Category: गण्डकी प्रदेश

  • चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

    चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

    चैत १३,

    गण्डकी – गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडेलले जानकारी दिए ।

    हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्ति पीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

     

  • आज चट्याङसहित वर्षाको सम्भावना

    आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाडाैं चैत १

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

    बुधवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

    उनका अनुसार बुधवार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

  • कोरियामा सीप सिकेर नेपालमा उद्यम

    कोरियामा सीप सिकेर नेपालमा उद्यम

    नवलपुर – वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् ।वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गरेका छन् । उनले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आएका छन् ।

    उनी यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन् । चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रु तीन लाख आम्दानी गर्छन् ।गिरीले आफू उद्यमी मात्रै बन्नुभएन कम्पनीमा आठ जनालाई रोजगार पनि दिएका छन् । भरतपुर–५ शान्तिचोकमा ‘उरी मःमः’ कम्पनी सञ्चालन गरेका छन् । कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उनले बताए ।

    “हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ”, गिरीले भने, “रु बीस लाख लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी रु एक करोड पुगेको छ ।”

    कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्किएका थिए । सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरेका थिए । सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेका थिए भने पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ ।

    कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए । “मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ”, गिरीले भने ।

    “फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गर्नुभएको छ”, गिरीले भने, “हाम्रो मःम ग्राहकवर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरुले फ्रोजन मःम हो भनेर बिक्री गर्नसक्नुभएको छैन ।”

    उनले कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको बताए । “मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पु¥याउँदै आएका छौँ”, उनले भने ।

  • तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

    तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो र राति केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    विभागले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता

    चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता

    कुश्मा, १९ फागुन –

    पर्वतमा आज एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।

    ‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

    “हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो”, कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भन्नुभयो, “त्यसको १० मिनेटपछि चितुवा म¥यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।”

    डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपु¥याएको छ । कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ । “चितुवा २० केजी जतिको छ”, निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भन्नुभयो, “बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जङ्गलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।”

    एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जङ्गलमा छोडिएको थियो । रासस

  • दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

    दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

    बलेवा – बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

    हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए ।छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो ।अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । सायरले केकति कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले बताए ।रासस

  • पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते

    पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते

    कास्की, ७ फागुन-

    पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।

    घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

    घाइतेमध्ये दुई/दुई जनाको फिस्टेल अस्पताल र मेट्रोसिटी, तीन जनाको मेडिप्लस अस्पताल, पाँच जनाको गण्डकी मेडिकल कलेज अन्य बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । चिकित्सका अनुसार घाइतेहरूको हातखुट्टामा चोटपटक लागेको छ ।

    बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थी सोमबार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक (गाउन) लिएर फर्कँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी र सर्वसाधारणको घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेका थिए । दुर्घटनामा परेको बसलाई दुईवटा क्रेनको सहायताले बाहिर ल्याइएको छ । रासस

  • लमजुङको लिपे लेक ट्रेकिङ प्रवर्द्धन गर्दै टान गण्डकी र दोर्दी गाउँपालिका

    लमजुङको लिपे लेक ट्रेकिङ प्रवर्द्धन गर्दै टान गण्डकी र दोर्दी गाउँपालिका

    गण्डकी,फागुन ६-

    लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य ‘लिपे लेक’ लाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ ।

    ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो ।

    नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको सो राउन्ड ट्रेक त्यहाँको पर्यटकीय सम्भावनाबारे समेत अवलोकन तथा अध्ययन अनुसन्धान गर्नेछ ।
    टान गण्डकी अध्यक्ष धर्मराज पन्थी, नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा दोर्दी पालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विक्षबहादुर घले लगायत अन्य पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता छ ।

    कार्यक्रमको संयोजन टान गण्डकीका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका छन् । राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए । शनिबार प्रसिद्ध पर्यटकीय गन्तव्य लिपे लेकमा क्याम्पिङ गरि आइतबार दाम्राङ पुग्ने सो टिमको योजना रहेको छ ।

    नयाँ रुटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य रहेको छ भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय स्थानहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

    लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ । साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ ।

  • सरुवामा भनसुन गरे काम बिग्रियो भन्ने बुझे हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    सरुवामा भनसुन गरे काम बिग्रियो भन्ने बुझे हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    कास्की – उप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको मुख्य ध्यान समृद्धिको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् ।सडक डिभिजन कार्यालय पोखरामा आज मातहतका कार्यालयका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिँदै उनले समृद्धिको प्रक्रियालाई तीव्रताका साथ अघि बढाउँदा मात्र जनताको अपेक्षा र आवश्यकता पूरा हुने उल्लेख गरे ।

    उनले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेकोसमेत बताए । मन्त्री श्रेष्ठले भने, “हाम्रो मन्त्रालयमा सरकारको पुँजीगत बजेटको एकतिहाइ बजेट छुट्याइएको छ । समृद्धिको लक्ष्य हासिल गर्नमा हाम्रो मन्त्रालयको ठूलो जिम्मेवारी छ, त्यो जिम्मेवारी पूरा गर्न जिम्मेवारीवोध गर्नु आवश्यक छ । आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारीरूपमा अघि बढाउनु आवश्यक छ ।”

    सबैलाई न्याय र परिणाममा आफू केन्द्रित भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले काम गराउनका लागि भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए। “पोलिटिकल दबाब र अवाञ्छित प्रभावले कसैको पोष्टिङ र सरुवा हुँदैन । कसैको भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । बरु भनसुन गराउन थाल्नुभयो भने काम बिग्रियो भन्ने बुझे हुन्छ”, उनले भने ।मन्त्री श्रेष्ठले कतिपय विकास आयोजनाको काम सम्झौता भएको १० वर्षसम्म पूरा नभएको आफूले देखेको बताउँदै निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र नबस्न र किन काम हुन सकेन भनेर अनुगमन गर्नसमेत कर्मचारीलाई निर्देशन दिए ।

  • पोखरा जहाज दुर्घटना : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना

    पोखरा जहाज दुर्घटना : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना

    काठमाडौं । गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ ।

    जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ । दुर्घटना जाँच आयोगका अनुसार जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ ।

    गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना ग्रस्त हुन पुगेको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।