Blog

  • कालिज पालेर मासिक एक लाख बढी आम्दानी

    कालिज पालेर मासिक एक लाख बढी आम्दानी

    चितवन, माघ १३-
    संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

    गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले कालीजपालन सुरु गर्नुभएको थियो । रु १३ लाख लागतमा उहाँले सो व्यवसाथ सुरु गर्नुभएको थियो ।

    सुरुमा प्रतिगोटा रु दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गर्नुभएका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्नुहुन्छ । एउटा चल्ला रु २०० मा बिक्री हुने गरेको छभने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

    पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उहाँको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।

    चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान–बेलुका कालिजलाई खाना दिनुहुन्छ भने दिउँसो अन्य काममा लाग्नुहुन्छ । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

    सापकोटाले भन्नुभयो, “साउदीमा जति कमाई गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ, र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।” रासस

  • ‘हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

    ‘हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

    जुम्ला, माघ १३-
    शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ ।

    भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिनुभयो ।

    हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । रासस

  • कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

    कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

    घोराही (दाङ), माघ १३-
    घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उहाँको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उहाँ बताउनुहुन्छ ।

    “स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ”, उहाँले भन्नुभयोे, “यो सीप सिकेपछि मैले आफै यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।” बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उहाँ बताउनुहुन्छ ।

    आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आउनुभएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाउनुभएको छ । अहिले पनि ६० बढी फार्ममा भाले रहेको उहाँ बताउनुहुन्छ । एउटा भालेलाई रु तीन हजार बढी पर्ने उहाँको भनाइ छ । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।

    उहाँले यो व्यवसायबाट वार्षिक रूपमा रु चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताउनुभयो । उहाँले साना भाले किनेर पाल्नुहुन्छ । यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्दै आउनुभएको छ । यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गर्दै आउनुभएको छ ।

    खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उहाँ बताउनुहुन्छ । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आउनुभएका जानकीलाई श्रीमान्को पनि सहयोग मिलेको छ ।

    बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ । उहाँले भन्नुभयो, “सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन ।” किसान चौधरीले सहज रूपमा बिक्री गर्दै आइरहनुभएको छ । अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको उहाँको भनाइ छ ।

    “साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ”, उहाँले भन्नुभयोे, “यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन ।” उहाँले उत्पादन गरेको बधियो भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।

    जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ । रासस

  • मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल

    मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल

    चितवन –
    नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफ्नो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जित भएको अनुभव गराएको बताईन् ।

    मिना खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा शहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै आएकि छन् ।

    महिलामाथि हुने अन्याय, हिंसा, अत्याचार तथा विभेदका घटनामा साथ दिँदै अनाथ तथा टुहुरा बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी खरेलको यही सामाजिक योगदानको पृष्ठभूमिबाट उनी अहिले राजनीतिमा अग्रसर भएकि छन् ।

    खरेलले बाल्यकालदेखि नै राजनीतिलाई बुझ्दै सामाजिक कार्यलाई आफ्नो जीवनको निरन्तर यात्राका रूपमा अगाडि बढाएको भन्दै पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर निर्वाचनका लागि टिकट दिएकोमा आभार व्यक्त गरिन् ।

    उनले यो उम्मेदवारी व्यक्तिगत नभई समग्र चितवन क्षेत्र नम्बर–२ का महिलाहरूको प्रतिनिधित्व गर्ने उम्मेदवारी भएको उल्लेख गरेकि छ्न् ।

    खरेलले क्षेत्र नम्बर–२ का महिलाहरू, पार्टीमा आबद्ध महिला कार्यकर्ताहरू तथा स्वतन्त्र रूपमा क्रियाशील महिलाहरूको समर्थनले आफूलाई जीतको अनुभूति गराएको बताइन् ।

    विजयी भएर सरकारमा पुगेपछि महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

    विजयपछि चितवन–२ को पहिचानलाई राष्ट्रिय स्तरमा मजबुत बनाउँदै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वाससमेत खरेलले व्यक्त गरिन् ।

