Category: मकवानपुर

  • हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

    हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

    मकवानपुर,असार १५-
    वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

    उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

    यस्तै हेटौंडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।

     

  • मकवानपुरका बालबालिकालाई आजबाट फाइजर खोप दिने

    मकवानपुरका बालबालिकालाई आजबाट फाइजर खोप दिने

    हेटौंडा, ९ असार

    मकवानपुरका ५ वर्षदेखि १२ वर्षमुनिकालाई बालबालिकालाई बिहीबारबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइदिन भएकाे छ । ९ असारदेखि १५ गतेसम्म ५ देखि ११ वर्षमुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

    मकवानपुरको १० वटै स्थानीय तहमा फाइजर खोप लगाइने छ । खोपका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको उनले जानकारी दिए । मकवानपुरमा ३९० जना स्वाथ्यकर्मीलाई तालिम दिई खोपको लागि परिचालन गरिएको छ । पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ ।

    कार्यालयको तथ्यांकअनुसार हेटौंडा उपमहानगरपालिकामा २५ हजार ९४९ जना, थाहा नगरपालिकामा पाँच हजार १८७ जना, बागमती गाउँपालिकामा चार हजार ५९ जना, बकैया गाउँपालिकामा पाँच हजार ३९० जना, भीमफेदीमा दुई हजार ८६४ जना, इन्द्रसरोवरमा एक हजार ८२२ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।

    त्यसैगरी कैलाश गाउँपालिकामा दुई हजार ९१६ जना, मकवानपुरगढीमा तीन हजार २१३ जना, राक्सिराङ गाउँपालिकामा तीन हजार ४३० जना र मनहरीमा ६ हजार २४५ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।- न्युज कारखाना

  • मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत

    मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत

    मकवानपुर, ६ असार-

    मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ ।

    ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

  • पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

    पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

    मकवानपुर, ६ असार-

    मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ ।

    अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।

    हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।- न्युज कारखाना

  • मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्

    मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्

    राजन कटुवाल

    हेटौंडा, ३० जेठ-

    मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब भिड्दै छन् ।

    तेस्रो संस्करणको फाइनलमा पनि घरेलु टोली र आर्मीबीच नै भिडन्त भएको थियो । त्याे संस्करणमा आर्मीले घरेलु टोलीलाई हराउँदै उपाधि हात पारेको थियो । सेमिफाइनलमा आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय युथले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

    आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो वर्षको बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोलीले नै जितेको थियो ।

    आइतबार भएको ‘प्रि-म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए । आर्मीका कप्तान भरत खवासले घरेलु टिमसँगको उपाधि भिडन्त कडा र रोमाञ्चक हुने बताए ।

    विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेन्डर पेपेले दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाउने भएकाले केही समस्या पर्नसक्ने भन्दै घरेलु मैदान भएकाले भने उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए । विजय युथका कप्तान अशोक बरालले १२ महिनै ट्रेनिङ गरिरहने आर्मीसँग खेल्न सहज भने नहुने बताए ।

    प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।-न्युज कारखाना

  • हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

    हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

    मकवानपुर, २९ जेठ-

    मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो ।

    दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।न्युज कारखाना

     

  • मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

    मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

    राजन कटुवाल

    हेटौंडा, २० जेठ-

    हेटौंडामा सञ्चालन भइरहेको चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजका आशिष चौधरीले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा हेमन्त थापा मगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

    खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लब र फ्रेण्ड्स क्लबको बीचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।न्युज कारखाना

     

  • अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ

    अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ

    मकवानपुर, २० जेठ-

    अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

    लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।

    हेटौंडा उपमहानगरपालिका–१ मा सञ्चालन भइरहेको लोकसेवा आयोगको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

    महोत्तरीका अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

    सोही आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको झोलाबाट नगद ५८ हजार ५०० रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

    त्यस्तै हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ का २० वर्षीय सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनले आफ्नै बुबा नाथ गौतमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना

     

  • साढे तीन सय केजी गाँजा बरामद

    साढे तीन सय केजी गाँजा बरामद

    मकवानपुर, ९ जेठ-

    प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ ।

    थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।-न्युज कारखाना

     

  • मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी (नामावली सहित)

    मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी (नामावली सहित)

    राजन कटुवाल

    हेटौंडा, ७ वैशाख-

    मकवानपुर जिल्लाको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    जिल्लाभरि रहेका १०२ वटा वडाहरूमध्ये सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३३ वडा अध्यक्ष, नेकपा माओवादी केन्द्रले २४ र त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडामा जितेको छ ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा (२३०८०) विजयी भएकी छिन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ (३३११४) विजयी भएका छन् । त्यस्तै थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट (९७१९) र उपमेयरमा कांग्रेसका भरत गोपाली (८६०७) विजयी भएका हुन् ।

    त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती (९३६६) र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर (६४७०) विजयी भएका हुन् । बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने (११२९२), उपाध्यक्षमा माओवादी केन्द्र भक्त बहादुर खत्री (९५२२), मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान (६७०६), उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन (६११०), विजयी भएका हुन् । यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान (४८९७), उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल (४०८८), राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल (५४८१), उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्तम थिङ (४८३९) विजयी भएका हुन् ।

    त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी (३७२२) र उपाध्यक्षमा उमा कुमारी लामा (३७२५) विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा (५५९१) र उपाध्यक्षमा कांग्रेसका सञ्जीव श्रेष्ठ (५३१५) विजयी भएका हुन् ।

    हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    मेयर : मीना कुमारी लामा (नेकपा एकीकृत समाजवादी) (२३०८०)
    उपमेयर : राजेश बानियाँ (नेपाली कांग्रेस) (३३११४)
    वडा नम्बर १ : सविन न्यौपाने (नेपाली कांग्रेस) (१४६७)
    वडा नम्बर २ : विष्णुगोपाल महर्जन (नेपाली कांग्रेस) (१२५८)
    वडा नम्बर ३ : ढलक बहादुर थापा (नेपाली कांग्रेस) (१५८४)
    वडा नम्बर ४ : नवीन सिग्देल (नेकपा एमाले) (२११२)
    वडा नम्बर ५ : सुशील घिमिरे (नेकपा एमाले) (२५३०)
    वडा नम्बर ६ : विष्णु बहादुर दहाल (नेपाली कांग्रेस) (११८१)
    वडा नम्बर ७ : दामोदर गौतम (नेपाली कांग्रेस) (१४९०)
    वडा नम्बर ८ : राम कृष्ण थापा (नेपाली कांग्रेस) (२२१३)
    वडा नम्बर ९ : सुकरा केसी (नेकपा एकीकृत समाजवादी) (२३४५)
    वडा नम्बर १० : फूर्बा दोर्जे तामाङ (नेकपा एमाले) (९७२)
    वडा नम्बर ११ : जुना दाहाल (नेकपा एमाले) (१५१४)
    वडा नम्बर १२ : ललित बहादुर घलान (नेकपा माओवादी केन्द्र) (१३७१)
    वडा नम्बर १३ : पेम्बा लामा (नेकपा एमाले) (१३१५)
    वडा नम्बर १४ : दिपक खड्का (नेकपा एमाले) (१७८२)
    वडा नम्बर १५ : सुनिल मोक्तान (नेकपा एमाले) (२४९१)
    वडा नम्बर १६ : रामकृष्ण कोइराला (नेपाली कांग्रेस) (२४३८)
    वडा नम्बर १७ : उद्धव सत्याल (नेपाली कांग्रेस) (१३१४)
    वडा नम्बर १८ : अनिल कुमार बानियाँ (नेकपा एमाले) (१८९८)
    वडा नम्बर १९ : नरनाथ सुवेदी ‘नवराज’ (नेकपा एमाले) (१४२३)

    थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    मेयर : विष्णु बहादुर विष्ट (नेकपा माओवादी केन्द्र) (९७१९)
    उपमेयर : भरत गोपाली (नेपाली कांग्रेस) (८६०७)
    वडा नम्बर १ : हेरमान गोपाली (नेकपा माओवादी केन्द्र) (८६२)
    वडा नम्बर २ : बमबहादुर सिंतान (नेकपा माओवादी केन्द्र) (७३५)
    वडा नम्बर ३ : हिरेन्द्र कुमार रायमाझी (नेकपा माओवादी केन्द्र) (७५९)
    वडा नम्बर ४ : नारायण लामा (नेकपा माओवादी केन्द्र) (७५३)
    वडा नम्बर ५ : विष्णु बहादुर गुरुङ (नेकपा एमाले) (६३२)
    वडा नम्बर ६ : राजेन्द्रभक्त श्रेष्ठ (नेपाली कांग्रेस) (११३८)
    वडा नम्बर ७ : शिवराज थिङ (नेपाली कांग्रेस) (९१६)
    वडा नम्बर ८ : हेम कुमार थिङ (नेकपा एमाले) (६७५)
    वडा नम्बर ९ : राज कुमार बलामी (नेकपा माओवादी केन्द्र) (७७८)
    वडा नम्बर १० : हिरा बहादुर गमाल (नेकपा एमाले) (६५३)
    वडा नम्बर ११ : दिनेश बल (नेकपा माओवादी केन्द्र) (६१०)
    वडा नम्बर १२ : टिकाराम स्याङतान (नेपाली कांग्रेस) (७९८)

    मनहरी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : रन्जन कालाखेती (नेपाली कांग्रेस) (९३६६)
    गाउँपालिका उपाध्यक्ष : सिता पुलामी मगर (नेकपा माओवादी केन्द्र) (६४७०)
    वडा नम्बर १ : शिव प्रसाद खनाल (नेपाली कांग्रेस) (१०९३)
    वडा नम्बर २ : राजकुमार पाख्रीन (नेकपा माओवादी केन्द्र) (५९८)
    वडा नम्बर ३ : अनन्त अर्याल (नेपाली कांग्रेस) (१०४२)
    वडा नम्बर ४ : प्रकाश थापा (नेकपा माओवादी केन्द्र) (५४१)
    वडा नम्बर ५ : दिपेन्द्र अधिकारी (नेकपा माओवादी केन्द्र) (७६२)
    वडा नम्बर ६ : युवराज थपलिया (नेपाली कांग्रेस) (९६८)
    वडा नम्बर ७ : ठाकुरराम तितुङ (नेपाली कांग्रेस) (१४८९)
    वडा नम्बर ८ : नारायण उप्रेती (नेपाली कांग्रेस) (६८४)
    वडा नम्बर ९ : राजकुमार श्रेष्ठ (नेपाली कांग्रेस) (१००८)

    भीमफेदी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : हिदम लामा (नेकपा एमाले) (५५९१)
    गाउँपालिका उपाध्यक्ष : सञ्जिव श्रेष्ठ (नेपाली कांग्रेस) (५३१५)
    वडा नम्बर १ : सोमबहादुर स्याङ्तान (नेपाली कांग्रेस) (९१०)
    वडा नम्बर २ : काशी राम बज्यु (नेकपा एमाले) (७४४)
    वडा नम्बर ३ : पृति लाल लामा (नेकपा माओवादी केन्द्र) (७९२)
    वडा नम्बर ४ : सागर पाण्डे (नेकपा एमाले) (५६८)
    वडा नम्बर ५ : जहार सिं लामा (नेकपा एमाले) (७७४)
    वडा नम्बर ६ : सोम बहादुर घलान (नेपाली कांग्रेस) (६८९)
    वडा नम्बर ७ : मित्रबन्धु सिन्जाली (नेपाली कांग्रेस) (७३६)
    वडा नम्बर ८ : विष्णु बहादुर लामा (नेकपा एमाले) (६८२)
    वडा नम्बर ९ : प्रकाश पुडासैनी (नेकपा एमाले) (८०१)

    बकैया गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : धर्मराज लामिछाने (नेपाली कांग्रेस) (११२९२)
    गाउँपालिका उपाध्यक्ष : भक्त बहादुर खत्री (नेकपा माओवादी केन्द्र) (९५२२)
    वडा नम्बर १ : आशिश तितुङ (नेकपा माओवादी केन्द्र) (७१६)
    वडा नम्बर २ : विश्वराज स्याङतान (नेकपा माओवादी केन्द्र) (३६०)
    वडा नम्बर ३ : भुवन सिं घलान (नेकपा एमाले (१०४०)
    वडा नम्बर ४ : राजन दंगाल (नेकपा एमाले (११११)
    वडा नम्बर ५ : लक्ष्मी जिम्बा (नेपाली कांग्रेस) (८९३)
    वडा नम्बर ६ : फूल बहादुर भोम्जन (नेकपा एमाले (८३४)
    वडा नम्बर ७ : मान बहादु सिंतान (नेकपा माओवादी केन्द्र) (९८६)
    वडा नम्बर ८ : विष्णु नेगी (नेकपा माओवादी केन्द्र) (६३३)
    वडा नम्बर ९ : टंक ध्वज लोप्चन (नेपाली कांग्रेस) (७३२)
    वडा नम्बर १० : कमला कुमारी वाइबा (नेपाली कांग्रेस) (७८२)
    वडा नम्बर ११ : गोपाल बहादुर नेसुर (नेपाली कांग्रेस) (७६०)
    वडा नम्बर १२ : ज्ञानेन्द्र बजगाईं (नेपाली कांग्रेस) (५१९)

    बागमती गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : सर्केश घलान (नेकपा माओवादी केन्द्र) (७३८४)
    गाउँपालिका उपाध्यक्ष : फणिन्द्र कुमार तिमल्सिना (नेपाली कांग्रेस) (७९३५)
    वडा नम्बर १ : यहुन्ना राई (नेकपा माओवादी केन्द्र) (७३६)
    वडा नम्बर २ : जनक बहादुर पहरि (नेकपा माओवादी केन्द्र) (८३२)
    वडा नम्बर ३ : कमान सिंह पाख्रिन (नेकपा माओवादी केन्द्र) (४१७)
    वडा नम्बर ४ : दन्त लाल माझी (नेकपा माओवादी केन्द्र) (८४४)
    वडा नम्बर ५ : विजय कुमार भ्लोन (नेकपा माओवादी केन्द्र) (६४७)
    वडा नम्बर ६ : टेक बहादुर डिम्डुङ (नेकपा एमाले) (७०६)
    वडा नम्बर ७ : उत्तर बहादुर भ्लोन (नेपाली कांग्रेस) (६२१)
    वडा नम्बर ८ : इन्द्र मणी तिमल्सिना (नेकपा एमाले) (६६५)
    वडा नम्बर ९ : पुनराम घलान (नेकपा एमाले) (८२३)

    मकवानपुरगढी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : दोर्जे लामा स्याङ्तान (नेपाली कांग्रेस) (६७०६)
    गाउँपालिका उपाध्यक्ष : मान कुमारी पाख्रिन (नेकपा माओवादी केन्द्र) (६११०)
    वडा नम्बर १ : आईत सिह लो (नेपाली कांग्रेस) (७९३)
    वडा नम्बर २ : बखान सिं पाख्रीन (नेपाली कांग्रेस) (११७१)
    वडा नम्बर ३ : भागवत घिमिरे (नेकपा एमाले) (९४३)
    वडा नम्बर ४ : अर्जुन प्रसाद तिमल्सिना (नेकपा एमाले) (६३४)
    वडा नम्बर ५ : दिपेश दाहाल (नेपाली कांग्रेस) (११६९)
    वडा नम्बर ६ : कृष्णप्रसाद बजागाईं (नेपाली कांग्रेस) (८५१)
    वडा नम्बर ७ : सुर्य बहादुर रुम्बा (नेपाली कांग्रेस) (६७६)
    वडा नम्बर ८ : कुमार घिसिङ (नेपाली कांग्रेस) (४४८)

    इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : देव कृष्ण पुडासैनी (नेकपा एमाले) (३७२२)
    गाउँपालिका उपाध्यक्ष : उमा कुमारी लामा (नेकपा एमाले) (३७२५)
    वडा नम्बर १ : सुवास थापा (नेपाली कांग्रेस) (७५३)
    वडा नम्बर २ : सुमन श्रेष्ठ (नेपाली कांग्रेस) (११२०)
    वडा नम्बर ३ : प्रताप भोम्जन (नेकपा एमाले) (११७६)
    वडा नम्बर ४ : चन्द्र कुमार बल (नेकपा एमाले) (८०५)
    वडा नम्बर ५ : दुत राज तितुङ (नेपाली कांग्रेस) (८१७)

    कैलाश गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : लोक बहादुर मुक्तान (नेपाली कांग्रेस) (४८९७)
    गाउँपालिका उपाध्यक्ष : बालकुमार मल्ल (नेकपा माओवादी केन्द्र) (४०८८)
    वडा नम्बर १ : तेज बहादुर ब्लोन (नेपाली कांग्रेस) (३७५)
    वडा नम्बर २ : राजेन्द्र तामाङ घिसिङ (नेपाली कांग्रेस) (४९९)
    वडा नम्बर ३ : देव लाल बल (नेकपा माओवादी केन्द्र) (४६७)
    वडा नम्बर ४ : तीलक बहादुर मुक्तान (नेकपा माओवादी केन्द्र) (३४४)
    वडा नम्बर ५ : छेकु लामा (नेकपा एमाले) (८९५)
    वडा नम्बर ६ : राम बहादुर गोम्बा (नेकपा एमाले) (४३६)
    वडा नम्बर ७ : उदास कुमार भोलन (नेपाली कांग्रेस) (३१२)
    वडा नम्बर ८ : आशिष प्रजा (नेपाली कांग्रेस) (२९०)
    वडा नम्बर ९ : भुवन सिं घलान (नेपाली कांग्रेस) (४४२)
    वडा नम्बर १० : सूर्य बहादुर ब्लोन (नेकपा एमाले) (४३३)

    राक्सिराङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरू :
    गाउँपालिका अध्यक्ष : राजकुमार मल्ल (नेपाली कांग्रेस) (५४८१)
    गाउँपालिका उपाध्यक्ष : बनस्तम थिङ (नेकपा माओवादी केन्द्र) (४८३९)
    वडा नम्बर १ : बाबीराम मुक्तान (नेकपा एमाले) (४६३)
    वडा नम्बर २ : बुद्धराम मुक्तान (नेपाली कांग्रेस) (४७८)
    वडा नम्बर ३ : उत्तम वाइबा (नेकपा एमाले) (१०३२)
    वडा नम्बर ४ : संजय कोइराला (नेकपा एमाले) (६९४)
    वडा नम्बर ५ : हरि बहादुर प्रजा (नेपाली कांग्रेस) (४०३)
    वडा नम्बर ६ : अकल बहादुर मोक्तान (नेकपा माओवादी केन्द्र) (३९५)
    वडा नम्बर ७ : राम बहादुर प्रजा (नेपाली कांग्रेस) (४५७)
    वडा नम्बर ८ : युसाई प्रजा (नेकपा माओवादी केन्द्र) (५१५)
    वडा नम्बर ९ : राम कुमार वाल्वा थिङ (नेपाली कांग्रेस) (६७४)