Blog

  • सुनको मूल्य आज तोलामा २७ सयले बढ्यो

    सुनको मूल्य आज तोलामा २७ सयले बढ्यो

    काठमाडौँ, कात्तिक १४-
    नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

  • चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

    चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

    भरतपुर,कात्तिक १४-
    गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्।

    भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। सो बसमा लगत्तै जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रु बाहक बससमेत ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    दुर्घटनापछि बस सडकमै पल्टिँदा यातायातसमेत अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नम्बर १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेलाई तत्काल उद्धार गरि चितवनका विभिन्न अस्पताल पुर्‍याएको छ। घाइतेमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परेका सवारि साधनलाई क्रेनको सहायताले हटाएपछि आज बिहान तीन बजेबाट सडकमा गाडी सञ्चालन हुन थालेका छन्। दुर्घटनाको खबरलगत्तै सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कामण्डमा उद्धारका लागि सुरक्षा फौज पुगेको थियो। दुर्घटनापछि बा.प्र.०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ बस्ने वर्ष ४३ का कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ।

    यी हुन् दुर्घटनाका घाइते

    चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरू:
    १. उदयपुर जिल्ला त्रियुगा नगरपालिका- १० बस्ने वर्ष २० को सार्थक बाबु श्रेष्ठ, बायाँ खुट्टामा चोट, अवस्था मध्यम (डल्फिन बसका यात्रु)
    २. धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका -१७ बस्ने वर्ष ३९ को सदाकत मियाको टाउकोमा चोट, अवस्था मध्यम (रुद्राक्ष बसका यात्रु)
    ३.सोही ठाउँ बस्ने वर्ष ५२ को नरेन्द्र शाहको टाउकोमा चोट (रुद्राक्ष बस)
    ४. रौतहट जिल्ला गौर नगरपालिका- ५ बस्ने वर्ष ४१ को मुकेश कुमार केसरीको बाँया खुट्टा र टाउकोमा चोट (डल्फिन)
    ५.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका- ७ बस्ने वर्ष १७ का समिर अन्सारिको बायाँ खुट्टा र बायाँ हातमा चोट (रुद्राक्ष )
    ६. महोत्तरी जिल्ला पिपरा गाउँपालिका- १ बस्ने गितादेवि यादवको निधारमा चोट (रुद्राक्ष )
    ७. रौतहट जिल्ला राजदेवी नगरपालिका- १ बस्ने कुष्णकुमार साहको अनुहारमा चोट, मध्यम (डल्फिन)
    ८. धनुषा जिल्ला जनकपुर उपमानगरपालिका- १ बस्ने वर्ष ४६ को वसन्त झाकाे खुट्टामा चोट, अबस्था सामान्य ( रुद्राक्ष )
    ९. धनुषा जिल्ला जनकपर उपमहानगरपालिका- ४ वस्ने वर्ष ४९ को मुकेश लाल कर्ण, अवस्था सामान्य
    १०. सोही ठाउँ बस्ने वर्ष ३४ कि अन्जु कर्ण, अवस्था सामान्य
    ११. सोही ठाउँ बस्ने आरुष कर्ण (वर्ष नखुलेको ) अवस्था सामान्य (रुद्राक्ष )
    १२. महोत्तरी जिल्ला पिपरा गाउंपालिका -१ बस्ने बर्ष ३७ को राम श्रेष्ठ , अवस्था सामान्य ( डल्फिन )
    १३. रौतहट जिल्ला राजदेवि नगरपालिका- १ बस्ने वर्ष २० को अनिकेत कुमार साह (डल्फिन )
    १४. रौतहट जिल्ला बृन्दावन नगरपालिका- ३ बस्ने वर्ष ११ को आरभ मिश्रकाे टाउको मा चोट, अवस्था मध्यम (डल्फिन)
    १५. धनुषा जिल्ला लक्ष्मिमिया गाउँ पालिका- ४ बस्ने वर्ष १९ कि बिद्या चौधरी, अवस्था मध्यम (रुद्राक्ष )

    नेशनल सिटि अस्पताल भरतपुरमा रहेका घाइतहरू
    १.बा.प्र.०३-००१ख ३९०२ (रुद्राक्ष) बसमा सवार धनुषा जिल्ला जलेश्वर नगरपालिका -५ बस्ने वर्ष २० को आदित्य कुमार सिंह, अवस्था सामान्य।
    २. सोही ठाउँ बस्ने वर्ष ४३ की रेखा सिंह, अवस्था सामान्य।
    ३. सोही ठाउँ बस्ने वर्ष २१ की अञ्जली सिंह, अवस्था सामान्य।
    ४. प्रदेश३-०३-००१ख ०१२३ नम्बरको बसमा सवार भारत मोतिहारी बस्ने वर्ष ३२ को सुनिल प्रसाद,अवस्था सामान्य।
    ५. भारत मोतिहारी बस्ने वर्ष २५ की सुभद्रा कुमारी चौधरी , अवस्था सामान्य।
    ६. भारत मोतिहारी बस्ने वर्ष ७ की पृया जैशवाल, अवस्था सामान्य।
    ७. भारत मोतिहारी बस्ने बर्ष ४ की कृती जैशवाल, अवस्था सामान्य।
    ८.धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका -८ बस्ने वर्ष २८ को आलोक कुमार राउत, अवस्था सामान्य।
    ९.रौतहट जिल्ला राजदेवी नगरपालिका-२ बस्ने वर्ष २१ को मोनु कुमार महतो, अवस्था सामान्य।
    १०.रौतहट जिल्ला गौर नगरपालिका -९ बस्ने वर्ष ६६ की गम्भिरादेवी ठाकुर, अवस्था सामान्य।
    ११. रौतहट जिल्ला गरुडा नगरपालिका -७ बस्ने वर्ष ५० को बिजय साह, अवस्था सामान्य।
    १२. सोही ठाउँ बस्ने वर्ष ४० की उर्मिला कुमारी साह,अवस्था सामान्य।
    १३. रौतहट जिल्ला बृन्दावन नगरपालिका -३ बस्ने वर्ष ६२ की सुनितादेवी मिश्रा, अवस्था मध्यम।

