Blog

  • मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशमा ओलीको आपत्ति, भने- कुन धाराको आधारमा ?

    मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशमा ओलीको आपत्ति, भने- कुन धाराको आधारमा ?

    १६ मंसिर, काठमाडौं ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्च अदालतले दिएको परमादेशप्रति आपत्ति जनाएका छन् ।

    पार्टी वन विभागले च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले उक्त आदेशप्रति आपत्ति जनाएका हुन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको थियो । उनले उक्त आदेशले आफू अचम्ममा परेको टिप्पणी पनि गरे ।

    संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान राखेको भए पनि तीन दिन अघि नै सर्वोच्चले २४ घण्टाको अवधि दिएको भन्दै संविधान विपरीत आदेश आएको उनको भनाइ छ ।

    ‘संविधानले ३० दिनभित्र विश्वासको मत लिन्छ भन्छ । सम्मानित सर्वोच्च अदालतबाट २४ घण्टाभित्र लेऊ भन्छ । म सुन्दा आश्चर्यचकित भएँ । संविधानले ३० दिनको म्याद दिन्छ,’ ओलीले थप भने, ‘४ दिनपछि ३० दिन पुग्दैछ । तीन दिन वर तान्नका लागि संविधानविपरीत २४ घण्टाको परमादेश कुन धाराको आधारमा ? आवश्यकताको सिद्धान्त भनेको त्यही हो कि ?’

    तर पनि अदालतलाई पूरा सम्मान गर्दै कार्यान्वयन गर्ष्ने उनको भनाइ थियो । परिस्थिति, मान्छे र अनुहार हेरेर कुनै हिसाबले फैसला गर्न नहुने ओलीको भनाइ थियो ।

    मधेश सरकार विवादमा सर्वोच्चको आदेशबारे ओलीको भनाइ जस्ताको तस्तै :

    म सम्मानित सर्वोच्च अदालतको हिजोको एउटा फैसला सम्झन चाहन्छु । संविधानको धारा १६८ को प्रदेशस्तरमा भन्ने हो भने धारा २ को होस् वा ३ को होस् वा ५ को होस् । ती सरकारहरूमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ भनेर भनेको छ । हिजो सम्मानित सर्वोच्च अदालतबाट एक महिना पुग्न ४ दिन बाँकी होला । संविधानले ३० दिनभित्र विश्वासको मत लिन्छ भन्छ । सम्मानित सर्वोच्च अदालतबाट २४ घण्टाभित्र लेऊ भन्छ । म सुन्दा आश्चर्यचकित भएँ । संविधानले ३० दिनको म्याद दिन्छ । ४ दिनपछि ३० दिन पुग्दैछ । तीन दिन वर तान्नका लागि संविधानविपरीत २४ घण्टाको परमादेश कुन धाराको आधारमा ? आवश्यकताको सिद्धान्त भनेको त्यही हो कि ? म अदालतलाई पूरा सम्मान गर्छु । अदालतको निर्णय हामी कार्यान्वयन पनि गर्छौं । तर, मेरो आग्रह के हो भने अदालतबाट पनि खुद आफ्नै, संविधानको मर्यादा कायम हुनु वान्छनिय हुन्छ । परिस्थिति, मान्छे र अनुहार हेरेर कुनै हिसाबले फैसला होइन, संविधान कानुन र न्याय हेरेर फैसला हुनुपर्छ । संविधान विपरीतको फैसला, सधैँ नेकपा एमालेको भागमा पर्छ यस्तो फैसला चाहीँ । यो मैले कुनै अदालतप्रति मानमर्यादामा प्रभाव पार्न खोजेको होइन, प्रसंगबस ल्याएको मात्र हो ।

  • जेनजी आन्दोलनका सहिदः ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

    जेनजी आन्दोलनका सहिदः ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

    सुरुङ्गा (झापा) मंसिर १६ –
    अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका युवा भनेर चिनिनुहुन्थ्यो । परिवारको मुस्कान, छिमेकीको भरोसा र समाजको आशा बनेका दिनेश अहिले केवल सम्झनामा मात्र बाँकी हुनुहुन्छ । गत भदौ २४ गते बिर्तामोडमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते हुनुभएका उहाँले तीन दिनको उपचारपछि भदौ २७ गते बीएन्डसी अस्पतालमा प्राण त्याग्नुभयो ।

