Blog

  • रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

    रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

    ४ माघ, काठमाडौं ।
    जेनजी अगुवा सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

    उनले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।

    उनले काठमाडौंका मेयर बालेन शाहसँगै रास्वपा कार्यालय पुग्न लागेको बताए ।

    ‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो,’ गुरुङले भनेका छन् ।

    मेयर शाह पुग्ने भएपछि रास्वपा कार्यालयमा शुभचिन्तकहरूको भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि बालेन अहिलेसम्म पुगेका छैनन् ।

  • एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

    एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

    वालिङ (स्याङ्जा), माघ ४-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट दुई उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापाको नाममा टुङ्गो लगाएको हो ।

    गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुनुहुन्छ । नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्षको जिम्मेवारी लिइसक्नुभएका गुरुङले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्व लिएर काम गर्नुभएको अनुभव छ । क्षेत्र नं २ मा छनोट हुनुभएका थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा थापा विजयी हुनुभएको हो । दोस्रो पटक गाउँपालिकाको अध्यक्षका रूपमा बहालवाला रहँदारहँदै थापालाई पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यमा छनोट गरेको हो ।

    प्रतिनिधिसभा सदस्यमा छनोट भएसँगै गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय हुने उहाँले बताउनुभयो । थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव र नेकपा एमालेको केही समयअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको थियो ।

    स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनका गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

    यसपटकको निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता छन् । विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना मतदाता छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । नेकपा एमालेबाहेक अन्य राजनीतिक दलले स्याङ्जामा आधिकारिक रूपमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । रासस

  • प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

    प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

    झापा, माघ ४-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ ।

    यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

    शनिवार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुनुहुने भएको रासस

  • राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

    राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

    ४ माघ,काठमाडौं।
    राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन्।

    प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन्।

  • रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

    रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

    काठमाडौँ, माघ ४-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आज दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय पुग्ने भएका छन्।

    रास्वपाका अनुसार केन्द्रीय समितिको बैठक आज २ बजे बस्नेछ। बैठकपछि पार्टी सभापति रवि लामिछानेसहित बालेन शाह आज साँझ नै ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने रास्वपाले जानकारी दिएको छ।

  • एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

    एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

    मङ्गलबारे, माघ ४-
    प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

    निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।

    नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुनुहुन्छ भने कागते पूर्वप्रदेशसभा सदस्य हुनुहुन्छ । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी हुुनुुभएको थियो । उम्मेदवार चयन हुनुभएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुनुहुन्छ ।

    निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ । रासस

  • मेयर बालेनले आज राजीनामा नदिने

    मेयर बालेनले आज राजीनामा नदिने

    काठमाडौँ, माघ ४-
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ४) पदबाट राजीनामा नदिने भएका छन् । शाहका एक सल्लाहकारका अनुसार मेयरले आज पदबाट राजीनामा नदिने भएका हुन् ।

    उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ । बालेनले राजीनामा नदिएरै घण्टीघर जाने तयारी गरेको पनि ती सल्लाहकारले बताए ।

  • राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

    राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

    काठमाडौं, माघ ४-
    राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आज राजीनामा दिएका हुन् ।

    राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ । श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।

  • राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित

    राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित

    माघ ४,काठमाडौं ।
    राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक पाँच मिनेटमै स्थगित भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको बैठकमा कुनै शून्य समय, विशेष समय वा एजेन्डा थिएन । सोही कारण बैठक तत्काल स्थगित गरिएको हो ।

    अब राष्ट्रियसभा बैठक माघ ९ गते बस्ने तय भएको छ ।

  • सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    माघ ४,काठमाडौँ ।
    विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु पाँच हजार ६२५ निर्धारण भएको छ ।

    गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र शुक्रबार रु दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियोभने बिहीबार एक तोला चाँदी पाँच हजार ४८५ र शुक्रबार पाँच हजार ६४५मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।