Blog

  • मकवानपुरमा आठ हजार ६ सय नयाँ मतदाता

    मकवानपुरमा आठ हजार ६ सय नयाँ मतदाता

    हेटौंडा, साउन २४-
    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ ।

    आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत मकवानपुरमा चार हजार पाँच सय १७ पुरुष तथा चार हजार एक सय २६ महिला गरी कूल आठ हजार छ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयबाट जानकरी प्राप्त भएको छ ।

    गत साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन कार्य बन्द भएको बताइएको छ ।

    मकवानपुरमा निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गरी दुई स्थानमा बेग्लाबेग्लै मतदाता नामावली सङ्कलन भएको थियो ।निर्वाचन कार्यालयमा तीन हजार चार सय ३२ पुरुष र तीन हजार ९८ महिला गरी कूल छ हजार पाँच सय २१ ले मतदाता नामावलीमा दर्ता गराएको थिए ।

    जिल्ला प्रशासन कार्यालयमा नौ सय २१ महिला तथा नौ सय १९ पुरुष गरी एक हजार आठ सय ५० जनाले मतदाता नामावलीमा दर्ता गराएको बताइएको छ ।

    सो अवधिमा एक हजार दुई सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेको बताइएको छ । मतदाता परिचयपत्र त्रृटि सच्याउनेको सङ्ख्या एक सय थियो ।

    बाहिरी जिल्लामा तीन सय ४३ जनाले मतदाता नामावली सारेको सो कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख लुम्वनाथ अधिकारीबाट प्राप्त विवरणअनुसार मकवानपुरमा हाल एक लाख ५६ हजार छ सय ४९ पुरुष तथा एक लाख ५० हजार एक सय ६२ महिला र पाँच अन्य गरी तीन लाख छ हजार आठ सय १६ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको जनाइएको छ ।

    जिल्लामा मतदानस्थल एक सय ६५ तथा मतदान केन्द्र तीन सय ५६ रहेको सो कार्यालयले जनाएको छ ।

  • वीरेन्द्र क्याम्पसको पुस्तकालयमा तालाबन्दी : नेविसंघले भन्यो– ‘माग पूरा गरेर तालाबन्दी खुलाउने वातावरण बनाउ’

    वीरेन्द्र क्याम्पसको पुस्तकालयमा तालाबन्दी : नेविसंघले भन्यो– ‘माग पूरा गरेर तालाबन्दी खुलाउने वातावरण बनाउ’

    चितवन, साउन २४ –
    वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौथो वर्र्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए ।
    पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको थियो ।

    उक्त माग पूरा गर्न क्याम्पस प्रशासनले अझै अटेर गरेपछि बिहानीपखमा पढ्ने अधिकांश विद्यार्थी र कक्षाहरुले तालाबन्दीको समर्थन गरेका छन् । अधिकांश कक्षाले पुस्तकालयमा विज्ञप्ति टाँस्दै बिबिएस चौंथो वर्षले सुरु गरेको तालाबन्दीमा समर्थन जनाएका छन् ।

    यसैगरी नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विद्यार्थीहरुको मागलाई पूरा गरी तालाबन्दी खुलाउने वातावरण बनाउन क्याम्पस प्रशासन समक्ष आग्रह गरेको छ । नेविसंघले आज एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।

    अध्यक्ष कुमार जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि क्याम्पसको पुस्तकालयमा विभिन्न संकायका विद्यार्थीहरुले पुस्तकालय बिहानी समयमा पनि खोल्नुपर्ने माग राखी गरेको तालाबन्दीले विद्यार्थीको पठनपाठनमा गम्भीर असर पारेको हुँदा तत्काल पुस्तकालय बिहान ६ बजेदेखि खोल्ने व्यवस्था मिलाई सहज वातावर मिलाउन क्याम्पस प्रशासनलाई आग्रह गर्दछौं । यदि हाम्रो मागलाई संवोधन नगरिएमा त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुनेछ ।’

