Blog

  • देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

    देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं, असोज १२-
    देश विध्वंस र शोकको स्थितिमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    आइतबार (असोज १२) जारी बडादसैँको शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गदैँ शुभेच्छुकलाई आफूले टीका र जमरा प्रदान नगर्ने उनले जानकारी गराएका छन् । “हाम्रो आमशुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट बृहत् रूपमा टीका, जमरा प्रदान नहुने जानकारी गराउँदछौँ,” उनले भनेका छन् ।

    शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गरेका छन् । “हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो,” उनले भनेका छन्, “हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ,” उनले भनेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशः
    प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
    हामी नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ । नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशैँ पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरूमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं ।

    हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ । कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।

    हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो । हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं । नयाँ – पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ । युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ । युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन । उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ । यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें । अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अधि बढ्नु पर्दछ ।

    सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ । जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।

    यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं । श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् यही हाम्रो कामना । जय नेपाल !

  • आज नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

    आज नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

    काठमाडौँ असोज १२
    बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ।

    धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

    पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन्।

    देवी कात्यायनीलाई चार हातका साथ सिंह वाहिनी स्वरूपमा चित्रण गरिएको छ। उनको वर्ण स्वर्ण जस्तै तेजिलो छ। दाहिने हातमा अभय र बर मुद्रा रहँदा देब्रे हातमा तरबार र कमल पुष्प सुशोभित छ। उनीलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ।

    नवरात्र साधनामा छैटौँ दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने मान्यता छ। यस दिन बेलको फेदमा बसेर जागरण गर्ने प्रचलनसमेत छ। विश्वास छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ।

    समकालीन सन्दर्भमा पनि देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ।

    काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठहरू-गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना भइरहेको छ। दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ।

    पूजा सामाग्री स्

    देवीको प्रतिमा वा चित्र, आशन (रातो कपडा), फूल (रातोफूल वा कमल फूल), कलश (तामा, पितल वा माटोको), नरिवल, पञ्चपल्लव (बर, पिपल, समी, आँप, डुम्री), शुद्ध जल वा गंगा जल, अक्षता, दुवो, पान, सुपारी, बेसार, फलफूल, नैवेद्य (रातो), धूप, बत्ती, चन्दन,अबिर, पञ्चामृत (दूध, दही, घिउ,मह, सख्खर), घण्टी, आरतीको लागी थाल आदी सामाग्री तयार पार्नुपर्दछ ।

    पूजन विधि:

    ब्रहा मुहूर्तमा उठी नित्य कर्म सकी शुद्ध भएर राता रङ्गको कपडा लगाएर पूजा कोठा सफा गरी शुद्ध जल वा गंगाजल छर्कनु पर्दछ । त्यसपछि कात्यायनी माताको प्रतिमा राख्नुपर्दछ । सर्वप्रथम दियो बालेर दियोको पूजा गर्नुपर्दछ । कलश पूजा पछि देवीलाई सौभाग्यसुत्र, चन्दन, बेसार, सिन्दूर, दुबो, बेलपत्र, आभूषण, पुष्प, सुगन्धित द्रव्य, धूप–दीप, नैवेद्य, फल, पान, सख्खर, दक्षिणा, पञ्चामृत चढाउनु पर्दछ । ॐ देवी कात्यायन्यै नमः यो मन्त्रको जप गर्नुपर्दछ । प्रदक्षिणा मन्त्र र वन्दना श्लोक पढ्ने । वन्दना श्लोक पछि मातालाई राता फलफूल तथा प्रसाद चढाउने र माता स्तोत्र पाठ गर्ने, पूजा सकिएपछि आरती गर्ने .(दीप र कपुर जलाएर), प्रसाद वितरण गरी आफूले पनि ग्रहण गर्ने र शान्तिपूर्वक समय बिताउनु पर्दछ ।

    मन्त्र:

    चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।

    कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।

    या देवी सर्वभूतेषु माता कात्यायनी रुपेण संस्थिता

    नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।

  • नेपालको ऐतिहासिक जितः वेस्ट इन्डिज १९ रनले पराजित

    नेपालको ऐतिहासिक जितः वेस्ट इन्डिज १९ रनले पराजित

    काठमाडौं, असोज ११-

    नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी २०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

    नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक(एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

    १२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

    नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन । आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

  • नेपालद्वारा वेष्ट इन्डिजसामु एक सय ४९ रनको लक्ष्य प्रस्तुत

    नेपालद्वारा वेष्ट इन्डिजसामु एक सय ४९ रनको लक्ष्य प्रस्तुत

    काठमाडौँ, ११ असोजः 
    ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १४९ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको योगफल बनाएको हो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै  कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन र कप्तान अकिल होसेनले एक विकेट लिए । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप बिजेता वेष्ट इन्डिजविरुद्ध खेल्न लागेको हो ।

    अर्को सातादेखि ओमानमा हुने आइसिसी टी-ट्वान्टी एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्टइन्डिजसँग टी-२० अन्तरराष्ट्रिय खेलको ‘सिरिज’ खेल्न लागेको हो ।

  • नेपालमा पर्यटन दिवस : उत्सव भन्दा बढी पीडाको दिन

    नेपालमा पर्यटन दिवस : उत्सव भन्दा बढी पीडाको दिन

    माधव कुमार कंडेल
    चितवन, असोज ११-
    आज World Tourism Day सामान्य अवस्थामा यो दिन नेपालले उत्सवका साथ मनाउने हो, किनकि पर्यटन हाम्रो देशको पहिचान मात्रै होइन, अर्थतन्त्रको मेरुदण्ड हो। तर यस वर्ष पर्यटन दिवस मनाउँदा उत्साहभन्दा पीडा बढी छ। कारण, पछिल्ला आन्दोलन र अस्थिरताले सबैभन्दा ठूलो घाउ पर्यटन र व्यवसाय क्षेत्रमै पुर्‍याएको छ।

    आन्दोलन र अराजकताको घाउ

    नेपालले राजनीतिक आन्दोलन नयाँ कुरा होइन, तर पछिल्लो पटक देखिएको अराजक आन्दोलनले ठुलो चोट दिएको छ।

    पर्यटक नेपाल आउन डराउन थाले,

    बुकिङ रद्द भए,

    होटल र रेस्टुरेन्टहरू सुनसान भए,
    भ्रमण भिसा (Visit Visa) मा कडाइ

    लाखौँ परिवारको रोजीरोटी संकटमा पर्यो।

    सबैभन्दा दुःखद दृश्य भनेको होटलहरूमा आगो लगाउने, तोडफोड गर्ने, व्यवसायलाई आतंकित गर्ने गतिविधि भयो। Hilton, Hyatt जस्ता ठूला होटलदेखि लिएर मध्यम र साना होटल–गेष्टहाउस, होमस्टे र ट्रेकिङ–क्याम्पसम्म सबै प्रभावित भए। यसले नेपालको अन्तर्राष्ट्रिय छवि नै ध्वस्त बनाइदियो।

    पर्यटकले नेपाललाई adventure destination मात्र होइन, peaceful country पनि ठानेका थिए। तर होटल जल्ने, व्यवसाय ध्वस्त हुने खबर अन्तर्राष्ट्रिय समाचार बनेपछि उनीहरू कहाँ सुरक्षित महसुस गर्लान्?

    पर्यटन दिवस मनाउने बाध्यता, तर मन भारी

    नेपाल पर्यटन बोर्ड, होटल संघ, ट्राभल एजेन्सी संघजस्ता संस्थाहरूले आज विभिन्न कार्यक्रम गर्दैछन्। मञ्चहरू सजाइएका छन्, भाषणहरू भइरहेको छ, पोस्टर टाँसिएका छन्। तर ती चमकभित्रको वास्तविकता भने धेरै फरक छ।

