Blog

  • विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब र रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा सचेतना कार्यक्रम

    विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब र रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा सचेतना कार्यक्रम

    चितवन, कात्तिक ७-
    विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ नारायणी मिडटाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिडटाउनले सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

    चौबीसकोठीमा विश्व पोलियो दिवसको ब्यानर टाँसेर उनीहरुले सचेतना गरेका हुन् र चौबीसकोठीबाट र्‍याली समेत निकालिएको थियो ।

    उनीहरुले “End Polio Now” भन्ने सन्देश सहितको ब्यानर टाँगेर पोलियोमुक्त विश्वको लागि आह्वान गरे।

  • गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

    गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

    काठमाडौं, कात्तिक ७-
    गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

    आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो।

    नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा रहेकी उनको मृत्यु भएको थियो।

  • चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना, ७ जनाको मृत्यु

    चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना, ७ जनाको मृत्यु

    चितवन, कात्तिक ७ –
    नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा सवारी दुर्घटना भएका छन् ।

    चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् ।

    मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उहाँले बताउनुभयो ।

    एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।

  • जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

    जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

    ७ कात्तिक, धनगढी-
    कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

    शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका- ३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय,जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाई र निशा बजगाईको मृत्यु भएको बताए। बजगाई जुम्ल्याहा दिदीबहिनी हुन्।

    नहरमा डुबेको अवस्थामा उद्दार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए।

  • आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

    ७ कात्तिक, काठमाडौं ।
    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।

    कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

    गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

  • राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट तिहारको टीका

    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट तिहारको टीका

    काठमाडौँ कार्तिक ६
    राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

    राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो ।

    भाइटिकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

  • कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

    कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

    काठमाडौं कार्तिक ६
    नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ ।

    अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

    नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ ।

    अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।

  • रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

    रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

    ५ कात्तिक, काठमाडौं ।

    रसुवागढी–केरुङ जोड्ने नेपाल–चीन मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
    हाल बेलिब्रिज राखेर दायाँ–बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरु गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ ।
    गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर अमरेन्द्र कुमार यादवका अनुसार चीनले आफ्नै खर्चमा सो स्थानमा बेलिब्रिज बनाइरहेको छ ।
    उनले अनलाइनखबरसँग भने, ‘पुलको सबै काम चीनले नै गरिरहेकाले हामीलाई धेरै जानकारी त छैन तर अब बिचमा स्ल्याब राख्न मात्र बाँकी भएको जस्तो देखिन्छ । सायद स्ल्याब राखेपछि गाडीहरु गुड्न थाल्छन् ।’
    स्थानीयका अनुसार सबै काम सम्पन्न गरी छठ पर्वलगत्तै बेलिब्रिजबाट गाडी आउ–जाउ गराउने लक्ष्यसहित चिनियाँ टोलीले कामलाई तीव्रता दिएको छ ।
    गत असार २४ गते चीनतर्फबाट बगेर आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवागढी–केरुङ जोड्ने पक्की पुल बगाएको थियो । सो स्थानमा चीन सरकारले नै बेलिब्रिज निर्माण सुरु गरेको थियो ।
    रसुवागढी–केरुङ नेपाल–चीन बिचको तातोपानी पछिको दोस्रो ठूलो व्यापारिक नाका हो । पुल बगेपछि नेपालको चीनतर्फको एक मुख्य व्यापारिक नाका रसुवागढीबाट हुने व्यापार पूर्णरूपमा टुटेको छ ।

  • चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ कार्तिक २४ र २५ गते हुने

    चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ कार्तिक २४ र २५ गते हुने

    चितवन, कार्तिक ५-
    नेपाल प्रिमियर लिग फ्रेन्चाईज टिम चितवन राइनोजले युवा र स्थानीय खेलाडीलाई छनोट गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्ने भएको छ ।