    स्वस्फूर्तरुपमा कक्षाकक्षाबाट उठाइएको विद्यार्थीको यो आवाजलाई विभिन्न विद्यार्थी संगठनहरुले पनि नजिकबाट नियालिरहेको बताएका छन् । यद्यपि अन्य कुनै संगठनले विद्यार्थीको मागलाई खुलेर समर्थन गरेका छैनन् ।

    क्याम्पस प्रशासनले भने कर्मचारीको अभावका कारण बिहान पुस्तकालय खोल्न नसिकएको जनाएको छ । विद्यार्थीहरुको माग जाहेज रहेको स्वीकार गर्दे प्रशासनले माग पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिक्रिया दिएको छ ।

    सम्बन्धित समाचार :

    वीरेन्द्र क्याम्पसमा बिहान पढ्ने अधिकांश विद्यार्थीहरुले गरे पुस्तकालयमा तालाबन्दीको समर्थन

  • प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

    प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

    काठमाडौं, साउन २४-
    जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् ।

    तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन् ।

    सो भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर÷नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको दाहालले जानकारी दिइन् ।

  • चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

    चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

    काठमाडौं, साउन २४-
    मंसिर ४ गते हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता गरिरहेको छ ।

    आज नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

    नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।

  • सनराइज स्कुलमा ‘माइ क्रियशन सेल्फ’ कार्यक्रम सम्पन्न

    सनराइज स्कुलमा ‘माइ क्रियशन सेल्फ’ कार्यक्रम सम्पन्न

    चितवन, साउन २४-
    सनराइज इङ्ग्लिस स्कुलमा माइ क्रियशन सेल्फ कार्यक्रम सम्पन्न भएको छ ।

    कक्षागत रूपमा निरन्तर आयोजना हुने विभिन्न कार्यक्रम मध्ये कक्षा ४ मा अध्ययनरत विद्यर्थीहरुले कार्यक्रम गरेका हुन् ।

    कक्षा ४ मा अध्ययनरत विद्यार्थीका अभिभावकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत, नाटक, नृत्य, चित्रकला प्रर्दशनी तथा विभिन्न अभिनयका माध्यमद्वारा अभिभावकको महत्व र त्यसले विद्यार्थी जिवनमा पार्ने प्रभावको बारेमा आफ्नो कला प्रस्तुत गरेका थिए ।कार्यक्रम विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले, सहायक प्रिन्सिपल, भुमिराज तिवारी, तह–प्रमुख सुभास ढकाल लगायत प्राइमरी तहमा अध्यापन गर्ने शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रम ‘Parents Source of Creation and Inspiration’ भन्ने Theme मा रहेको थियो । सो कार्यक्रम तयारी, ब्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूलाई नै दिइएको थियो ।

    सनराइज इङ्ग्लिस स्कुल विद्यार्थीहरूका लागि कक्षा कोठामा सिमित रहेर अध्ययन गर्ने थलोमात्र नभई विद्यार्थीहरूले कक्षागत सिकाईका अलावा बाह्य प्रतिभाको ज्ञान पनि उत्तिकै हासिल गर्ने थलोका रूपमा रहेको छ ।

     

  • वीरेन्द्र क्याम्पसमा बिहान पढ्ने अधिकांश विद्यार्थीहरुले गरे पुस्तकालयमा तालाबन्दीको समर्थन

    वीरेन्द्र क्याम्पसमा बिहान पढ्ने अधिकांश विद्यार्थीहरुले गरे पुस्तकालयमा तालाबन्दीको समर्थन

    चितवन, साउन २४ –
    वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए ।

    पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको थियो । उक्त माग पूरा गर्न क्याम्पस प्रशासनले अझै अटेर गरेपछि बिहानीपखमा पढ्ने अधिकांश विद्यार्थी र कक्षाहरुले तालाबन्दीको समर्थन गरेका छन् । अधिकांश कक्षाले पुस्तकालयमा विज्ञप्ति टाँस्दै बिबिएस चौंथो वर्षले सुरु गरेको तालाबन्दीमा समर्थन जनाएका छन् ।