    भरतपुर सरकारी अस्पतालमा रहेका घाइतेहरू
    १.रौतहट जिल्ला दुर्गावती गाउँपालिका-२ बस्ने वर्ष ३० को राजकिशोर दास, अवस्था सामान्य।
    २. रौतहट जिल्ला दुर्गावती गाउंपालिका-२ बस्ने वर्ष २५ को राजु दास, अवस्था सामान्य।
    ३. भारत मोतिहारी बस्ने वर्ष २२ को महमद साहेब, अवस्था सामान्य।
    ४.रौतहट जिल्ला माधवनारायण नगरपालिका -५ बस्ने वर्ष १९ को रोशी कुमार साह, अवस्था सामान्य।
    ५.धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका -४ बस्ने वर्ष १९ की दिब्या चौधरी,अवस्था मध्यम।

  • चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

    भरतपुर,१४ कार्तिक

    चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई गयराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका थिए । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ ।

    अक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । केही साताअघि पनि उनिमाथि सिजी मलमा नै आक्रमण भएको थियो ।

  • अपडेट : मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

    अपडेट : मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

    काठमाडौं ,१४ कात्तिक-
    तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ ।

    माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो ।

    तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

  • भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको जिम्मा लगाइयो

    भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको जिम्मा लगाइयो

    काठमाडौँ १४ कात्तिक
    भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर आज परिवारको जिम्मा लगाइएको छ ।

    मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

    मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र विहार पुगेका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा किन इन्डिया नामक संस्थाले उद्धार गरेर सबै प्रक्रिया पुरा गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाउने काम भएको हो ।

    उद्धार गरिएका बालबालिकाहरूमा मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ वर्ष देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोले जानकारी दिए ।

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल कार्तिक १४ गते । शुक्रबार । ईश्वी सन् २०२५ अक्टोबर ३१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–दशमी, ५४ घडी २७ पला, रातको ४ बजेर १ मिनेट उप्रान्त एकादशी । नक्षत्र–धनिष्ठा, २१ घडी ४२ पला, दिउसो २ बजेर ५५ मिनेट उप्रान्त शतभिषा । योग–वृद्धि, ४९ घडी ७ पला, रातको १ बजेर ५३ मिनेट उप्रान्त ध्रुव । करण–तैतिल, बेलुकी ४ बजेर २४ मिनेट उप्रान्त गर, रातको ४ बजेर १ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १८ मिनेट । दिनमान २७ घडी ४१ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रगति गर्न सकिने तथा अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । । प्रेमील जोडीहरूका लागी यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । औद्योगिक क्षेत्रमा मन्दीको सामान गर्नुपर्ने हुन सक्छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । कृषि तथा पशुपालनमा गरिएको समय फलदायी हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट न्यून मात्रामा आम्दानी हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र, मनपर्ने तथा बिलासी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाह रुपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । तर पनि अनुसन्धानकर्ताको लागी समय उत्तम रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । तर पनि औद्योगिक क्षेत्रमा मन्दीको सामना गर्नुपर्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गर्नुहोला ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार व्यवसायमा मन्दी आउन सक्छ । मौसमको प्रतिकुलताले व्यापार तथा औद्योगिक क्षेत्रमा असर पर्न सक्छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ । तर पनि मौसमको प्रतिकुलताले कृषि तथा औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव पर्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामान्य काममा अल्झने समय रहेको छ । अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न आग्रह

    तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न आग्रह

    काठमाडौँ, १३ कात्तिकः   
    प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ ।

    काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका यथेष्ट आधार प्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट सम्प्रेषण गरी अतिरञ्जित गर्ने कार्य पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको जनाउँदै हुँदा त्यस्ता कार्य नगर्न/नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैमा आग्रह गर्नुभएको हो ।

    काउन्सिलले भनेको छ, “पत्रकारिताका मूल्यमान्यताविपरीत गैरपेसागत आचारण गर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना÷अफवाह भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न नगराउन काउन्सिल आग्रह गर्दछ ।”

    काउन्सिलले मिडियामा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानललगायतका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरीपरेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भुलसुधार निर्देशन एवं सचेत गराइने र त्यसोगर्दा पनि भुल सुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने बेहोरासमेत जनाएको छ ।

    काउन्सिलले सञ्चारमाध्यम र सञ्चारमाध्यमका सामाजिक सन्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी÷जनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको  प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

    वर्तमान अवस्थामा कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएका सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’ का रूपमा तोकी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको काउन्सिलले जनाएको छ ।
    –––

  • चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

    चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

    चितवन,कात्तिक १३
    चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि आक्रमण भएको छ ।

    काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका हुन् ।

    भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले आज आक्रमण गरेका हुन् ।

    सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ ।

  • नेपाल युएईसँग पराजित

    नेपाल युएईसँग पराजित

    काठमाडौँ, १३ कात्तिकः
    आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ ।

    दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।

    युएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए । त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ तथा करण केसीले १३ रन बनाए ।

    युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक÷एक विकेट लिए ।

    जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

    यस हारसँगै १८ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । त्यस्तै यस जितसँगै युएई समान खेलबाट आठ अङ्कका साथ अन्तिम स्थानमा छ ।

  • सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

    सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

    काठमाडौँ, १३ कात्तिकः 
    सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताउनुभयो ।

    “रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ”, मन्त्री खरेलले भन्नुभयो ।
    साथै सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    साथै आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।