    राइनोजले एनपीएल ट्रफी टुरको अवसर पारेर सौराहाबाट ‘ट्यालेन्ट हन्ट’को मिति घोषणा समेत गरेको छ । राइनोजका अनुसार यही कार्तिक २४ र २५ (नोभेम्बर १० र ११ ) गते भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ गरिनेछ । चितवनको क्रिकेटलाई थप बलियो बनाउन राइनोजले “ट्यालेन्ट हन्ट” कार्यक्रम गरिएको निर्देशक प्रताप देवकोटाले जानकारी दिए ।

    यस ‘ट्यालेन्ट हन्ट’बाट चितवनका प्रतिभावान युवा खेलाडीहरूलाई छनोट गरी व्यावसायिक क्रिकेटमा प्रवेशको अवसर दिइने राइनोजले जनाएको छ । ‘ट्यालेन्ट हन्ट’मा भाग लिन चाहने खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि राइनोजले अनलाइन आवेदन खुला गरि सकेको जनाएको छ । ‘ट्यालेन्ट हन्ट’को स्थान भने छनोट गर्न बाँकी छ ।पहिलो सिजनमा चितवन मेडिकल कलेज कैलाशनगरमा निर्माण गरिएको प्राक्टिस नेटमा ट्यालेन्ट हन्ट गरिएको थियो ।

     

     

  • भदौ २३ मा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो: प्रचण्ड

    भदौ २३ मा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो: प्रचण्ड

    ५ कात्तिक, काठमाडौं ।
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको क्रममा भदौ २३ गते सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन्।
    महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘२३ गते जेनजी पुस्ताका नयाँ युवाहरूले गरेको आन्दोलन र त्यो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र नृशंस हत्या नेपालको इतिहासमा एउटा कहिले नबिर्सिने परिघटनाको रूपमा स्थापित भई नै सकेको छ।’
    प्रचण्डले आफ्नो चेतावनीका बाजुद सरकार दमनमा उत्रिएको र युवाहरूको हत्या भएको जिकिर गरे ।
    युवाहरूको असन्तोष खासगरी सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धबाट आक्रोशित युवाहरू आन्दोलनमा आउने घोषणा गरेका थिए,’ उनले थपे, ‘मैले सरकारलाई खबरदार! युवाहरूले गर्ने आन्दोलनमा बल प्रयोग नगरियोस्, दमनको बाटो नअपनाइयोस्, यति दमन गरियो भने त्यसको परिणाम भयानक हुनेछ भनेर मैले स्ट्याटस लेखेको थिए।’
    युवाले आन्दोलनको घोषणा गरेलगत्तै तत्काल सामाजिक सञ्जामाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले स्मरण गरे। ‘यी युवाका मागहरु जायज र सही छन् किनकि ति मागहरु माओवादी केन्द्रले १० वर्षदेखि उठाउँदै आएकै माग थिए,’ उनले भने।
    आन्दोलनको पहिलो दिन नै तत्काल केपी ओलीले राजीनामा नदिए परिणाम अझ भयानक हुन्छ भनेर वक्तव्य दिएको स्मरण गरे।
    ‘हामीले भने अनुसार, खबरदारी गरेअनुसार ओलीले राजीनामा दिएको भए २४ गतेको विध्वंस रोकिन्थ्यो,’ उनले भने, ‘ओलीको अहंकार, दम्भ, मनोगत र प्रतिशोधी भावनाले २४ गते नेपालमा भयानक विध्वंस भयो। केही घन्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्य विहीनताको जस्तो स्थिति देखा पर्‍यो। तर हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौं या अवसर भनौं, म त्यस्तो परिस्थितिमा पनि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गर्ने, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर वार्ता र संवाद गर्ने अवसर मलाई प्राप्त भयो।’
    उनले आफूले देशलाई दुर्घटना हुनबाट बचाउन केही न केही सहजीकरणको भूमिका खेलेको जिकिर गरे। उनले २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा वार्ता गरेको बताए।