Category: मकवानपुर

  • राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट सर्वसम्मत सिफारिस

    राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट सर्वसम्मत सिफारिस

    हेटौंडा, १८ भदौ –

    राप्रपा नेपाल मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

    राप्रपा मकवानपुरको शनिबार हेटौँडामा आयोजना गरेको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

    जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गर्ने छ । न्युज कारखाना

  • हेटौंडाबाट ३०५ किलो गाँजा बरामद

    हेटौंडाबाट ३०५ किलो गाँजा बरामद

    मकवानपुर, १७ भदौ –

    मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।

    थानाभर्‍याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो ।

    टिपरका चालक (गाँजा ओसारपसारमा संलग्न) भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन क्विनटल गाँजा र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । न्युज कारखाना

  • हेटाैंडामा मोटरसाइकल दुर्घटना, सैनिकको मृत्यु

    हेटाैंडामा मोटरसाइकल दुर्घटना, सैनिकको मृत्यु

    हेटौँडा, १२ भदाै –

    हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

    पूर्व–पश्चिम सडकखण्डको हेटौँडा–९ मा हेटौँडाबाट बारातर्फ जाँदै गरेको ग२२प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना४ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् ।

    घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । मृत्यु भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य चोट लागेको छ ।

    विककै ५ वर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । घाइते आदर्श र आशिकको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए । न्युज कारखाना

  • मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी दर्ता

    मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी दर्ता

    हेटौंडा, भदौ ९-
    मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।

    साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ ।

    सरकारले गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै सञ्चालन गरेपछि मकवानपुरमा पनि चर्को ब्याजबाट पीडित हुनेले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकरी दिए ।

    मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरिका ७७ जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेपछि मकवानपुरमा पनि हालसम्म ११ जनाले उजुरी दिएको बताइएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा प्रजिअले सम्बन्धित पक्षलाई झिकाएर नियमसङ्गत लेनदेन भएको भए आपसी सहमतिमा उजुरी छिनोफानो गर्न निर्देशन दिइएको छ ।
    सहमति हुन नसकेको खण्डमा उजुरीका सम्बन्धमा कानुनी प्रक्रिया सुरु गर्न प्रहरी कार्यालयमा पठाउन भनिएको छ ।

    जिल्ला प्रशासन कार्यालयलाई दिइएको निर्देशनमा स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार नपर्ने उजुरीको सम्बन्धमा गृह मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको बताइएको छ ।

    मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ ।

  • हेटौडाका वडा अध्यक्षमाथी कार्यकक्ष मै हातपात

    हेटौडाका वडा अध्यक्षमाथी कार्यकक्ष मै हातपात

    मकवानपुर, ७ भदौं –

    हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।

    नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्।

    दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन ।

    वडा अध्यक्ष सिग्देलले आफूमाथि हातपात गरेको भन्दै कारवाहीको माग गरे पछि प्रहरीले दोङको घरमा छापा मारेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार एमालेकै जिल्ला सदस्यसमेत रहेका दोङको खोजी कार्य भईरहेको छ । न्युज कारखाना

  • बागमती प्रदेशमा कृषि :  ७० करोडको बीउ पुँजी विनियोजन

    बागमती प्रदेशमा कृषि : ७० करोडको बीउ पुँजी विनियोजन

    चितवन, भदौ ५-
    बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ ।

    रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो ।

    परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागिएको छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार यसै महिनादेखि काम अघि बढाइँदैछ ।

    किस्ताबन्दीमा रकम फिर्ता गर्नेगरी बीउ पुँजी दिन लागिएको हो । यसका लागि अतिरिक्त शुल्क र व्याज कृषकले तिर्नुपर्दैन तर दुईदेखि पाँच वर्षभित्रमा रकम भने फिर्ता गर्नुपर्छ ।

    यस प्रदेशअन्तर्गतका किसानलाई मन्त्रालयले अनुदानको सट्टामा बीउ पुँजी उपलब्ध लगाउन लागेको र यसबाट किसान प्रत्यक्षरुपमा लाभन्वित हुनाका साथै ्अनुदान लिने र काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने उनको भनाइ छ ।

    कृषिमा लाग्ने र विगतदेखि नै कृषि पेशामा आबद्ध भएका व्यक्ति, समूह, सहकारीलाई गाई, बाख्रा, भैँसी, बङ्गुरलगायत कृषि फार्म, चिस्यान केन्द्र, प्राङ्गारिक मल कारखाना, दूध प्रशोधन केन्द्र, फलफूल जुस उत्पादनलगायतमा पनि बीउ पुँजी दिइनेछ ।

    कृषि व्यवसाय (उत्पादन प्रशोधन र बजारीकरण) कार्यको थालनी, सुधार र वृद्धि गर्नुपर्दा लाग्ने पुँजीमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो ।

    अनुदान कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै प्रभावकारी ढङ्गबाट परिचालन गर्न अनुदान प्रवाहको सट्टामा बीउ पुँजी परिचालनको नीति अगाडि सारिएको सचिव पाण्डेले बताए ।

    कार्य प्रगतिका आधारमा तोकिएको मापदण्ड र सम्झौतामा उल्लेख भएअनुसार किस्ताबन्दीमा बंैकमार्फत बीउ पुँजी उपलव्ध गराइनेछ ।

