Blog

  • विपद् व्यवस्थापन विभाग प्रमुख भन्छन्- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो

    विपद् व्यवस्थापन विभाग प्रमुख भन्छन्- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो

    ३१ असोज, काठमाडौं ।
    काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताएका छन् ।

    शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८:१५ बजे महानगरको दमकल पुगेर आगो निभाउने प्रयास गरेको बताएका हुन् । सिंहदरबारमा लागेको आगो निभाउन दमकल पठाउन गरिएका धेरै प्रयासहरू भीडका कारण असफल भएको उनको भनाइ छ ।

    ‘सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८:१५ बजे पुगेको थियो । दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएको पनि हो । यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ सकेका छौं,’ उनले भने, ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कता-कता पुर्‍याउने ?,’

  • दल घोषणा गर्दै मिरज ढुंगाना

    दल घोषणा गर्दै मिरज ढुंगाना

    ३१ असोज, काठमाडौं ।
    जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।

    प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

    ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।

  • प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

    प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

    काठमाडौँ, असोज ३१ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।

    गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार सजग रहेको उहाँको भनाइ थियो ।

    गृहमन्त्री अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहने र सरकारप्रतिको धारणा तथा प्रतिक्रिया अभिव्यक्त गर्दा निशानामा पर्ने भन्दै गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन यसैको प्रतिबिम्ब भएको धारणा राख्नुभयो । ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीका साङ्गठनिक, व्यक्तिगत सामान लुटपाट तथा आगजनी भएकाले स्रोतसाधनको अभाव भई यसको प्रत्यक्ष असर आमनागरिकमा समेत पर्दै गएको उहाँको भनाइ थियो । “न्यून साधनस्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई उक्त आन्दोलनले निकै ठूलो क्षति पु¥याएको छ । त्यसबाट सम्हालिँदै अगाडि बढ्नुपर्छ, उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्दै निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिन प्रहरी लाग्नुपर्ने आवश्यकता छ”, अर्यालको भनाइ थियो ।

    गृहमन्त्री अर्यालले पछिल्ला समय देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताउनुभयो । “पछिल्ला समय केही जिल्लामा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाले नेपाली समाजको विशेषताको रूपमा रहेको आपसी सद्भाव, सहिष्णुता तथा भाइचारामा खलल पु¥याउने दुष्प्रयास भएको देखिन्छ, यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ । यस्ता गतिविधिलाई रोक्न बेलैमा लाग्न जरुरी छ ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले हालको परिस्थितिमा र आगामी दिनमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति दिलाइ प्रहरीलाई नागरिक भरोसाको केन्द्रका रूपमा अगाडि बढाउन प्रहरी व्यावसायिक रूपमा सक्षम रहेको समेत धारणा राख्नुभयो ।

    महानिरीक्षक खापुङले भन्नुभयो,“नेपाल प्रहरीबिनाको समाज कल्पना पनि गर्न सकिँदैन । समाजमा प्रहरीको माग दिनप्रतिदिन बढ्दै गएको छ । विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको छ । यसका लागि आगामी दिनमा थप २५ हजार जनशक्ति आवश्यक छ । यस विषयमा पनि सोच्नुपर्छ र प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न जरुरी छ । प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकता छन् । यसमा हामी लाग्छौँ ।”

    प्रहरी दिवसका अवसरमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ९डिआईजी० कृष्णबहादुर राना, मोतीलाल कला उत्कृष्ट अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक ९डिएसपी० धर्मराज भण्डारी, पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक ९डिएसपी० भोलाकुमार भट्टलाई प्रदान गरिएको छ ।

    यस्तै, यस वर्ष कर्तव्य पालनका सिलसिलामा वीरगती प्राप्त गर्नुभएका छ प्रहरी कर्मचारीका आश्रित परिवारलाई जनही रु एक लाख ५० हजार नगद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहीद स्मारकमा पुप्पगुच्छा अर्पण गर्नुका साथै प्रहरी दर्पण–२०८२ विमोचन गरिएको थियो ।

    प्रहरी ऐन, २०१२ अनुसार स्थापना भएको नेपाल प्रहरीले आजदेखि आफ्नो स्थापनाको सात दशक पूरा गरेको छ । सुरुमा सात हजार ७१५ जनशक्ति रहेको नेपाल प्रहरीमा हाल ७९ हजार ५४१ जनशक्ति रहेको छ । रासस

  • जुवातास खेलिरहेका ११ जना ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ

    जुवातास खेलिरहेका ११ जना ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ

    सुर्खेत , असोज ३१ –
    सुर्खेत प्रहरीले जुवातास खेलिरहेका ११ जनालाई बिहीबार बेलुका साढे ६ बजेतिर ८ बुक ४३ पत्ती (खोलेको) तास र ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ गरेको हो।

    वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    घरधनी खनालसहित ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वरणषीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोककुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल पक्राउ परेका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारि दिए ।

  • आधारभूत तहका कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्रीको निर्देशन

    आधारभूत तहका कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्रीको निर्देशन

    ३१ असोज, काठमाडौं ।
    आधारभूत तह (जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार)का कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् ।

    ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।

    ‘भीड तहमा खटिने आधारभूत दर्जाका प्रहरी कर्मचारीहरुले नेपाल प्रहरी संगठनको मात्रै नभई नेपाल सरकारको नै प्रतिनिधित्व गर्ने हुनाले ती प्रहरी कर्मचारीहरूको कार्य उत्प्रेरणा र सेवा प्रवाहको स्तरबाट नागरिकमा प्रहरीप्रतिको धारणा निर्माण हुन्छ,’ मन्त्री अर्यालले भने ।

    जसकारण आधारभूत तहका प्रहरी कर्मचारीको मनोबल उकास्नुपर्ने उनले बताए ।

    ‘तसर्थ ती प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने र क्षमता अभिवृद्धि गर्न संगठनको तहबाट हुने कार्यक्रमहरू पहिचान गर्न र मन्त्रालय तथा नेपाल सरकारबाट हुनुपर्ने कार्यहरूको सम्बन्धमा संगठनको तर्फबाट प्रस्ताव गर्नुहुन प्रहरी महानिरीक्षकज्यु प्रति मेरो आग्रह छ,’ उनले भने ।

    त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई गराउनु पर्ने दायित्व पनि प्रहरीसँग रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको लागि पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्यसम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको उल्लेख गरे ।

    प्रहरीलाई साधन स्रोत युक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने उनले बताए ।

    ‘गत असोज १७ गतेदेखिको अविरल वर्षाका कारण सिर्जित विपद्‌मा जनधनको ठूलो क्षति भएको छ । त्यस विपद्‌को घडीमा आफ्नो ज्यान जोखिममा राखेर क्षति न्यूनीकरण विपद्‌ उद्धार तथा राहत वितरण लगायतका कार्यमा खटिने कर्मठ प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु,’ मन्त्री अर्यालले भने ।

    नेपाल प्रहरीको जिम्मेवारी बोध र कर्तव्य परायणतामा प्रश्न नरहेता पनि केही सीमित प्रहरी कर्मचारीहरूका आचरण व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार आवश्यक देखिएको भन्दै त्यसलाई जनमैत्री बनाउनुपर्ने उनले बताए ।

    प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् । जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ,’ उनले भने ।

    त्यसैले अपराधका खिलाफ तयारी बढाउँदै वर्तमान र भविष्यमा हुन सक्ने चुनौती र अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने हिसाबले नेपाल प्रहरी हरदम तयार हुनुपर्ने उनले बताए ।

    नेपाल प्रहरीलाई साधन स्रोतले सुसूचित बनाए देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

  • माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

    माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

    काभ्रेपलाञ्चोक, असोज ३१ —
    काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ ।

    गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएकाले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको जनाउँदै आउँदो तिहारदेखि कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अनुरोध गरिएको हो ।

    “दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”, थिङले भन्नुभयो । पुर्खाले सदियौँदेखि दीपावलीमा कमेरो र रातो माटोले घरआँगन लिप्ने परम्परा जोगाउँदै आएकाले यस वर्षदेखि हरेकका घरमा उक्त परम्परा जोगाउने अभियान नै थालिएको गाउँपालिकाले जनाएको छ । यसबाट नागरिकका घर शृङ्गारिकता देखिने तथा पर्यटन प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको हो ।

    अभियानका लागि गाउँपालिकाको सबै नागरिक, टोल समिति तथा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ । रासस

  • विद्युतीय सामग्रीको व्यापार घट्यो

    विद्युतीय सामग्रीको व्यापार घट्यो

    चितवन, असोज ३१ –
    नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती(विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ ।

    लामिछाने भन्नुहुन्छ, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”

    पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उहाँको भनाइ छ ।

    विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताउनुभयो ।

    नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताउनुभयो । “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ । अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष रु पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युत्को काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उहाँले भन्नुभयो ।

    विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौँ, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उहाँले सुनाउनुभयो । दसैँअघि भएको जेनजी आन्दोलनको प्रभाव व्यवासयमा परेको उहाँले बताउनुभयो ।

    विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताउनुहुन्छ । उहाँको भनाइमा १० वर्षअघि विदेशबाट रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् । रासस

  • इभी गाडीको ठक्करबाट पैदलयात्री महिला घाइते

    इभी गाडीको ठक्करबाट पैदलयात्री महिला घाइते

    अशोज ३१,भरतपुर ।
    भरतपुर–१०, वीरेन्द्र क्यापस चोकमा इभी गाडीको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् ।

    बा–प्र–०६–००१ ज ०३२९ नम्बरको इभी गाडीले रोड क्रस गर्दै गरेकी भरतपुर–१०, मालपोत चोक बस्ने ५५ वर्षीया बालकुमारी श्रेष्ठ घाइते भएकी हुन् ।

    टाउकोमा चोट लागी अवस्था गम्भीर रहेकी घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने गाडी र चालक जिप्रका चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

    काठमाडौँ , असोज ३१ –
    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

    शुक्रवार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।

    बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

  • ट्रम्पले दिए हमासलाई चेतावनी

    ट्रम्पले दिए हमासलाई चेतावनी

    वासिंटन, असोज ३१ –
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई चेतावनी दिएका छन् ।

    ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्

    यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताएका थिए ।