Blog

  • पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने : महासचिव पोखरेल

    पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने : महासचिव पोखरेल

    काठमाडौँ, २६ कात्तिकः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताउनुभएको छ ।

    ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्र्दशमा आयोजित भेटघाट कार्यक्रममा उहाँले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताउनुभएको हो ।

    महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताउनुभयो । “कसलाई काँहा र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर महाधिवेशन अगाडि नै टुङ्गो लगाइने छ,” उहाँले भन्नुभयो, “विगतको जिम्मेवारी हेरेर कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे छलफल गछौँ ।”

    पार्टीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि, महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिमा जिम्मेवारी दिने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

  • जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल

    जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल

    काठमाडौँ, २६ कात्तिकः 
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।

    नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उहाँले आसन्न महाविशेन र निर्वाचनमा

    “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन ग¥र्यो”, संयोजक दाहालले भन्नुभयो, “जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिधित्व गराउछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउछौँ ।”

    कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगमी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो । क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरणको क्रम सुरु भएको जानकारी दिँदै उहाँले आगामी दिनमा इमान्दार वामपन्थी नेता कार्यकर्ता नेकपामा समाहित हुने दाबी गर्नुभयो ।

  • काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट

    काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट

    कात्तिक २६, काठमाडौं–
    काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा बुधबार आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो ।

    नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’

    उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण भइरहेको जानकारी दिए ।

    भवन उद्घाटन अवसरमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. ९ का अध्यक्ष एवं कृषि पशुपन्छी तथा सहकारी समितिका संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडावासीका लागि गर्व योग्य काम भएको उल्लेख गरे ।

    सेतो रङ्गको भवनलाई बिम्बका रूपमा प्रयोग गर्दै उनीहरूले, भवनको रङ्गजस्तै सेवा पनि थप पारदर्शी र जबाफदेही हुँदै जाने बताए ।

    २०८० मंसिर २८ गते बिहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको थियो ।

    भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको थियो ।

    इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा भवन निर्माण भएको हो । ४ तलाको भवन बागदरबारकै शैली र उचाइमा निर्माण भएको छ । भवनको भित्री सुविधा आधुनिक छ । भवनको भुईँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको छ । यस तलाबाट सेवा प्रवाह हुनेछ ।

    पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष राखिएको छ । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष छ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष सञ्चालन गरिनेछ । यही तलामा ५० जना अट्ने सभा कक्ष छ ।

    वडा सचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र बबरमहलबाट नै सञ्चालन हुनेछ ।

  • नेकपा विभाजन सम्झँदै भीम रावलले भने- आलो घाउमा मल्हम लगाएजस्तो भयो

    नेकपा विभाजन सम्झँदै भीम रावलले भने- आलो घाउमा मल्हम लगाएजस्तो भयो

    २६ कात्तिक, काठमाडौं ।
    नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरेका छन् ।

    नेपाली कम्युनिस्ट पार्टीसँग आफू नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ सँग एकतापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएकोजस्तो महसुस भएको जिकिर गरे ।

    ‘आज यो सभाकक्षको यस ठाउँमा उपस्थित भइरहँदा जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिस्ट आन्दोलनलाई विशिष्टकृत गरेर आफ्नो निहीत स्वार्थ पूरा गर्नेहरूबाट विभाजन गरिएर गरम मन लिएर यही ठाउँबाट छुट्टिएर गइएको थियो,’ रावलले भने, ‘फर्किएर आज नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत आज यहाँ बसिरहनुभएका नेताहरू र यहाँ बीचमा उभिएर यो कुरा राख्न पाउँदा त्यो विछोडको दिनको आलो घाउमा मल्हम लगाएको जस्तो महसुस भएको छ ।’

    उनले अहिले आफ्नो देश विकट अवस्थामा भएको र राष्ट्रिय स्वाधीनताको लडाईं सशक्त रुपमा लड्नपर्ने बताए ।

    ‘हाम्रो देश अन्त्यन्त विकट अवस्थामा छ । स्वाधिनताका लडाईं हामीले अझै सशक्त रुपमा लड्नुपर्नेछ । जे होस् हामीले एउटा बलियो शक्ति निर्माण गरेर राजनीतिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने संकल्पका साथ चाहे अस्ति भर्खरै १० दलको एकताको प्रसंग होस्,’ रावलले भने, ‘या अहिले भर्खरै यादवजी र म नेपाली कम्युनिस्ट पार्टीमा अघि बढेको कुरा होस् । यो अत्यन्त हाम्रो लागि सुखद छ । आउने दिनमा सशक्त, भावनात्मक संकल्पका साथ अघि बढ्नेछौं भन्ने मेरो विश्वास छ ।’

    रावलले पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत एकता पत्रमा हस्ताक्षर गरिसकेका छन् । आजै एक सभामार्फत नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा हुँदैछ ।

  • नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छः मुख्यमन्त्री कँडेल

    नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छः मुख्यमन्त्री कँडेल

    कर्णाली, कात्तिक २६-
    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माण तथा सेवा प्रवाहमा तीनै तहका सरकारहरूको सहकार्य र समन्वयको अभावले नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभयो ।

    दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, “भूगोल सबैको एउटै हो । त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुन सकेमात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् । अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्छ ।”

    आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहारमा पछिल्लो समय सुधार भएको उहाँको भनाइ थियो । दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थन पाउनेगरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    मुख्यमन्त्री कँडेलले भन्नुभयो, “जनताको विश्वास जित्ने गरी काम गर्न सकेमात्र राजनीति बलियो हुन्छ । हामी आफ्नो आम्दानी बढाउने गरी गच्छेअनुसारको सरकार चलाउने व्यवस्थामा छौँ ।”

    प्रदेश र स्थानीय दुवै सरकारको विकास र जनसेवा गर्ने उद्देश्य भएकाले प्रतिस्पर्धा होइन नभई सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । दुईदिने अन्तक्र्रियामा दश जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुखरउपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्षरउपाध्यक्षसहित कर्णाली सरकारका प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो । रासस

  • वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

    वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

    चितवन, कात्तिक २६ –
    वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।

    पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ । पुलको पहुँच सडकको काम सुरु गरिएको छ । चार वटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ ।

    उहाँका अनुसार दुई÷तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी गरिएको छ । सो खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ ।

    दरैका अनुसार अन्तिम तयारीमा पुगेको ठाउँमा कालोपत्र गर्न लागिएको हो । यससँगै अन्य ठाउँमा कालोपत्रका लागि तयारीको काम गरिने छ । उक्त सडकखण्डमा पर्ने अन्य दुई पुलमध्ये चरौदी खोलको पुलको एउटा फाउण्डेसन हालिएको छ । अर्कोतर्फको गरिँदै छ भने हुग्दी खोलाको पुलको दुवै फाउण्डेसन तयार भइसकेको छ ।

    दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताउनुभयो । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उहाँको भनाइ छ ।

    शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ ।

    यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । रासस

  • होटल पौवाको नयाँ शाखा भरतपुरमा, तीन दिनसम्म नेपाली खाना प्रदर्शनी गरिने

    होटल पौवाको नयाँ शाखा भरतपुरमा, तीन दिनसम्म नेपाली खाना प्रदर्शनी गरिने

    काठमाडौं, कात्तिक २६-
    ‘जहाँबाट आतिथ्यको सुरूआत हुन्छ’ भन्ने मूल मन्त्रसहित होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा सञ्चालनमा ल्याएको छ।

    नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म नेपाली खाना प्रवर्धन कार्यक्रम आयोजना हुने पौवाले जनाएको छ। जसमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफ्ना परिकार प्रदर्शन गर्ने छन्।

    होटल पौवाको ब्रान्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवर्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ।

    पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणकाबीच पनि हस्पिटालिटी व्यवसायलाई देशभर विस्तार गरिरहेको बताए।

    उनका अनुसार पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिसनको केन्द्रमा राखेको छ।

    उपाध्यक्ष ध्रुवराज न्यौपानेले ‘मिसन एक सय पौवा होटल’ अभियानमार्फत नेपाली स्वादलाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य लिएको बताए।

    उनका अनुसार चितवन शाखामा लक्जरी कोठा, विवाह तथा कर्पोरेट कार्यक्रमका हल, गार्डेन र रेस्टुरेन्टसहितका सुविधा उपलब्ध छन्।

    रुपन्देहीको सालझण्डीबाट सुरू भएको पौवाको यात्रा अहिले १६ शाखासम्म पुगेको छ।

    होटल पौवाले देशभर एक हजार भन्दा बढी रोजगारी सिर्जना गर्दै हस्पिटालिटी क्षेत्रमा नेपाली स्वाद र सत्कारको नयाँ परिभाषा स्थापित गरेको जनाएको छ। होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन्।

     

  • नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमतीको प्रमुखमा रेग्मी, चितवन अध्यक्षमा लक्ष्मण

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमतीको प्रमुखमा रेग्मी, चितवन अध्यक्षमा लक्ष्मण

    चितवन, कार्तिक २५

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमती प्रदेशको प्रमुखमा चितवनका सीए सन्तोष रेग्मी निर्वाचित भएका छन् ।

    संघको ३६औं कार्यसमिति निर्वाचनबाट रेग्मी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् ।

    यस्तै प्रदेश समितिको सचिवमा विशाल भट्टराई र कोषाध्यक्षमा अंकित अर्याल निर्वाचित भएका छन् । सदस्यमा सुस्मिता पाण्डे चयन भएकी छन् ।

    यसैगरि संघको चितवन जिल्ला कार्यसमिति पनि चयन गरिएको छ । चितवन जिल्ला अध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा सुमित कँडेल, सचिवमा अनुप अर्याल र कोषाध्यक्षमा कमल सुवेदी चयन भएका छन् । सदस्यहरुमा रोशन खड्का, अजय पाण्डे र कविता चौधरी चयन हुनु भएको छ ।

