Category: अन्तर्राष्ट्रिय

  • पाकिस्तानमा इमरानखानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

    पाकिस्तानमा इमरानखानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

    इस्लामावाद, १८ वैशाख-

    पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबवीम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दर भनेर चिच्याइरहेको देख्न सकिन्छ ।

    पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेकोे छ ।- एजेन्सी

  • संसद्मा पोर्नोग्राफी हेर्ने बेलायती सांसदले दिए राजीनामा

    संसद्मा पोर्नोग्राफी हेर्ने बेलायती सांसदले दिए राजीनामा

    लन्डन, १८ वैशाख-

    बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् । ६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् ।

    यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाई थियो । सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसदमाथि आरोप लगाएका थिए ।

    उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।- एजेन्सी

  • आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

    आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

    कोलम्बो, १८ वैशाख-

    आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता छ ।

    सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चार मन्त्री नालाका गोदाहेवाले भने ।

    रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् ।

    ‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई/तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले भनिन् ।

    उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित छन् । मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्यूरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेका छन् ।

    ‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् । हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।- एजेन्सी

  • चीनमा कोभिडः बृद्धबृद्धालाई क्वारेन्टिनमा सास्ती

    चीनमा कोभिडः बृद्धबृद्धालाई क्वारेन्टिनमा सास्ती

    सांघाई, १७ वैशाख-
    चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी तालाबन्दीले नराम्ररी प्रभावित भएका छन् । मार्चको सुरुमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा कोभिड पोजेटिभ दखिएको छ । उनीहरुमध्ये झन्डै १० हजार जना ८० वर्षभन्दा माथिका बृद्धबृद्धा छन् ।

    संक्रमित वा नजिकको सम्पर्कमा भएका व्यक्तिहरु राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बस्नुपर्ने बाध्यता छ । त्यस्ता केन्द्रहरूमा सयौँ मानिसहरू एकै ठाउँमा राखिने गरिएको छ ।

    सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा अव्यवस्थित अवस्थाहरू देख्न सकिन्छ । आफ्नी ९० वर्षीया हजुरआमा बसेको एउटा क्वारेन्टिन केन्द्रमा अस्वच्छ रहेको सांघाइकी एक युवतीले बीबीसीलाई बताइन् । हजुरआमा राम्ररी सुत्न नसकेको त्यहाँ राम्रोसँग स्याहार नगरिएको उनको गुनासो छ ।- एजेन्सी

  • रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

    रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

    किभ, १७ वैशाख-

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।

    हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।

    उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो ।- एजेन्सी

  • ‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

    ‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

    इस्लामावाद, १४ वैशाख-

    पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् ।

    ‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेका थिए । आफूविरुद्धको अविस्वासको प्रस्तावको पूर्वसन्ध्यामा उनले पूर्वराष्ट्रपति तथा पीपीपीका सहअध्यक्ष असिफ अली जर्दारीसँग सहयोग मागेका थिए’, म्यारियमले भनिन् ।
    म्यारियम नवाज सरिफकी छोरी हुन् ।

    आफ्नो ७५ वर्षको इतिहासमा पाकिस्तानी सेनाले बारम्बार निर्वाचित सरकार कु गर्दै आएको छ । त्यस्तै, सुरक्षा र विदेश मामिलामा पनि सेनाको हस्तक्षेप देखिन्छ । यद्यपि, सेनाले शहबाज शरीफ र खानबीचको हालैको झगडाबाट आफूलाई अलग राखेको थियो ।- एजेन्सी

  • धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

    धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

    नयाँ दिल्ली, १४ वैशाख-

    दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

    उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ । रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाईभोल्टेजको तारसँग छोइएको थियो ।

    सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए । -एजेन्सी

  • कराँचीमा बम हमलामा तीन चिनियाँ शिक्षक मारिए

    कराँचीमा बम हमलामा तीन चिनियाँ शिक्षक मारिए

    इस्लामबाद, १४ वैशाख-

    पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् । विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् ।

    विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन् ।

    चिनियाँ कर्मचारी बोकेको कारमा हमला गरिएको विखन्डनकारी बालोचन लिबरेसन आर्मी (बीएलए) ले जनाएको छ । महिला आत्मघाती आक्रमणकारीले सो हमला गरेको सो समूहले जनाएको छ । समूहले पाकिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएको छ । चिनियाँ लगानीबाट स्थानीय लाभान्नित हुन नसकेको सो समूहले जनाएको छ ।

    समूहका तर्फबाट महिला आत्मघातीले गरेको यो पहिलो हमला हो । पाकिस्तानी तालिबानले जस्तै समूहले बारम्बार चिनियाँ नागरिकहरूलाई निशाना बनाउँदै आएको छ ।

    चीनले पाकिस्तानमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गरेको छ । त्यसमध्मे बलुचिस्तान प्रान्त पनि समावेश छ । एजेन्सी

     

  • कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

    कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

    बोगोटा, १४ वैशाख-

    यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो ।

    कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन् । उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूविरुद्धमा थिए ।

    अनुगमनकर्ताहरूका अनुसार अधिकारबादीहरूका लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो । कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन् । पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन् ।

    मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन, जसको हत्याले देश नै स्तब्ध बनेको थियो । आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो।- एजेन्सी

  • भारतमा बच्चाहरुका लागि दुई कोभिड खोपलाई स्वीकृति

    भारतमा बच्चाहरुका लागि दुई कोभिड खोपलाई स्वीकृति

    नयाँ दिल्ली, १४ वैशाख-

    भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए ।

    यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।

    त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई–डोजलाई सरकारले स्वीकृत दिएको हो ।

    कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ । सन् २०२१ को जनवरीमा कोभिड खोप सुरुगरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १.८७ अर्ब डोज खोप लगाइएको छ । एजेन्सी