    दिनेशको परिवारमा अहिले पनि त्यो दिन सम्झँदा आँसुका धारा रोकिँदैनन् । ३० वर्षीया श्रीमती जानती, ५५ वर्षीया आमा सपना, छ वर्षीय छोरा रिदम र १३ महिनाकी छोरी दिपीका—सबै दिनेशकै भरमा थिए । बुबा मङ्गलु राजवंशी तीन वर्षअघि बितेपछि घरको आधार दिनेश नै हुनुहुन्थ्यो । दुई वर्ष कतारमा पसिना बगाएर कमाएको पैसाले घर बनाएका उनले स्वदेश फर्किएपछि केही उद्यम गरेर परिवारलाई आर्थिक स्थायित्व दिने सपना बोकेका थिए ।

    रोजगारीको खोजीमा कतार पुगेका दिनेशले अब आफ्नो देशमा केही गर्छु, छोराछोरीलाई राम्रो पढाउँछु भन्ने सोच बोकेर घर फर्किनुभयो । यही सोचले उहाँले शनिश्चरेमा मासु पसल सुरु गर्नुभयो । श्रीमती जानती पनि दैनिक ज्याला मजदुरी गर्नुहुन्थ्यो । श्रीमान्–श्रीमतीको संयुक्त मिहेनतले परिवार चलिरहेको थियो । तर, जेनजी आन्दोलनले दिनेशको परिवारको गति नै मोडिदियो ।

    ‘कान्छी म बिर्तामोड गएर आउँछु, मल पनि बुझ्छु, दोकान खोल्ने माहोल छ छैन त्यो पनि हेर्छु, नानी केटाकेटीलाई खुवाएर तिमी पनि खाना खानु है’ उहाँले मसँग बोलेको अन्तिम शब्द यही हो भक्कानिँदै जानती भन्नुहुन्छ, “श्रीमान्को निधनसंगै मेरो सिउँदो त उजाडियो नै छोराछोरीसमेत टुहुरा भए, अनि घर नै भताभुङ्ग भयो ।”

    छोराले कहिल्यै बिर्सन नसक्ने प्रश्न गर्ने गरेको बताउँदै जानतीले भन्नुहुन्छ, “ममी, बाबालाई कसले गोली हान्यो होला रु नहान्दा पनि हुन्थ्यो नि रु” छोराको यो प्रश्नसँगै जानतीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन् । मोबाइलमा कहिलेकाहीँ आन्दोलनको भिडियो छोरा रिदमले देख्छ अनि भिडियो हेरेर भन्छ, “ममी, कति मान्छे त बाँचेका छन्, हाम्रो बाबा पनि बाँचेको भए हामी बाबासँगै बोल्थ्यौँ अनि खेल्थ्यौँ नि,” जानतीले भन्नुभयो, “म आमा हुँ । उसको मन कति चिरिन्छ होला–शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।” भर्खर १३ महिनाकी छोरी दिपीकाको भर्खर बोली फुट्दैछ, जानतीले सुनाउनुभयो, “कहिलेकाहीँ छोरीले ‘बाबा’ भन्छिन् छोरीको त्यो आवाज सुन्दा मुटु नै फुट्लाजस्तो हुन्छ ।”

    दिनेशकी आमा सपना अझै पनि निस्तब्ध हुनुहुन्छ । “कान्छालाई दशाले बिर्तामोड पु¥यायो । छरछिमेकमा सानोतिनो झैझगडा हुँदा त नजाने मेरो छोरो कसरी त्यहाँ गयो”, उहाँले भन्नुभयो, “अब कान्छो फर्किंदैन थाहा छ, तर पनि बाटामा कोही अरू नै हिँडे कान्छाकै झल्को आउँछ ।”

