Blog

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः धुर्मसको ऋण तिर्न किन तयार छैन महानगर ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः धुर्मसको ऋण तिर्न किन तयार छैन महानगर ?

    चितवन, मंसिर ८-
    २०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा गरिएको थियो।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका तत्कालीन महामन्त्री शशांक कोइरालासहित उच्च पदस्थ व्यक्तिको विशेष उपस्थिति समेत थियो।

    जति उल्लासपूर्ण वातावरणमा घोषणा गरिए पनि सोचेजस्तो भएन। धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने भनेपनि बिचमै अलपत्र बन्न पुग्यो। धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक अभावका कारण काम गर्न नसकेपछि २०७८ पुस २ गते भरतपुर महानगरलाई स्वामित्व ग्रहण गर्न पत्र बुझायो।

    महानगरपालिकाले फिल्ड अध्ययन गरेपछि सोही बेला रंगशालाको आफ्नो स्वामित्वमा स्वीकार गर्‍यो। २०७८ माघ २० गते तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, लेखा अधिकृत जगन्नाथ अर्याल, कानुनी मामिला शाखा कृष्णप्रसाद सापकोटा र अधिवक्ता गोपीलाल देवकाटाले हस्ताक्षर गरेरै स्वामित्व ग्रहण गरेका छन्। सो समय रगशाला बनाउँदा लागेको ऋण अझै चुक्ता गर्न नसक्दा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस० र उनको परिवार यतिखेर तनावमा छ।

    ‘मेरो पाँच वर्षको जीवन त्यतिकै खेर गएको छ। कहिले मन्त्रालय त कहिले भरतपुर महानगरपालिका धाउँदा धाउँदै बित्दै गएको छ,’ भरतपुर महानगरपालिकाको परिसरमा थकित अवस्थामा भेटिएका धुर्मुशले भने ‘मन्त्रालयबाट बजेट विनियोजन भएपनि यहाँबाट निकाशा नहुँदा ऋण चुक्ता गर्न सकिएको छैन। ’ उनले अघिल्ला दुई साता काम सल्टाउन निरन्तर भरतपुर महानगरपालिका धाएका थिए। उनी हैरान भएपछि अब भरतपुर महानरपालिका कैहिल्यै नर्फने अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको काम २०७८ साउन २२ गतेदेखि रोकिएको थियो। त्यसपछि भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गरेपछि २०८१ साउन महिनादेखि काम अगाडि बढेको छ। बाँकी काम गर्ने जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीले पाएको छ। रंगशाला निर्माणको लागि दोस्रो पटक निकालिएको टेण्डरमा १२ कम्पनीले हालेका थिए। लो बिलिङको आधारमा बीबीआर छनोट भएको थियो। बीबीआरले ६८ करोड २ लाख ६४ हजार २ सय रुपैयाँ निर्माणको ठेक्का पाएको हो।

    धुर्मुस सुन्तली फाउन्डेसनले खडा गरेको संरचनामा संघ, प्रदेश र स्थानीय तहको बजेटमा रंगशाला निर्माणको काम धमाधम भएपनि त्यतिखेर निर्माण सामाग्री खरिद गर्दा लागेको ऋण चुक्ता गर्ने कानुनी बाटो अझै नदेखिएको भन्दै स्थानीय प्रशासन तर्किरहेको आरोप कट्टेको छ। ‘स्वामित्व ग्रहण गरेपछि ऋण पनि तिर्नुपर्ने हो,’ उनले स्थानीय प्रशासनलाई प्रश्न गर्दै भने ‘विद्युत महशुल तिर्न मिल्ने कानुनले केन्द्रबाट आएको बजेट दिन किन मिल्दैनरु’ भरतपुर महानगरपालिकाले २०८१ भदौ १९ गते बाँकी रहेको १० लाख ८९ हजार ९१३ रुपैयाँ विद्युत महशुल तिरेर मिटरबक्स आफ्नो नाममा नामसारी गरेको छ।

