Blog

  • कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

    वि.सं.२०८२ साल कार्तिक ३० गते । आइतबार । इस्वी सन् २०२५ नोभेम्बर १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–द्वादशी, ५७ घडी ५० पला, रातको ५ बजेर ३४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–हस्त, ५३ घडी ५० पला, रातको ३ बजेर ५८ मिनेट उप्रान्त चित्रा । योग–विष्कुम्भ, ८ घडी ५३ पला, बिहान १० बजेर ० मिनेट उप्रान्त प्रिती । करण–कौलव, बेलुकी ४ बजेर ५८ मिनेट उप्रान्त तैतिल, रातको ५ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ४८ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछ । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । तर पनि खानपान तथा यात्रा गर्दा ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा मौसम तथा समयले साथ दिनेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तर पनि उपभोग्य वस्तु तथा होटल रेष्टुरेन्टको व्यवसायबाट नाफा कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । बोलीको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको काम देखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बीच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामको सवालमा विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार वा शेयर बजारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाह रुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागी आजको दिन फलदायी रहनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • चितवनमा एमालेले गरेको जन प्रदर्शन (फोटोफिचर)

    चितवनमा एमालेले गरेको जन प्रदर्शन (फोटोफिचर)

    चितवन, कार्तिक २९ –
    आज नेकपा (एमाले) चितवनले जन सभा गरेको छ । जन सभा अघि सडकमा र्याली निकालेर जन प्रदर्शन गरिएको थियो ।
    नारायणगढको लायन्सचोकबाट प्रदर्शन सुरु गरी सहिद चोक, मिलन रोड, लिला चोक हुँदै पोखरा बसपार्क पुगेर र्याली कोण सभामा परिणत भएको छ । हेरौं र्यालीका तस्विरहरु ।

  • नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

    नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

    नवलपरासी, २९ कात्तिकः
    पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।

    नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताउनुभयो ।

    “दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो”, उहाँले भन्नुभयो, “रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।” दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उहाँले बताउनुभयो ।

    कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताउनुभयो । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ ।

    “दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ ।” यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणघाट–बुटवल खण्डको ११४ किमीमध्ये पूर्वी खण्डमा ६५ किमी र पश्चिम खण्डमा ४९ किमी पर्दछ ।

    सडक विस्तारका क्रममा यस खण्डको १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ ।

  • आज देशका ७७ जिल्लामा एमालेको सभा सम्पन्न

    आज देशका ७७ जिल्लामा एमालेको सभा सम्पन्न

    काठमाडौँ, २९ कात्तिकः 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ ।

    पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताउनुभयो । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

    उहाँका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुभएको छ । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गर्नुभएको छ ।

    एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उहाँले बताउनुभयो ।

    यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला  सम्पन्न गरिसकेको छ ।

  • दोस्रो संस्करणको एनपिएलको तयारी पूरा

    दोस्रो संस्करणको एनपिएलको तयारी पूरा

    काठमाडौँ, २९ कात्तिकः 
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

    त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।

    एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

  • आजदेखि हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

    आजदेखि हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

    काठमाडौँ, कात्तिक २९-
    हङकङ सरकारले आज नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ । त्यहाँको सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो ।

    यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्र रहने सर्तमा ट्रान्जिट भिसा नचाहिने भएको हो । नेपाली महावाणिज्य दूतावास हङकङले निरन्तर कूटनीतिक पहलपछि यस्तो निर्णय भएको जनाएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।

    नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ । हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक विमानस्थल हो । रासस

  • गायिका ज्योतिको प्रश्न- गगन र योगेशले नयाँ पार्टी खोल्दा कस्तो होला ?

    गायिका ज्योतिको प्रश्न- गगन र योगेशले नयाँ पार्टी खोल्दा कस्तो होला ?

    काठमाडौँ, कात्तिक २९-
    नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा (एमाले) का सचिव योगेश भट्टराई मिलेर नयाँ पार्टी खोल्दा कस्तो होला भन्दै गायिका ज्योति मगरले प्रश्न गरेकी हुन् ।

    गायिका मगरलेसामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो प्रश्न गरेकी हुन् । उनले लेखेकी छिन्– ‘यी पढे लेखेका मूर्खहरू देशको चिन्ता भन्दा नि पार्टीको अध्यक्षतामा देउवा र ओली भएकोमा बढी चिन्ता गर्छन्।’

    उनले थापा, भट्टराई र नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री एक कार्यक्रममा आफूहरू तीनै जना एमसीसीवादी भएको भन्दै हाँसिरहेको प्रसङ्ग पनि उल्लेख गरेकी छन्।

    उनले यी नेताहरूलाई अवसरवादीको संज्ञा दिँदै थपेकी छिन्, ‘यी न कांग्रेसवादी न एमालेवादी न जनवादी न राजावादी यिनीहरू मलाइ औसरवादी लाग्छन्……छुचो मुख छ फेरि गाली खाइने हो…….’

  • काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

    काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

    काठमाडौँ, कात्तिक २९ –
    काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले राससलाई जानकारी दिनुभयो ।

    उहाँले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ ।

    उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ । रासस

  • आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल कार्तिक २९ गते । शनिबार । इस्वी सन् २०२५ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–एकादशी, ५५ घडी ६ पला, रातको ४ बजेर २८ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–उत्तरफाल्गुनी, ४९ घडी ५१ पला, रातको २ बजेर २२ मिनेट उप्रान्त हस्त । योग–वैधृती, १० घडी २३ पला, बिहान १० बजेर ३५ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव, बेलुकी ४ बजेर ६ मिनेट उप्रान्त बालव, रातको ४ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–सिंह ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ५१ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा अनलाइन व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ । परिवारका साथ घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । उपभोग्य वस्तु, बिलासी सामान तथा निर्माण सामाग्री सम्बन्धी कामबाट धन आर्जन गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरू प्राप्त हुनेछन् । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको सङ्केत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउँदै बढ्न सकिनेछ । वैदेशिक रोजगारीले आर्थिक अवस्था सुधार्न मद्दत गर्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने योग रहेको छ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैतृक धन तथा सम्पत्ति को प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । व्यापारमा लगानी हुनेहरूका लागी कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शुभचिन्तक तथा परिचित व्यक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबिच अझ विश्वास बढेर जानेछ । नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खाद्यान्न, निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

    साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

    काठमाडौँ, २८ कात्तिकः 
    हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छ्न् ।

    निर्वाचन आयोग नेपालका अनुसार मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात आयोगको असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यही कात्तिक ३० गतेसम्म कायम गरिएकोमा कात्तिक २७ गतेसम्म कूल दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुभएको छ ।

    आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि आयोगको आजको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको छ । थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

    भोलि शनिबार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले जततउस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउ मार्फत आवेदन गर्न सकिने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले सो दिन आवेदन गर्न नसकिने आयोगले जनाएको छ ।

    आयोगले पहिले नै आवेदन पेस गरिसकेका नागरिकहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य शनिबार सञ्चालन रहने व्यहोरा जानकारी गराएको छ ।

    सम्बन्धित कार्यालयसँग सम्पर्क गरी (शनिबारको दिनसमेत) जैविक विवरण दिने सेवा लिनु हुन सबै सेवाग्राहीलाई आयोगको अनुरोध छ । साथै आयोगले शनिबारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ््कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन हुन सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ ।