Category: अन्तर्राष्ट्रिय

  • इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

    इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

    इजरायल, १६ चैत –
    मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँच मध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ।

    मङ्गलबारको आक्रमणका पीडितहरू मध्ये युक्रेनका २३ र ३२ वर्षीय युक्रेनी नागरिक रहेको प्रहरीले जनाएको छ। (रासस- एएफपी)

  • मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

    मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

    किभ, १५ चैत –
    युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ ।

    रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रतिउत्पादक’ हुने बताएका छन् ।

    युद्ध चर्किरहेको बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन् । त्यस्तै युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन् । राजधानी किभनजिक भएका हमलामा विद्युत् सेवा अबरुद्ध भएका छन् । विद्युत् अबरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरुले बताएका छन् ।

    युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी सहर मारिओपोलमा कम्तीमा ५ हजार शव गाडिएको बताएका छन् । तर, रुसी गोलाबारीका कारण विगत १० दिनदेखि शव संकलन हुन सकेको छैन । युक्रेनी विदेश मन्त्रालयले सहरको मानवीय अवस्थालाई विपत्तिजनक भनेको छ । – एजेन्सी

     

  • रुसको आक्रमणपछि युक्रेनको अवस्था (फोटोफिचर)

    रुसको आक्रमणपछि युक्रेनको अवस्था (फोटोफिचर)

    एजेन्सी, फागुन १२ –
    रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न सहरहरूमा पनि आक्रमण भएको छ ।

    रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन् । पेट्रोल पम्पमा लामा लाइन लागेका छन् । मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन् । सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    राजधानी किएभका बासिन्दा क्षेप्यास्त्रको डरले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन् ।

    रूसी राष्ट्रपति पुटिनले अहिलेको आक्रमण सैनिक संरचना र बेसमा मात्रै सीमित भएको बताए पनि युक्रेनियनहरूमा त्रास व्याप्त छ ।

    रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

    बीबीसीका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ ।

    किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन् ।

    युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ ।

    तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ ।

    हेर्नुस् तस्बिरहरू :

  • रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनका राष्ट्रपति जेलेन्स्की

    किभ, ११ फागुन –
    युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताउनुभएको छ । उहाँले मंगलबार भन्नुभएको छ– मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन ।

    उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उहाँले जनाउनुभएको छ । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उहाँले बताउनुभएको हो ।

    पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

    अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरु पश्चिमा देशहरुले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् । (रासस/सिन्ह्वा)

  • ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

    ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

    साओ पाओलो, ९ फागुन –
    ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ ।

    यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ । यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण यहाँका सडक, विजुली तथा अन्य आधारभूत पूर्वाधारहरु पनि भत्किएका छन् ।

    आइतबार छैठौँ दिन पनिपनि वर्षा जारी रहेको र यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन् । बाढीमा परेर कम्तीमा पनि १६५ जना हराइरहेका बताइएको छ । पहिरो गएको क्षेत्रमा ५०० भन्दा बढी अग्निनियन्त्रकहरू काम गरिरहेका र ४० वटा स्निफर कुकुरहरूले बेपत्ताको खोजी गरिरहेका थिए।

    रियो डि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोका अनुसार गत मङ्गलबार जारी वर्षा सन् १९३२ पछिको सबैभन्दा खराब थियो ।त्यसैगरी बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र हजारौँलाई विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ । (रासस/सिन्ह्वा)

  • इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

    इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

    तेहरान, ९ फागुन –
    एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

    स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ । (रासस/एएफपी)

  • महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

    महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

    लन्डन, ९ फागुन –
    बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित हुनुभएको छ। तर उहाँमा सङ्क्रमणको लक्षण भने “हल्का” छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ।

    महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। “बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ। “उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।

    उहाँले कोभिड विरुद्धको खोप भने लगाइसक्नुभएको छ। (रासस-एएफपी)

  • नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

    नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

    ओस्लो [नर्वे], ८ फागुन –
    नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन् ।

    विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा “अफगान परकम्पहरू: एशेजबाट एशेज सम्म?” “हामी [तालिबान] लाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं,” भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ ।

    अफगानिस्तानमा तालिबानको सत्ताआरोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ । सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।

    अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन । (रासस-एएनआई)

  • ब्राजिलमा बाढी : १४६ जनाको मृत्यु, १९१ हराए

    ब्राजिलमा बाढी : १४६ जनाको मृत्यु, १९१ हराए

    साओ पाओलो, ८ फागुन –
    ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका बताइएको छ ।

    शनिबार पाँचौ दिन पनिपनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।यहाँ भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको यहाँका उद्धारकर्मीहरुले जानकारी गराएका छन् ।

    शनिबारसम्मा यो बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका बताइएको छ । रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षात्का कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।

    बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।
    सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो ।
    यहाँका राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताउनुभएको छ ।

    ब्राजिलका अधिकारीहरुले यहाँ अरु केही व्यक्ति हराएका छन् । त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ । वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)

  • ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    ब्राजिल [ब्राजिल], ७ फागुन, 
    दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

    स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य “युद्ध दृश्य” जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

    अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ।

    ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ। (रासस-एएनआई/सिन्ह्वा)