    महालेखा परीक्षकले वार्षिक प्रतिवेदनका अनुसार यो ४ अर्व ९८ करोड ८० लाख ३९ हजार रुपैयाँको परियोजना हो। महालेखा परीक्षकको निर्देशनमा सघन शहरी तथा भवन निर्माण आयोजना र वित्तीय प्रगती मुल्याकन गर्न एसोटिएसट्सले माघ २०७८ माघ १३ र २८ गते सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान गर्दा ६३ करोड २२ लाख ५ हजार रुपैयाँ खर्च भएको मुल्यांकन छ। यद्यपी धुर्मस सुन्तली फाउण्डेशनले ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको विवरण महानगरपालिकामा उल्लेख छ। त्यसमध्ये सरकारी निकाय संघ सस्था र देश विदेशमा रहेका नेपालीबाट संकलन भएको जिन्सी सामाग्री र नगद ३९ करोड ८० लाख ३९ हजार आम्दानी भएको महालेखाको तथ्यांकमा उल्लेख छ। बाँकी १८ करोड ४३ लाख ९२ हजार रुपैयाँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको विवरण महालेखाले बताएको छ।

    अलपत्र परेको रंगशाला महानगरपालकाले स्वामित्व ग्रहण गरेर निर्माण कार्य थालेपछि संघीय सरकारले ऋण चुक्ता गर्न दुई पटकसम्म बजेट विनियोजन गरेको छ। यद्यपि महानगरपालिकाका प्रशासकीय अधिकृतहरुले विगतमा सार्वजनिक खरिद ऐन अनुसार काम नभएको भन्दै रकम भुक्तानी गर्न सकेका छैनन। हामीले रकम भुक्तानीका लागि सकेसम्म पहल गरिरहेका छौँ प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने ‘केन्द्रबाट नै प्रचलित कानुन अनुसार रकम भुक्तानी गर्नु भनेर आएको रकम हामीले कसरी भुक्तानी गर्ने हामीले पनि कानुनी बाटो खोजिरहेका छौँ। ’केन्द्रबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई अनुदान रकम दिनु भनेर आएमा दिन सकिने बताए।

    धुर्मुसले पटक पटक मन्त्रालय धाएपछि २०७९ चैत्र १२ गतेको मन्त्रिपरिषद् बैठकले १२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउन खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यसपछि २०८० असार १२ गते मुल्यांकन गरी हालसम्म सिर्जित दायित्व भुक्तानी गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ शर्सत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसको एक सातापछि असार १९ गते अर्थमन्त्रालयले महानगरपालिकाको खातामा प्रचलित कानुन एवं स्वीकृत मापदण्ड बमोजिम विधिसम्मत रुपमा सिर्जित दायित्व नियमानुसार भुक्तानी गर्न भन्दै रकम पठायो। यत्ता महानगरपालिकाका तत्कालिन प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले साउन ११ गते बिल भुक्तानी तथा श्रेस्ता अध्ययन गर्दा भुक्तानी गर्न नसकिएको र बजेट फ्रिज भएको भन्दै संघीय तथा सामान्य मन्त्रालयलाई आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिदिन पत्र लेखेका थिए।

    फाउण्डेशनको रकम फिर्ता गर्न भरतपुर महानगरपालिकाको बोर्डले समेत निर्णय गरेको थियो। यस आर्थिक वर्षपनि सरकारले धुर्मुस सुन्तली फाउण्डेशनको रकम भुक्तानी गर्नभन्दै १५ करोड रुपैयाँ विनियोजन गरेको छ। सार्वजनिक खरिद ऐनको प्रचलित कानुन अनुसार भुक्तनी गर्नुभन्दै निर्देशन आएकाले सोही कानुनमा टेकेर भुक्तानी गर्न नसकिने दाबी प्रशासकीय अधिकृत पौडेलको छ।

    धुर्मुस सुन्तली फाउण्डेशनले साना ठुला गरेर १३६ वटा पाटनरलाई रकम भुक्तानी गर्न बाँकी छ। धुर्मुसका अनुसार एउटै व्यक्तिको ३ करोड ५६ लाख रुपैयाँसम्म रकम तिर्न बाँकी छ। इन्जिनियरिङ मुल्यांकनको आधारमा उनीहरुलाई १५ करोड ६७ लाख ७० हजार ९८६ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