    महिलाहरूको ठूलो उपस्थिति र उत्साह देखेर आफू गौरवित भएको बताउँदै उनले रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल समेत गरेकी छ्न् ।उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल चितवन – नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफ्नो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जित भएको अनुभव गराएको बताईन् । मिना खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा शहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै आएकि छन् । महिलामाथि हुने अन्याय, हिंसा, अत्याचार तथा विभेदका घटनामा साथ दिँदै अनाथ तथा टुहुरा बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी खरेलको यही सामाजिक योगदानको पृष्ठभूमिबाट उनी अहिले राजनीतिमा अग्रसर भएकि छन् । खरेलले बाल्यकालदेखि नै राजनीतिलाई बुझ्दै सामाजिक कार्यलाई आफ्नो जीवनको निरन्तर यात्राका रूपमा अगाडि बढाएको भन्दै पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर निर्वाचनका लागि टिकट दिएकोमा आभार व्यक्त गरिन् । उनले यो मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल चितवन – नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफ्नो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जित भएको अनुभव गराएको बताईन् । मिना खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा शहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै आएकि छन् । महिलामाथि हुने अन्याय, हिंसा, अत्याचार तथा विभेदका घटनामा साथ दिँदै अनाथ तथा टुहुरा बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी खरेलको यही सामाजिक योगदानको पृष्ठभूमिबाट उनी अहिले राजनीतिमा अग्रसर भएकि छन् । खरेलले बाल्यकालदेखि नै राजनीतिलाई बुझ्दै सामाजिक कार्यलाई आफ्नो जीवनको निरन्तर यात्राका रूपमा अगाडि बढाएको भन्दै पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर निर्वाचनका लागि टिकट दिएकोमा आभार व्यक्त गरिन् । उनले यो उम्मेदवारी व्यक्तिगत नभई समग्र चितवन क्षेत्र नम्बर–२ का महिलाहरूको प्रतिनिधित्व गर्ने उम्मेदवारी भएको उल्लेख गरेकि छ्न् । खरेलले क्षेत्र नम्बर–२ का महिलाहरू, पार्टीमा आबद्ध महिला कार्यकर्ताहरू तथा स्वतन्त्र रूपमा क्रियाशील महिलाहरूको समर्थनले आफूलाई जीतको अनुभूति गराएको बताइन् । विजयी भएर सरकारमा पुगेपछि महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। विजयपछि चितवन–२ को पहिचानलाई राष्ट्रिय स्तरमा मजबुत बनाउँदै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वास मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल चितवन – नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफ्नो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जित भएको अनुभव गराएको बताईन् । मिना खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा शहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै आएकि छन् । महिलामाथि हुने अन्याय, हिंसा, अत्याचार तथा विभेदका घटनामा साथ दिँदै अनाथ तथा टुहुरा बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी खरेलको यही सामाजिक योगदानको पृष्ठभूमिबाट उनी अहिले राजनीतिमा अग्रसर भएकि छन् । खरेलले बाल्यकालदेखि नै राजनीतिलाई बुझ्दै सामाजिक कार्यलाई आफ्नो जीवनको निरन्तर यात्राका रूपमा अगाडि बढाएको भन्दै पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर निर्वाचनका लागि टिकट दिएकोमा आभार व्यक्त गरिन् । उनले यो उम्मेदवारी व्यक्तिगत नभई समग्र चितवन क्षेत्र नम्बर–२ का महिलाहरूको प्रतिनिधित्व गर्ने उम्मेदवारी भएको उल्लेख गरेकि छ्न् । खरेलले क्षेत्र नम्बर–२ का महिलाहरू, पार्टीमा आबद्ध महिला कार्यकर्ताहरू तथा स्वतन्त्र रूपमा क्रियाशील महिलाहरूको समर्थनले आफूलाई जीतको अनुभूति गराएको बताइन् । विजयी भएर सरकारमा पुगेपछि महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। विजयपछि चितवन–२ को पहिचानलाई राष्ट्रिय स्तरमा मजबुत बनाउँदै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वाससमेत खरेलले व्यक्त गरिन् । महिलाहरूको ठूलो उपस्थिति र उत्साह देखेर आफू गौरवित भएको बताउँदै उनले रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल समेत गरेकी छ्न् । समेत खरेलले व्यक्त गरिन् । महिलाहरूको ठूलो उपस्थिति र उत्साह देखेर आफू गौरवित भएको बताउँदै उनले रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल समेत गरेकी छ्न् । उम्मेदवारी व्यक्तिगत नभई समग्र चितवन क्षेत्र नम्बर–२ का महिलाहरूको प्रतिनिधित्व गर्ने उम्मेदवारी भएको उल्लेख गरेकि छ्न् । खरेलले क्षेत्र नम्बर–२ का महिलाहरू, पार्टीमा आबद्ध महिला कार्यकर्ताहरू तथा स्वतन्त्र रूपमा क्रियाशील महिलाहरूको समर्थनले आफूलाई जीतको अनुभूति गराएको बताइन् । विजयी भएर सरकारमा पुगेपछि महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरू संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। विजयपछि चितवन–२ को पहिचानलाई राष्ट्रिय स्तरमा मजबुत बनाउँदै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वाससमेत खरेलले व्यक्त गरिन् । महिलाहरूको ठूलो उपस्थिति र उत्साह देखेर आफू गौरवित भएको बताउँदै उनले रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल समेत गरेकी छ्न् ।

  • ओखलढुङ्गामा राई दम्पतीको हत्या

    ओखलढुङ्गामा राई दम्पतीको हत्या

    ओखलढुङ्गा, माघ १३-
    यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो ।

    पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो । उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।”

    गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल ९कार्की० को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।रासस

  • सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी, कति पुग्यो तोलाको ?

    सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी, कति पुग्यो तोलाको ?

    १३ माघ, काठमाडौं ।
    मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।

    हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।

    त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार भने चाँदीको भाउ प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

  • फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ

    फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ

    पर्वत, माघ १३-
    पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँसराइ सरेका छन् । आर्थिक वर्ष विसं २०८१र ८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन् । नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताउनुभयो । उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ ।

    फलेवास –११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइँसराइ वडा नंं ५ खानीगाउँबाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाका लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नं १ कार्कीनेटामा दुई जना बसाइँ आएका छन्भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै गरी वडा नं २ थापाठामा आठ जना बसाइँसरी आएका छन् भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै वडा नं ३ शङ्करपोखरीमा तीन जना बसाइँसराइ गरी आएका छन्भने ४८ जना बसाइँसराइ गरी गएको नगरपालिकाका तथ्याङ्क रहेको छ ।

    फलेवास –४ मुडिकुवाबाट बसाइँसराइ जानेको सङ्ख्या २९ छ । फलेवास –५ खानीगाउँमा यसरी जानेको सङ्ख्या २९ रहेको छभने फलेवास –६ देवीस्थानमा १७ जना बसाइँसरी आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो । उक्त वडाबाट ५३ जना बसाइँसरी गएका छन् । फलेवास –७ लिमीठानामा १८ जना बसाइँसराइ गरी आएका छन् भने ४९ जना गएका छन् । फलेवास –८ ठानमौलामा ३३ जना बसाइँसराइ गरी गएका छन् । फलेवास –९ भङ्गरामा दुई जना बसाइँ आएका छन्भने ५२ जना बसाइँसराइ गएका छन् । त्यसैगरी, फलेवास –१० कुर्घामा चार जना बसाइँसराइ गरी आएका छन् भने ५० जना बसाइँ सरेर अन्यत्र गएका छन् । फलेवास –११ पाङ्गराङमा सात जना बसाइँसराइ आएका छन्भने ७१ जना बसाइँसराइ गरी गएका छन् ।

    नगरका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार यो वर्षमात्र एक सय ५३ घरपरिवार नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएर सरेको जानकारी दिनुभयो । उहाँका अनुसार बसाइँसरेर पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत स्थानमा जाने गरेका छन् ।

    बसाइँसराइ दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उहाँको दाबी छ । चौबीस हजार ६७८ जनसङ्ख्या भएको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको शर्माको भनाइ छ । सदरमुकामपछिको दोस्रो नगरपालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ ।

    गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका काम धमाधम बढ्दै गए पनि बस्ती रित्तिँदै जानु दुःखद् पक्ष भएको स्थानीयवासी विकास लम्सालले बताउनुभयो । उहाँले स्थानीय सरकारले रोजगारीको सृजना र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । रासस

  • माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन, माघ १३-
    चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
    माडी नगरपालिका-१ मरड खोला छेउमा सोमबार दिउँसो गैंडाले आक्रमण गर्दा माडी-१ कल्याणपुरका २२ वर्षका अशोक भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गयराती चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका भट्टराईलाई सुरुमा भरतपुर अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाइ चितवन मेडिकल कलेज लगिएको थियो ।
    माडीमै अर्का एक व्यक्ति पनि घाँस दाउरा लिन जङ्गल जादा बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

  • कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

    कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

    भरतपुर माघ १२
    आरम्भ कलेजको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

    प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११ मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार यस प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता गराउने लक्ष्य राखिएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्।

    आयोजकले प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघ (Nepal Basketball Association – NeBA) का आधिकारिक नियमअनुसार सञ्चालन गरिने जानकारी दिएको छ। निष्पक्ष र व्यवस्थित खेल सुनिश्चित गर्न अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोलीको व्यवस्थापन गरिएको छ।

    प्रतियोगितालाई थप आकर्षक बनाउन आकर्षक पुरस्कार राशि को व्यवस्था गरिएको छ।
    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १५,००० तथा
    दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु. १०,००० पुरस्कार प्रदान गरिनेछ।
    त्यसैगरी व्यक्तिगत उत्कृष्ट प्रदर्शनका आधारमा Most Valuable Player (MVP) र Highest Scorer लाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। सहभागी सबै टिम तथा विजेता टिमलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ।

    प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा सदस्यहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै प्रतियोगिताका नियम, खेल तालिका, अनुशासन र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

    आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ माघ १२
    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागि बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

    साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ छ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।