    अहिले दिनेशको निधनपछि परिवारको सबै आधार सुस्ताएको छ । दिनेशको निधन हुँदा दाजु गोवद्र्धन विदेशमै रहनुभएको थियो । भाइको निधनको खबर सुनेर रातारात उहाँ स्वदेश फर्किनुभयो । भाइको काजकिरिया दाजु गोवद्र्धनले नै गर्नुभयो । “मुलुकका लागि भाइले प्राण त्याग्यो”, दाजु गोवद्र्धनले भन्नुभयो, “अब राज्यले कम्तीमा दिनेशका छोराछोरीलाई राम्रो शिक्षा पाउने व्यवस्था गरिदिनुपर्छ ।” भाइको काजकिरिया सकेलगत्तै उहाँ अहिले विदेश फर्कनुभयो । दाजु पनि विदेशिएपछि राजवंशी परिवारमा थप सन्नाटा छाएको छ ।

    दिनेशको निधनपछि राज्यले दिनेशलाई सहिद घोषणा ग¥यो । सहिद परिवारलाई प्रदान गरिने रु १५ लाख परिवारलाई उपलब्ध गरायो । स्थानीय संस्थाहरूले पनि थप केही आर्थिक सहयोग रकम प्रदान गरेका थिए । अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि घरै गएर छोराछोरीलाई कक्षा १२ सम्म पढाइ दिने बचन छन् । जानतीको मनमा शान्ति पटक्कै छैन । उहाँ भन्नुहुन्छ, “पैसाले मात्र के हुँदोरहेछ र मान्छे नै नरहेपछि ।” अब राज्यले हामी सहिद परिवारलाई रोजगारी सहितको दीर्घकालीन व्यवस्था गरिदिओस् भन्ने उहाँको आग्रह छ । “छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “परिवारलाई आत्मनिर्भर हुने रोजगारी उपलब्ध गरियोस् ।”

    दिनेशको निधनसँगै जानतीलाई जिम्मेवारी थपिएको छ । “मासु पसल अहिले बन्द छ, पसल बन्द भएपछि आयस्रोत पनि बन्द छ”, उहाँले भन्नुभयो, “ठेक्कामा धान खेती गरेका छौँ । अहिले धान थन्क्याउन हामीलाई समस्या छ । घर हेर्नु कि नानीको हेरचाह गर्नु कि, धान थन्क्याउनु समस्याले एकै पटक गाज्यो ।” ससाना छोराछोरी, सासूआमाको हेरचाहसँगै व्यवहार गर्न अहिले उहाँलाई मुस्किल परेको छ । उहाँ भन्नुहुन्छ, “आफ्नो जमिनमा फलेको अन्नले मात्र खान पुग्दैन, ठेक्कामा धान खेत गरेका थियौँ, अहिले त्यही अर्मपर्म गरेर बाली उठाउँदैछु ।”

    श्रीमानको मृत्युपछि छिमेकीहरूको सद्भाव र आफन्तको साथले म सम्हालिन खोज्दैछु जानतीले भन्नुभयो, “छिमेकीहरु आउनुहुन्छ, मलाई सम्झाउनुहुन्छ, सान्त्वना दिनुहुन्छ । राम्रो मान्छेको आयु लामो हुँदैन भन्छन्–दिनेश पनि राम्रो मान्छे थियो, छोटो आयु लिएर आएछ पीर नगर्नू ।” छिमेकीका सान्त्वनाका यी शब्दहरूले पीडा कम गर्न खोजे पनि मन बुझाउन भने निकै गाह्रो हुने उहाँको भनाइ छ । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली पेटमा लागेर ढल्नुभएका दिनेशका सपनाहरू जेनजी आन्दोलनको भीडसँगै निभे तर उहाँका छोराछोरी र परिवार अझै पनि भविष्यको उज्यालो खोजिरहेका छन् । रासस

  • चितवन राइनोजलाई हराउँदै जनकपुर बोल्ट्सको पहिलो जित

    चितवन राइनोजलाई हराउँदै जनकपुर बोल्ट्सको पहिलो जित

    चितवन, मंसिर १६ –
    एनपिएलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई हराउँदै आफ्नो पहिलो जित निकालेको छ ।

    १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १७७ रनको लक्ष्य पुरा गरेको हो ।