    प्रदेशभित्र बसोबास गरी कृषि कार्य गर्ने जोकोही पनि बीउ पुँजीबाट लाभान्वित हुनेछन् । १० लाखभन्दा बढी बीउ पुँजी माग गर्ने कृषकको बैंक ग्यारेन्टी लिएर रकम दिइनेछ ।

    गत वर्षमा दिइएको ५० प्रतिशत अनुदान कटौती गरी बीउ पुँजी थालिएको हो । बीउ पुँजीका लागि भदौ १५ गतेसम्ममा सूचना आह्वान गर्ने गरी तयारी थालिएको छ ।

    मन्त्रालयले निर्देशनालय र कृषि ज्ञानकेन्द्रमार्फत कार्यक्रम अघि बढाउँदैछ । मन्त्रालयले उत्पादनका आधारमा प्रोत्साहन रकम वितरणका लागि रु ३५ करोड विनियोजन गरेको छ ।

    जसमध्ये दूधका लागि ३० करोड र उन्नत बीउका लागि पाँच करोड विनियोजन गसिएको हो । गत वर्ष प्रदेशका दुग्ध उत्पादक कृषकले प्रतिलिटर एक दशमलव ६३ प्रतिशत अनुदान पाएका थिए ।

    सहकारीमार्फत दूध सङ्कलन भई बिक्री भएका आधारमा अनुदान रकम दिने व्यवस्था छ ।

  • पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

    पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

    हेटौंडा, भदौ ५-
    गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् ।

    वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

    प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

    यस्तै पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

    बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

    प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ ।

  • बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

    बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

    हेटौंडा, भदौ १-
    बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन् ।

    ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन् ।

  • उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौंडाका पाँच व्यावसायिक फार्मलाई जरिवाना

    उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौंडाका पाँच व्यावसायिक फार्मलाई जरिवाना

    हेटौंडा, साउन २६-
    जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौंडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौंडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा हेटौंडा बजार अनुगमनका क्रममा खटिएको टोलीले उक्त व्यवसायीलाई जरिवाना गरेको हो ।

    उनका अनुसार अनुगमनका क्रममा अनुमतिबिना सञ्चालन, अखाद्य वस्तुको प्रयोग, अस्पतालमा क्षमताभन्दा बढी शय्या राख्ने, होटलमा सरसफाइ नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको र बिक्री मूल्यमा कमी–कमजोरी पाइएपछि कारबाहीस्वरुप जरिवाना गरिएको हो ।

    हेटौंडा बजारमा रहेका र कारबाहीमा परेका आँगन स्वीटस् एण्ड फास्टफुडलाई २० हजार, राजधानी स्वीटस्लाई २० हजार, अल्फा डेन्टललाई पाँच हजार, इपिपी जनरल अर्डर सप्लायर्सलाई १५ हजार न्यू यु एण्ड आइ सुसेन्टरलाई १० हजार जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

    त्यस्तै, अनुमतिविपरीत सञ्चालनमा रहेका नेशनल पोलिक्लिनिक बन्द गराइएको तथा एक हप्ताभित्र अनुमति लिन निर्देशन दिइएको सहायक प्रजिअ गैरे जानकरी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार कुल ५४ व्यावसायिक फार्मको अनुगमन भएको थियो ।

    तीमध्ये होटल स्वीटस् तथा फास्टफुड पसल ११ , अस्पताल तथा स्वास्थ्य संस्था छ, सुपर मार्केट तथा गोदाम घर दुई हार्डवेयर पसल १० र फेन्सी पसल नौ को अनुगमन भएको थियो ।

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा विषयगत कार्यालय, हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य महासङ्घ तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

  • मकवानपुरमा आठ हजार ६ सय नयाँ मतदाता

    मकवानपुरमा आठ हजार ६ सय नयाँ मतदाता

    हेटौंडा, साउन २४-
    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ ।

    आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत मकवानपुरमा चार हजार पाँच सय १७ पुरुष तथा चार हजार एक सय २६ महिला गरी कूल आठ हजार छ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयबाट जानकरी प्राप्त भएको छ ।

    गत साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन कार्य बन्द भएको बताइएको छ ।

    मकवानपुरमा निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गरी दुई स्थानमा बेग्लाबेग्लै मतदाता नामावली सङ्कलन भएको थियो ।निर्वाचन कार्यालयमा तीन हजार चार सय ३२ पुरुष र तीन हजार ९८ महिला गरी कूल छ हजार पाँच सय २१ ले मतदाता नामावलीमा दर्ता गराएको थिए ।

    जिल्ला प्रशासन कार्यालयमा नौ सय २१ महिला तथा नौ सय १९ पुरुष गरी एक हजार आठ सय ५० जनाले मतदाता नामावलीमा दर्ता गराएको बताइएको छ ।

    सो अवधिमा एक हजार दुई सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेको बताइएको छ । मतदाता परिचयपत्र त्रृटि सच्याउनेको सङ्ख्या एक सय थियो ।

    बाहिरी जिल्लामा तीन सय ४३ जनाले मतदाता नामावली सारेको सो कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख लुम्वनाथ अधिकारीबाट प्राप्त विवरणअनुसार मकवानपुरमा हाल एक लाख ५६ हजार छ सय ४९ पुरुष तथा एक लाख ५० हजार एक सय ६२ महिला र पाँच अन्य गरी तीन लाख छ हजार आठ सय १६ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको जनाइएको छ ।

    जिल्लामा मतदानस्थल एक सय ६५ तथा मतदान केन्द्र तीन सय ५६ रहेको सो कार्यालयले जनाएको छ ।