    होटल मालिकहरू ऋण तिर्न नसकेर बन्धकमा पर्न थालेका छन्,

    गाइड, ड्राइभर, पोर्टरले काम गुमाएका छन्,

    एयरलाइन्स एजेन्टहरूले व्यापार बन्द गर्ने अवस्था आएको छ,

    गाउँ–गाउँका होमस्टेहरू सुनसान भएका छन्।

    यस्तो बेला Happy Tourism Day भन्नु धेरैलाई झुठो लाग्छ। हो, दिन अन्तर्राष्ट्रिय रूपमा मनाउनै पर्छ, तर नेपालका पर्यटन व्यवसायीहरू भित्रभित्रै भक्कानिएका छन्।

    नेपालको अर्थतन्त्रमा पर्यटनको भूमिका

    पर्यटन केवल होटल व्यवसाय मात्र होइन। यसले हजारौँ रोजगारी सिर्जना गर्छ। गाइड, ट्रेकिङ पोर्टर, पर्वतारोही गाइड, ट्याक्सी–ड्राइभर, विमानस्थल कर्मचारी, ट्राभल एजेन्सी, हस्तकलाका व्यापारी, होमस्टे सञ्चालक, रेस्टुरेन्ट मालिक सबैको जीवन यसैसँग जोडिएको छ।

    नेपालको GDP मा पर्यटनले करिब ८–१०% योगदान दिएको तथ्यांक छ।

    प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौँ रोजगारी सिर्जना हुन्छ।

    विदेशी मुद्राको ठूलो हिस्सा पर्यटनमै निर्भर हुन्छ।

    तर अहिले यी सबै खतरा र संकटमा परेका छन्।

    अब के गर्ने?

    नेपालमा आन्दोलन र अस्थिरता रोक्न नसकेसम्म पर्यटन उठ्ने छैन। तर केवल आन्दोलन रोक्नु मात्र पर्याप्त छैन, अझै ठूला कदम चाल्नुपर्छ।

    सुरक्षा र विश्वास : नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वलाई दिनु जरुरी छ।

    अन्तर्राष्ट्रिय प्रचार–प्रसार : CNN, BBC, Al Jazeera जस्ता अन्तर्राष्ट्रिय मिडियामा सकारात्मक अभियान चलाउनुपर्छ।

    डिजिटल प्रमोशन : TikTok, Instagram, YouTube मा युवा पुस्तालाई प्रयोग गरेर पर्यटन प्रचार गर्नुपर्छ।

    होटल–व्यवसायलाई राहत : आन्दोलनमा क्षति पुगेका होटल–व्यवसायलाई कर छुट, ऋण पुनर्संरचना, राहत प्याकेज आवश्यक छ।

    स्थानीय स्तरमा पुनर्जीवन : होमस्टे, गाउँ पर्यटन, सांस्कृतिक उत्सवलाई पुनः सक्रिय बनाउन सहयोग गर्नुपर्छ।

    निष्कर्ष : भारी मनसहितको पर्यटन दिवस

    यस वर्षको Tourism Day नेपालका लागि उत्सव होइन, आत्मपरीक्षणको दिन हो। आन्दोलन र अराजकताले पर्यटनलाई मारेको छ, व्यवसायीहरूको सपना खरानी बनाएको छ। तर निराश भएर बस्न मिल्दैन।

    नेपालका हिमालहरू, संस्कृति, परम्परा, आतिथ्य अझै पनि विश्वकै उत्कृष्ट आकर्षण हुन्। तर यी सबैलाई बचाउन शान्ति, स्थायित्व र व्यवसायमैत्री वातावरण आवश्यक छ।

    आज हामी Happy Tourism Day भन्न सक्छौं, तर त्यो शब्दसँगै एउटा भारी मन पनि जोडिएको छ—”पर्यटन दिवसको शुभकामना, तर कृपया अब होटल नजलाऔं, व्यवसाय नध्वस्त पारौँ। बरु मिलेर नेपाललाई फेरि पर्यटकको गन्तव्य बनाऔं

    – माधव कुमार कंडेल (पर्यटन व्यवसायी)

  • नारायणी किनारमा कार्तिक १८ देखि खेलकुद तथा व्यापार महोत्सव हुँदै

    नारायणी किनारमा कार्तिक १८ देखि खेलकुद तथा व्यापार महोत्सव हुँदै

    चितवन, असोज ११
    चितवन जिल्ला खेलकुद बिकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कार्तिक १८ गतेदेखि उक्त महोत्सव गर्न लागेको हो ।

    समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी किनारको प्रदर्शनी मैदानमा हुने महोत्सव मंसिर २ गतेसम्म चल्ने जानकारी दिएको छ । समितिका अध्यक्ष राजन कार्कीले महोत्सवमा विभिन्न खेलहरु खेलाईनुका साथै ३ सय भन्दा बढी व्यवसायिक स्टलहरु रहने जानकारी दिए । महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ ।

    यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने पनि कार्कीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमा रहनेछ । यसका लागि अतिरिक्त टिकट नलाग्ने आयोजकले जनाएको छ ।

    यस्तै महोत्सवमा बाल उद्यान र मुभिङ ट्रेन पनि रहनेछ । महोत्सव कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टलको व्यवस्था गरिनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा नि:शुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालमा चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

    तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्नका लागि अनुमानित एक करोड ५० लाख खर्च हुने कार्कीले बताए । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको बिकास र प्रवर्द्धनमा खर्च गर्ने आयोजकको लक्ष्य छ ।

  • चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

    चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौँ, ११ असोजः 
    नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ”, उहाँले भन्नुभयो ।

    प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छभने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।

    मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

  • एमाले सचिवालय बैठक आइतबार हुने

    एमाले सचिवालय बैठक आइतबार हुने

    काठमाडौँ, असोज ११ –
    जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उहाँले बताउनुभयो । रासस

     

  • नेपाल पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

    नेपाल पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

    काठमाडौं, असोज ११-
    नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०ः१५ बजे शुरू हुनेछ ।

    नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा छ । त्यसैले आफूभन्दा निकै बलियो टोली वेस्ट इन्डिजविरुद्धको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण सावित हुनेछ ।
    तेस्रोपटक टी–२० पुरुष विश्वकप खेल्ने अभियानमा रहेकाले पनि नेपाली टोलीका लागि यो शृंखला अझ विशेष छ । दुईपटक टी–२० विश्वकप र दुईपटक एकदिवसीय विश्वकपको जितिसकेको वेस्ट इन्डिजसँगको यो शृंखलाले नेपालको विश्वकप छनोट अभियानमा थप सहयोग पुर्‍याउने छ । नेपाली टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता केही समयपछि नै खेल्दैछ । नेपाली टोली लामो समयदेखि सोही छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ ।

    एसिया तथा प्यासेफिक क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । छनोट प्रतियोगितामा नौवटा टोलीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा नेपाली टोली जापान र कुवेतसँगै समूह ‘बी’ मा परेको छ । अन्तिम चरणको विश्वकप छनोट प्रतियोगितामा मलेसिया, कतार, यूएई, ओमान, पपुवा न्यू गिनी र सामोआको पनि सहभागिता रहने छ । यो छनोट प्रतियोगिताबाट तीनवटा टोलीले आगामी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

    त्यसैले विश्वकप छनोट प्रतियोगितामा निखारिएको प्रदर्शन गर्न नेपाली टोलीले आफूभन्दा बलियो प्रतिद्वन्द्वीसँग अभ्यास खेल खेल्नु आवश्यक थियो । वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाली टोलीका लागि त्यही महत्त्वपूर्ण अवसर पनि हो । शृंखलाको दोस्रो खेल असोज १३ र तेस्रो खेल १४ गते खेलिने छ ।

  • हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँः अध्यक्ष ओली

    हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँः अध्यक्ष ओली

    काठमाडौँ, असोज ११-
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्नेकुरा अफवाह मात्रै भएको बताएका छन्। एमालेनिकट युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

    ‘अहिले सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने, के ठानेको छ?,’ ओलीले प्रश्न गर्दै अगाडि भने,‘यहाँ उहाँहरुलाई हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं? के सोचेको छ?’

    आफूले यो देश बनाउनुपर्ने बताउँदै उनले भने, ‘फेरि पनि यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं। देशलाई फेरि सुशासनमा ल्याउँछौं, शान्ति सुब्यवस्थामा ल्याउँछौं।’