  • ‘देश विकासका लागि श्रमदान अपरिहार्य’ : हर्क साम्पाङ

    ‘देश विकासका लागि श्रमदान अपरिहार्य’ : हर्क साम्पाङ

    धरान (सुनसरी), मंसिर १६-
    देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ ।

    धरान उपमहानगरका प्रमुख समेत रहनुभएका उहाँले आज धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भन्नुभयो, “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।”

    श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उहाँको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष राईले भन्नुभयो, “पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”

  • बुटवलबाट ४५ जना यात्रु बोकेको बस भारतमा दुर्घटना, दुई जना नेपालीको मृत्यु

    बुटवलबाट ४५ जना यात्रु बोकेको बस भारतमा दुर्घटना, दुई जना नेपालीको मृत्यु

    १६ मंसिर,काठमाडौँ –
    भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ। २४ जना यात्रु गम्भीर घाइते भएका छन्।

    सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस बलरामपुर आसपासमा दुर्घटनामा परेको हो। उक्त बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेका थिए।

    यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन्। उक्त बस भारतीय ट्रकसँग ठोक्किएपछि आगो लागेपछि जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको बुझिएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने उक्त घटनाबारे कुनै जानकारी नआएको बताएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारीले भारतीय बस दुर्घटनामा परेको केही सञ्चार माध्यमबाट थाहा पाए पनि बुटवलबाट गएका यात्रुहरू चढेको बस हो भन्ने आफूहरूलाई जानकारी नभएको बताउँछन्।

  • निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

    निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

    सुदूरपश्चिम, मङ्सिर १६ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताउनुभएको छ ।

    धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गर्नुभयो ।

    जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उहाँले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताउनुभयो ।

    लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।” उहाँले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

    गृहमन्त्री अर्यालले कुशासन बेथितिका विरुद्ध जेनजी युवाहरुले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताउनुभयो ।

    नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उहाँले भन्नुभयो, “सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्र नागरिक र राष्ट्रको मनोबल पनि उच्च हुन्छ ।” उहाँले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमार्फत देशलाई सही मार्गमा लैजान सकिने भएकाले सबै एकजुट भएर निर्वाचनको वातावरण जरुरी छ ।”
    आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नेपाल सरकारले दलहरुसँग समन्वय गरेर सुरक्षाको उचित वातावरण बनाउनुपर्ने बताउनुभयो । सुरक्षा गोष्ठी गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालको अध्यक्षतामा सुरु भएको छ ।

    गोष्ठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, नेपाली सेनाका बलाधिकृत, नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरका पंतनापति, गृहमन्त्रालयका कर्मचारी, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखको सहभागिता छ । गोष्ठीमा प्रदेशस्तरीय सुरक्षा चुनौती लगायतका विषयमा छलफल हुने जनाइएको छ । रासस

  • चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

    चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

    चितवन, मंसिर १६ –
    एनपिएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै चितवनले १७६ रन बनाएको हो ।

  • महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

    महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

    चितवन, मङ्सिर १६ –
    नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ ।

    आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उहाँले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताउनुभयो ।

    यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उहाँको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उहाँले बताउनुभयो । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उहाँले भन्नुभयो, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ । रासस

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

    समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

    काठमाडौँ, मङ्सिर १६ –
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ ।

    आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् ।

    मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्द सूची अन्तिम प्रकाशन हुनेछ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

    समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गर्नुभएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गर्नुभयो ।

    विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी मनोनयनको कार्यक्रम राखिएको छ ।

    आइतबार नै नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री माननीय अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्व तयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गर्नुभएको छ । रासस

  • महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणीः ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

    महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणीः ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

    काठमाडौं,मंसिर १६ –
    महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणी गरेका छन्। मधेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै शिक्षामन्त्री पुनले आफूले राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको जस्तै कुरा गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। बस्नेतलाई भाइ सम्बोधन गर्दै टिप्पणी गरेका हुन्।

    पुनले लेखेका छन्, ‘के के न आफूहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइलेः म ता हाँसेरै मर्छु की क्या हो।’