  • धरहरा बनाएको जस लिनेले गोली हानेको अपजसको भागीदारी पनि सहनुपर्छ : सुरेन्द्र पाण्डे

    धरहरा बनाएको जस लिनेले गोली हानेको अपजसको भागीदारी पनि सहनुपर्छ : सुरेन्द्र पाण्डे

    कात्तिक २६, भरतपुर–
    जेजनी पुस्ताको आन्दोलनका क्रममा भदौ २३ गते गोली चलाएर २२ जनाको हत्यामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार दोषी रहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठोकुवा गरेका छन्।

    बुधबार चितवनमा पत्रकारसँगको कुराकानीका क्रममा उनले धरहरा बनाएको जस लिनेले गोली हानेको अपजसको भागीदारी पनि सहनुपर्ने बताएका हुन्।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलाएको थाहा छैन’ भन्नु गलत रहेको बताएका पाण्डेले भने,‘धरहराचाहिँ ओली सरकारले बनायो भन्ने अनि गोली चलाएकोचाहिँ नैतिक जिम्मा नलिने भन्ने हुन्न।’

    २३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै पाण्डेले भदौ २४ गतेको घटना पनि अक्षम्य रहेको बताए।

    देशमा कानूनी शासन स्थापित गर्न पनि दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु नहुने पाण्डेको भनाइ छ।

    जेन–जी आन्दोलन एमालेको भलीभाँति कमजोरीको उपज भएको दाबी गरेका छन्। पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु कमजोरी रहेको उनले बताए।

  • निर्वाचन तयारीः थपिँदै नयाँ मतदाता र राजनीतिक दल

    निर्वाचन तयारीः थपिँदै नयाँ मतदाता र राजनीतिक दल

    काठमाडौँ, कात्तिक २६-
    आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ ।

    निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् ।

    आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मङ्गलबारसम्ममा दुई लाख नौ हजार पाँच सय २२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    यही कात्तिक २५ गतेसम्ममा एक लाख २२ हजार सात सय ४० पुरूष, ८६ हजार सात सय ८५ महिला र अन्य २७ गरी दुई लाख नौ हजार पाँच सय २२ जना नयाँ मतदाता थपिएका हुन् । कात्तिक २५ गते मात्रै १३ हजार ६६ पुरूष, १० हजार पाँच सय ६७ महिला र अन्य पाँच गरी २३ हजार छ सय ३८ नयाँ मतदाता भएका छन् ।

    आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली सङ्कलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा युस्तालाई आह्वान गर्दै आउनुभएको छ ।

    नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण ९बायोम्याट्रिक० दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन ९पूर्वदर्ता० पनि गराउन सकिन्छ ।

    अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । आयोगले हाल नामावली सङ्कलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ । निर्वाचनपछि पुनः नामावली सङ्कलन हुने भएकाले आशन्न निर्वाचनमा भाग लिन नपाउनेहरूले अहिले नामावली सङ्कलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो ।

    आयोगले नाम दर्ता स्थलहरूमा देखिएकोे अधिक चापलाई व्यवस्थापन गर्न र सहजरूपमा सेवा प्रवाह गर्नका लागि दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा छरछ घन्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घन्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । यसका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिललाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाइ सेवा प्रवाहको व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । अन्य जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा जनशक्ति खटउने गरी आयोगले नेपाल सरकार, गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ । गत कात्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई मताधिकार प्रयोग गर्न पाउनेहरूको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेको थियो । नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । नामावली सङ्कलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबीविरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ ।

    दल दर्ताको सङ्ख्या एक सय २५ पुग्यो

    आयोगमा हालसम्म राजनीतिक दल दर्ताको सङ्ख्या एक सय २५ पुगेको छ । । निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी रहेको छ । पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।

    नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र दुईरदुई प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्छ ।

    निर्वाचन प्रयोजनका लागि अलग्गै दर्ता हुनुपर्ने

    निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले निर्वाचनमा भाग लिने भएमा पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ । आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालकाअनुसार यही कात्तिक २८ गते निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना प्रकाशन गर्नेछ । सोका लागि आयोगले आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय दिनेछ । यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउनेछन् ।

    प्रधानमन्त्री र आयोगबीच छलफल हुँदै

    यसैबीच निर्वाचनको समग्र तयारी, आयोग र सरकारको समन्वयका विषयमा आज प्रधानमन्त्री कार्की र आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुँदैछ । सरकारले विदेशमा रहेका मतदातालाई कसरी मतदानको अधिकार दिलाउन सकिन्छ र त्यसका लागि कस्तो कानुनी र प्राविधिक सम्भावनाका विषयमा आयोगसँग परामर्श गर्दै आएको छ । निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबीच यसअघि गत असोज ७ गते छलफल भएको थियो । रासस