    बिबिएस प्रथम वर्ष (एउटा), बिबिएस प्रथम वर्ष (अर्काे), बिएससि प्रथम वर्ष र बिएससि दोश्रो वर्षले विज्ञप्ति नै निकालेर पुस्तकालय बिहान पनि खुल्नुपर्ने माग राख्दै तालाबन्दीको समर्थन गरेका छन् । बिबिएस प्रथम वर्षले पुस्तकालयमा अर्काे ताला थपेर सशक्तरुपमा अघि बढेको बिबिएस चौंथो वर्षका एक विद्यार्थीले बताए ।

    बबिएस, बिएड, विज्ञान संकायका केही सेमेष्टर लगायतका विविधि संकायहरु बिहानमा पढाइ हुने गर्छन् । तर पुस्तकालय १० बजेदेखि खोल्दा बिहानमा पढाइ हुने संकायका विद्यार्थीहरु मर्कामा पर्ने गरेका विद्यार्थीहरुको गुनासो छ ।

    यसअघि विद्यार्थीहरु स्वस्फूर्तरुपमा जम्मा भई प्रशासनमा उपस्थित भएर निवेदन दिन खोज्दा प्रशासनले निवेदन पनि लिन नमानेपछि आफूहरु बाध्य भएर तालाबन्दी गर्ने अवस्थामा पुगेको बिबिएस चौंथो वर्षका विद्यार्थीहरुको भनाइ छ ।

    आफूहरुको माग १५ दिनभित्र संवोधन गर्ने गरी विद्यार्थीहरु समक्ष प्रशासनले प्रतिवद्धता जाहेर नगरेसम्म ताला नखोलिने विज्ञप्तिमा जनाइएको छ । यदि क्याम्पस प्रशासनले विद्यार्थीको मागलाई वेवास्ता गरे क्याम्पसको प्रशासनमा समेत तालाबन्दी र आवश्यक परे पठनपाठन नै ठप्प गराउनेसम्मको चेतावनी विद्यार्थीहरुको समुहले दिएको छ ।

    स्वस्फूर्तरुपमा कक्षाकक्षाबाट उठाइएको विद्यार्थीको यो आवाजलाई विभिन्न विद्यार्थी संगठनहरुले पनि नजिकबाट नियालिरहेको बताएका छन् । पुस्तकालय बिहान पनि खुल्नुपर्छ भन्ने कुरामा अधिकांश विद्यार्थी संगठन पनि सकरात्मक रहेको कुरा आफूहरुलाई बताएको बिबिएस चौंथो वर्षका विद्यार्थीहरले जनाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) वीरेन्द्र बहुमुखी क्याम्पस समितिले विज्ञप्ति नै निकालेर विद्यार्थीहरुको मागको समर्थन गरेको छ ।

    वीरेन्द्र क्याम्पसमा अधिकांश कक्षाहरु बिहानमै सञ्चालन हुने गर्छन् । तर पुस्तकालय बिहान खोल्न नसक्नु क्याम्पस प्रशासनको कमजोरी भएको विद्यार्थीहरुले बताएका छन् ।

    क्याम्पस प्रशासनले भने कर्मचारीको अभावका कारण बिहान पुस्तकालय खोल्न नसिकएको जनाएको छ । विद्यार्थीहरुको माग जाहेज रहेको स्वीकार गर्दे प्रशासनले माग पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिक्रिया दिएको छ ।

    हेरौं विज्ञप्ति :

  • एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर : प्रदीप ज्ञवाली

    एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर : प्रदीप ज्ञवाली

    काठमाडौं, साउन २४-
    नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

    आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही वमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् ।

    दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए ।

    सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए ।

    सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले उक्त आलोचन गरेका हुन् ।

  • दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छ : मन्त्री खनाल

    दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छ : मन्त्री खनाल

    चितवन, साउन २४-
    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन् ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज आयोजना गरेको प्रदेशस्तरीय अपराध अुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उहाँले अपराध नियन्त्रणसँगै दण्ड सजयालाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताएका हुन् ।

    उनल भने, “दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पु¥याउनुपर्छ ।”

    उनले भने, “दण्ड सजाय पाएका व्यक्तिहरुलाई समाजको विकासमा प्रयोग गर्न सक्नुपर्छ ।” अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धालाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए ।

    कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनहरुमा हुने गरेका अपराधहरु घरपरिवार, चिनजान भएका व्यक्ति र आफन्तहरुबाट बढी हुने गरेको बताएका थिए ।

    हेटौंडाका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नका लागि अपराध अनुसन्धानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उनले समाज जटिलतातर्फ जाँदै गरेको बताउनुभयो । साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उनले बताए ।

    प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले समयअनुसार अपराधका प्रकृति र प्रवृत्तिमा परिवर्तन आउने भए पनि नेपालमा एक्कासि परिवर्तन देखिएको बताए ।

    उनले भने, “चोरीका घटनाबाहेक ९० प्रतिशत अपराधी पहिचानका क्रममा अनुसन्धान घरपरिवार, स्टमित्र र चिनजानका मान्छेतिर जाने गरेको छ ।” परिवारबाटै अपराधका घटना हुने गरेकाले अहिलेका घटनालाई सामाजिक अपराध भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

    जिल्ला न्यायाधीश रिपेन्द्र थापाले अपराधको अनुसन्धानमा अधिकृत स्वतन्त्र हुनुपर्ने बताए ।

    कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, उच्च सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ लगायतले बिना दबाब स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

  • सुनको भाउ एक महिनायताकै उच्च, प्रतितोला ९६ हजार ९ सय रुपैयाँ

    सुनको भाउ एक महिनायताकै उच्च, प्रतितोला ९६ हजार ९ सय रुपैयाँ

    काठमाडौं, साउन २४-
    आज मंगलबार सुनको भाउ एक महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य असार २१ गते यताकै उच्च हो । असार २१ गते ९७ हजार ६ सयमा सुनको कारोबार भएको थियो ।

    सुनको मूल्य केही दिनयता फेरि उकालो लागेको छ । गत फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको सुन साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म घटेको थियो । चाँदीको मूल्य मंगलबार प्रतितोला १२४० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । चाँदीको भाउ असार १५ गतेयताकै उच्च हो ।

  • चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २ सय २२ वन्यजन्तुको उद्धार, चोरी शिकारीको मुद्धामा ५४९ जना पक्राउ

    चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २ सय २२ वन्यजन्तुको उद्धार, चोरी शिकारीको मुद्धामा ५४९ जना पक्राउ

    चितवन, साउन २४-
    चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।

    यस्तै, एक वर्षमा ६ वटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताए । ६ वटै बाघ उपचारको क्रममा मरेको उनले जानकारी दिए ।

    १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।

    एक वर्षको अवधिमा निकुञ्जमा २ सय ४ वन्यजन्तु मरेका छन् । तीमध्ये प्राकृतिक कारणले १ सय ४ मरेका छन् । यस्तै, निकुञ्जले गएको आर्थिक वर्षमा तीन गैँडासहित १९ प्रजातीका २ सय २२ वन्यजन्तुको उद्धार गरेको छ ।

    सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिएका छन् । एक किंग कोब्रासहित सात सर्पको पनि उद्धार गरिएको छ । चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एकरएक वटा उद्धार गरिएको उनले बताए ।

    चार लगुना, तीन निर बिरालो, दुई नीलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको निकुञ्जको तथ्यांकमा रहेको छ ।

    निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गएको आर्थिक वर्षमा ५४९ जनालाई पक्राउ गरेको छ ।

    सात जना संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए ।

    चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैँडा शिकारी रहेको तिवारीले जानकारी दिए । गैँडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।