    भरतपुर महानगरपालिका वडा नम्बर १५मा रहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्व एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको भोगचलनमा रहेको जग्गामा २०७५ असार १९ गते त्रिपक्षीय सम्झौता भएपछि काम अगाडि बढेको हो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काग्रेसका तत्कालिन महामन्त्री शशांक कोइराला र पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, तत्कालिन कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, धुर्मुस सुन्तली फाउण्डेशनका आर्थिक समिति संयोजक मदन शर्मा, उपाध्यक्ष कुञ्जना घिमिरे, प्राविधिक समिति संयोजक इन्जिनियर रेशम ढकाल, कानुनी सल्लाहाकार टिकाराम भट्टराई, भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरका कानुनी सल्लाहाकार अधिवक्ता गोपीलाल देवकोटाका सहित ११ जनाको रोहवरमा महानगरपालिका प्रमुख रेनु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। त्यतिखेर धुर्मुसलाई भरतपुरको चौविसकोठीबाट बाजागाजासहित सम्मान गरेर निर्माणधीन क्रिकेट रंगशालामा पु¥याइएको थियो।

    रंगशाला निर्माणका लागि चितवनमा महायज्ञ समेत सञ्चालन गरिएको थियो। सो समयमा विभिन्न ताताले ६९ करोड रुपैयाँ कबोल गरेका थिए। यद्यपि ९ करोड ४१ लाख रुपैयाँ मात्र संकलन भएको कट्टेलले बताए। फाउण्डेसनको तर्फबाट काम गर्दा ११ करोड ८४ लाख ९३ हजार रुपैयाँ सरकारी निकायको रकम लगानी भएको थियो।

    त्यतिखेर २० विघा ६ कठ्ठा क्षेत्रफलमा ३० हजार दर्शक अट्ने रंगशाला बनाउन लागिएको थियो। अहिले भने महानगरपालकाले रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३÷३ तल्लाको भिआइपी टावरलगायतका संरचनाहरू निर्माण गर्ने बताएको छ। यहाँ विगतमा ५ हजार जना अट्ने प्यारापिट बनिसकेको थियो।

    यो बेला धुर्मुस मानसिक तनावमा देखिन्छन्। सामाजिक सञ्जालहरुमा उनीविरुद्ध आउने गरेका अभिव्यक्ति र टिकाटिप्प्णीले विक्षिप्त बनेका धुर्मुस आफैं उपचार गराइरहेको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिन्छन्। भरतपुर महानगर केन्द्र सरकारले रकम दिएपनि निकासाका लागि उपयुक्त कानुनी आधार नभएकाले निकासा गर्न नसकेको बताइरहेको छ। धुर्मुस भने भरतपुर महानगरले अनाहकमा आफूलाई दुःख दिइरहेको तर्क गरिरहेका छन्।

  • पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

    पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

    ८ मंसिर, काठमाडौं ।
    पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ ।

    सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् ।

    बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

    पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।

  • हुलाकी सडक आठ वर्षदेखि अधुरै

    हुलाकी सडक आठ वर्षदेखि अधुरै

    महेन्द्रनगर, मङ्सिर ८ –
    तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् ।

    कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो । तीन वटा प्याकेजमा ठेक्का दिएर थालिएको निर्माण निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक/पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो ।

    कूल ६२ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन वटा प्याकेजमध्ये दोस्रो प्याकेजको करिब १२ किलोमिटर हुलाकी सडक कालोपत्रे हुन नसकेको बताउनुभयो ।

    “दोस्रो २२ किलोमिटरको प्याकेजमा एक हजार १०० मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन”, प्रमुख लामिछानेले भन्नुभयो, “२२ किलोमिटरको अन्तिम प्याकेज निर्माणको अन्तिम चरणमा छ ।”

    त्यसैगरी सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणसमेतका लागि गरेर चालु आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीसमेत रहेको धनगढी बजार आवागमनमा सहजता थपिएको छ ।

    “वर्षौंसम्म हिलो र थुलो खाएर यात्रा गर्नुपरेको थियो”, बेलौरीका शिक्षक केशव विष्टले भन्नुभयो, “अढाइ वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापर्वाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपरेको छ ।” रासस

  • काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला

    काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला

    सुर्खेत , मंसिर ८-
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् ।

    आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले जानकारी दिनु भयो ।

    उहाँका अनुसार जङ्गलको रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । मृतक युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ । उनीहरूको पहिचान भने खुल्न नसकेको शाहीले बताउनु भयो ।

    घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

  • घुम्नैपर्ने ठाउँ तनहुँको बर्येडाँडा

    घुम्नैपर्ने ठाउँ तनहुँको बर्येडाँडा

    तनहुँ, मङ्सिर ८ –
    कुनै समयमा मानिसहरु एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरु समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ । यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ ।

