँदै आएको छ । दुर्इ वटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत उत्पादन पुरै हुन नसकेको हो । केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन । डोल्पामा विद्युत पुर्याउनका लागि दुइ वर्षअघि भएको ठेक्कासमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ ।

    महिनैपिच्छे समस्य आउने यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको बताएका छन् । अस्पतालले मागेको समयमा मात्र विद्युत आपूर्ती गरिरहेको कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए । १५ श्शयको जिल्ला अस्पतलामा समस्यले गाजिरहेको छ ।- न्युज कारखाना

     

  • अस्पतालको ठेक्का प्रकरण :  मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

    अस्पतालको ठेक्का प्रकरण : मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

    बुटवल, ३ बैशाख –

    लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन समिति संयोजक नै विवादमा तानिएका छन् ।

    करिव डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानविन गर्न गठित छानविन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय बनेको हो । छानविन समितिका संयोजक मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी बोलपत्र आह्वान सम्बन्धी निर्णयमा आफै हस्ताक्षरकर्ता थिए ।

    आफू अनुकुल प्रतिवेदन बनाउने गरी मुख्यमन्त्री केसीले सुवेदीलाई छानविन समितिको संयोजक बनाएपछि त्यतिबेलै उनको आलोचना भएको थियो । छानविन समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई पूर्णरुपमा दोषी देखाउँदै मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेको हो ।

    तर, तत्कालीन प्रमुख घिमिरेले भने अनियमितताको साक्षी आफू नबने भन्दै देश र जनतालाई घाटा लाग्ने काम गर्नुभन्दा बाहिर बस्ने भन्दै राजीनामा दिएका थिए । छानविन समितिले प्रतिवेदन पेश गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने अनियमितता प्रकरणको योजनाकार नै छानविन समितिको संयोजक रहेको प्रतिक्रिया दिए ।

    “जो योजनाकार थियो, उसैको नेतृत्वमा मुख्यमन्त्री केसीले छानविन समिति बनाएका हुन्, त्यो समितिले मुख्यमन्त्रीलाई जोगाउने कुरा स्वाभाविक हो”–उनले भने । आफू प्राधिकरणको तत्कालीन प्रमुख कार्यकारी भएपनि छानविन समितिले आफूलाई एकपटक पनि नसोधेको घिमिरेले बताए । तर छानविन समितिले भने घिमिरेलाई बयानका लागि बोलाएको भएपनि नआएको बताएको छ ।

    मुख्य न्यायाधिवक्ता घिमिरेले भने आफू कुनैपनि निर्णय प्रक्रियामा सहभागी नभएको बताए । “ममाथि लगाएको आरोप प्रमाणित गर्नुपर्छ, हिजो मुख्यमन्त्रीमाथि दोष लगाउनेले आज म माथि लगाउनुभएको छ, कुन तथ्यमा आधारमा दोषारोपण गर्नु भो, त्यसबारे प्रष्ट पार्नुपर्छ”–सुवेदीले भने ।

    गएको फागुन २ मा बसेको बैठकमा अस्पताल भवनको लागत स्वीकृत गरेर बोलपत्रको मापदण्ड तोक्दै ठेक्का आह्वान गर्ने निर्णय हुँदा सुवेदीले आमन्त्रित सदस्यका रुपमा माइन्यूटमा हस्ताक्षर गरेका छन् ।

    तर छानविन समिति संयोजक सुवेदीले भने मुख्यमन्त्रीलाई बिवादमा तान्नको लागि तत्कालीन प्रमुख कार्यकारी घिमिरेले बैठकको माईन्युटलाई फेरबदल गर्ने, तिथिमिति सच्चाउने काम गरेको पाइएको दावी गरे । प्रदेश पूर्वाधार विकास प्राधिकरणका अध्यक्ष मुख्यमन्त्री हुने व्यवस्था छ ।- न्युज कारखाना