    निजी प्रयासमा शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पार्क निर्माण भएसँगै यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास हुँदै गएको छ । पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा पर्ने यस पार्कमा घुम्नका लागि मानिसहरु विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहाँ सुन्दर र शान्त वातावरणमा बस्न, खाना र घुम्ने व्यवस्था भएसँगै सबै उमेर उमेरका मानिसहरुको आकर्षण बढेको हो ।

    सहरको कोलाहलबाट मुक्ति पाउनका लागि राजमार्गबाट नजिक दूरीमा रहेको यस पार्क नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको व्यास नगरपालिकाका पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नजिकबाट नियाल्दा सुन्दर, शान्त, मनोरमका साथै धार्मिक र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको पार्कले सबैको मनमा आनन्दको अनुभूति दिलाउँछ ।”

    पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब २० रोपनी क्षेत्रफलमा आकर्षक पार्क र रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यहाँ निर्माण गरिएका पार्कको साथै उत्तरतर्फ रहेको हरियाली जङ्गल र कुम्लेखोलाको कलकल आवाजले परिवारसहित घुम्न जानेहरुका लागि एउटा उत्कृष्ट गन्तव्य बनेको नेपाल बार एसोसिएसन तनहुँका पूर्वअध्यक्ष अधिवक्ता भानुभक्त सुवेदीले बताउनुभयो ।

    यहाँ दैनिक ३०० देखि ४०० सम्म आन्तरिक पर्यटकहरु भ्रमणमा आउने गर्दछन् । यहाँको मनोरम दृश्यले आफूलाई आकर्षण गरेको पहिलोपटक घुम्न आउनुभएका व्यास नगरपालिका–१ भादगाउँ निवासी हरिप्रसाद भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “तीनखोले मन्दिरमा दर्शन गर्न आएको समयमा हेर्न भनेर यहाँ आएको हुँ, अर्को पटक एक दिन बास बस्नेगरी समय मिलाएर आउने योजना बनाएको छु ।”

    जिल्लाकै भिमाद नगरपालिकाबाट आउनुभएका राम बानियाँले पारिवारिक वातावरणमा घुम्नका लागि आनन्दको ठाउँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक मनोरम दृश्यले जो कसैको मन खिच्ने किसिमको भएकाले मनमा शान्ति र आनन्दको अनुभूति गर्न सकिनेछ ।”

    विभिन्न साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घनाजङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सकिने उहाँको बुझाइ छ ।

    सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइनेछ । झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ ।

    झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनाका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन् । सिन्धुली जिल्लाको झाँगाझोलीको झल्को पाइने यस ठाउँलाई त्यही रुपमा विकास गर्न लागिएको अर्का सञ्चालक वासुराज दाहाल बताउनुहुन्छ । बिपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिरसमेतका सम्पदाहरु समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

    सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडास्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ ।

    हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ । पूर्वप्रधानमन्त्री बिपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो । सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरुको नामबाट तनहुँको झाँगाझोलीमा घरहरु निर्माण गरिनेछन् ।

    सातवटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ । तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रुपमा ‘गौरादेवी नेचुरल हर्बल पार्क’ निर्माण गरेर थप आकर्षण बनाइएको अर्का सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिनुभयो । यहाँ विशेष तरिकाले निर्माण गरिएको हर्बल पार्कमा विभिन्न जातका जडीबुटी रहेका लगाइएकाले अध्ययन केन्द्रका रुपमा विकास गरिएको छ । यहाँ जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका जनावर तथा पक्षीहरुका मूर्ति राखिएका छन् ।

    झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, “प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको छ ।”

    खोलाको वरपर रहेको घनाजङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ । चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ ।

    ‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । झाँगाझोली क्षेत्रलाई एकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ । रासस

  • जेन-जी मुभमेन्टले भन्यो- ‘कु’ गरेर बनेको सुशीला सरकारले तत्काल राजीनामा दिनुपर्छ

    जेन-जी मुभमेन्टले भन्यो- ‘कु’ गरेर बनेको सुशीला सरकारले तत्काल राजीनामा दिनुपर्छ

    मंसिर ८,काठमाडौं ।
    जेन-जी मुभमेन्ट नामक समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै राजीनामा मागेको छ । राजीनामा नगरेमा यो सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत गरेको छ ।

    संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो । छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको भन्दै विज्ञप्तिमा भदौ २४ गतेको आन्दोलनमा युवाहरूलाई उत्तेजित गर्ने काम प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालबाट भएको दाबी गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले जानीजानी राज्यविहीनता र अराजकताको वातावरण सिर्जना गरेर राजनीतिक कु मार्फत सत्ता कब्जा गर्ने योजना बनाइरहेको तथ्य आज देशले स्पष्ट देखिसकेको छ,’ ‘जनताले आज उनीहरुको वास्तविक उद्देश्य बुझिसकेका छन् ।’

    देशलाई थप संकट अराजकता र अस्थिरतामा धकेल्ने कृत्यमा सुशीला कार्कीको समूह निरन्तर सक्रिय छ । यो सरकार संवैधानिक वैधताविहीन मात्र छैन, यसको राजनीतिक र नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको छ ।

    अतः हामी सुशीला कार्कीलाई पदबाट राजीनामा दिन र जेन्जी विद्रोको भावना तथा जनअकांक्षा कुठाराघात नगर्न दृढ आह्वान गर्छौं । सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषदलाई सार्वजनिकरुपमा बहिष्कार गर्दै अवज्ञा गर्न देशवासीलाई आह्वान गर्छौं ।’

    जेन-जी मुभमेन्टको विज्ञप्तिमा प्रवक्ता विजय साहले हस्ताक्षर गरेका छन् ।

  • सुनको मुल्य तोलामा एक हजार ९ सयले घट्यो

    सुनको मुल्य तोलामा एक हजार ९ सयले घट्यो

    काठमाडौं , मंसिर ८ –
    स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।

  • एनपिएल : दुई खेल हुँदै

    एनपिएल : दुई खेल हुँदै

    मंसिर ८,काठमाडौँ ।
    यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुनेछन् ।

    पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

    विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् । अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडाँैं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला दिने सोच विराटनगरको रहने छ ।

    दोस्रो खेलमा आजै दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली आमनेसामने हुनेछन् । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ ।

    यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । ९ विकेटको रवाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए ।

    गत संस्करण रनरेटमामाथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहानामा छ । गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो । आज उक्त हार दोहो¥याउने पक्षमा कर्णाली हुनेछैन । नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।

  • चितवनबाट फरार बन्दी झापामा पक्राउ

    चितवनबाट फरार बन्दी झापामा पक्राउ

    चितवन, मङ्सिर ८-
    जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ । रासस

  • पक्की पुल नहुँदा देवघाटका कृषकलाई सुन्तला ढुवानी गर्न सधैं समस्या

    पक्की पुल नहुँदा देवघाटका कृषकलाई सुन्तला ढुवानी गर्न सधैं समस्या

    दमौली (तनहुँ), मंसिर ८-
    देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिनुभयो ।

    सुन्तला बजारसम्म पुर्‍याउन भने सधैं समस्या झेल्नुपरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौं मूल्यको सुन्तला बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ ।” सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन्दा ३० प्रतिशत बढि भएको उहाँले बताउनुभयो ।

    गत वर्षहरुमा मङ्सिरको दोस्रो साता सुन्तला बजार पठाउने गरिएपनि यस वर्ष भने पहिलो सातामै सुन्तला बजार पठाइएको कृषक प्रेमबहादुर मगरले बताउनुभयो । उहाँका अनुसार प्रति क्रेट रु एक हजार चार सयमा सुन्तला विक्री भएको छ । उहाँले भन्नुभयो, “बजारसम्म सुन्तला पु¥याउन बाटो र पुलको अभाव र भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्ने गर्छ । सुन्तला बजार पु¥याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी तथा साराङघाटको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौ पठाउने गरेका छन् ।”

    कृषक भीमबहादुर रानाले सिधा सडक सञ्जाल विस्तार नभएकाले घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “केही कृषकले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्छन् । छापस्वाँरा, दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौ लैजाने गरेका छन् ।” सडक पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौसम्म बजार विस्तार गर्न बाध्य भएका छन् । यस वडाको लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्म सुन्तला विक्री हुने गरेको बताइन्छ । यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल ग्राभिटी रोपवेबाटै राजमार्गसम्म लगेर बजारसम्म पु¥याउने गरिएको छ । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपंक्षीका लागि दाना चोकर पनि त्यहीँबाटै ल्याउने गरिएको छ । रासस