Category: विदेश

  • कजाकिस्तान जहाज दुर्घटना : सवार ६७ मध्ये २५ जनाको जीवितै उद्धार

    कजाकिस्तान जहाज दुर्घटना : सवार ६७ मध्ये २५ जनाको जीवितै उद्धार

    काठमाडौं, पुस १० –
    कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।

    कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

    जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।

  • अमेरिकी डलरको मूल्य बढ्यो

    अमेरिकी डलरको मूल्य बढ्यो

    काठमाडौं, पुस १० –
    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

    युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिंगेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

    केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, सिंगापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।

    केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा तोकिएको छ ।

    मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा तोकेको छ ।

    बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक्ले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । – रासस

  • पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु

    पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु

    काठमाडौं, पुस १० –
    क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएका छन् ।

    हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन् । यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।

    गोली चल्दा पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका थिए । खबरका अनुसार गोली लागेर दुई जना पत्रकार र एक जना प्रहरीको मृत्यु भएको छ । हमला भिभ अन्सानम समूहले गराएको थियो । यो गोलीबारीपछिका कयौँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो। – एजेन्सी

  • सन् २०२४ ‘सबैभन्दा तातो वर्ष’

    सन् २०२४ ‘सबैभन्दा तातो वर्ष’

    काठमाडौं, पुस ७ –
    विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)को एक रिपोर्टअनुसार सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ ।

    समुद्री सतह बढ्दै र मौसमी घटना अत्यधिक रहेको विज्ञले बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनमा ठूलो क्षति भएको विज्ञको भनाइ छ ।

    डब्ल्यूएमओका अनुसार, लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ । गएको अक्टोबरमा विनाशकारी ‘दाना’ आँधीले स्पेनमा ठूलो क्षति गरेको थियो । २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    पोल्यान्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानियाजस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरे ।

    विज्ञले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी संकेत भएको बताएका छन् । – एजेन्सी

  • अमेरिका र भारतले पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने

    अमेरिका र भारतले पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने

    लस एन्जलस, पुस ६ –
    नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२५ मार्चमा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

    नासा–इसरो सिन्थेटिक अपर्चर रडार (निसार)ले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तन मापन गर्न प्रत्येक १२ दिनमा दुईपटक पृथ्वीको लगभग सबै जमिन र बरफको सतह स्क्यान गर्नेछ । निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।

    नासाका अनुसार, निसारको अवलोकनले विश्वभरका अन्वेषकलाई ग्रहको सतहमा आइसफिट, हिमनदी र समुद्री बरफलगायत परिवर्तन राम्ररी बुझ्न मद्दत गर्नेछ ।

    यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तन साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि दर्साउनेछ । – रासस

  • राजनीतिक उथलपुथलबिच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

    राजनीतिक उथलपुथलबिच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

    पेरिस, मङ्सिर २९ –
    फ्रान्समा जारी राजनीतिक उथलपुथलका बिच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

    ७३ वर्षीय बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको नेतृत्व गर्छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए । यो भेट करिब दुई घण्टा चलेको थियो ।

    हालै फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई उनको पदबाट हटाइएको थियो । उनी तीन महिना मात्रै पदमा रहिन् ।

    राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ ।

    फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरताप्रति चिन्तित रहेको खुलासा गरेको थियो । – एजेन्सी

  • युक्रेनको जापोरिझियामा क्षेत्रमा रुसी आक्रमणबाट १० जनाको मृत्यु

    युक्रेनको जापोरिझियामा क्षेत्रमा रुसी आक्रमणबाट १० जनाको मृत्यु

    किभ, मंसिर २७ –
    युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा रुसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । गएको मंगलबार गरिएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

    भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए । आक्रमणबाट मध्य जापोरिझियास्थित एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।

    युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै आफ्नो देशलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन् ।

    गएको शुक्रबार पनि जापोरिझियामा रसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

    एक अमेरिकी अधिकारीले रुसले चाँडै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निसाना बनाउन सक्ने बताएका छन् । – रासस

     

  • दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

    दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

    काठमाडौं, मंसिर २६ –
    दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ ।

    दक्षिण कोरियाको योनहाप समाचार संस्थाका अनुसार, सियोल महानगरीय प्रहरी र राष्ट्रिय प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको छ ।

    यो प्रहरी कारबाही राष्ट्रपति युन सुक–योलले ‘मार्सल ल’ लागु गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ ।

    योनहापको रिपोर्टअनुसार. छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत हप्ता मंगलबार र बुधबारको बीचमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले देशमा ‘मार्सल ल’ लागु गरेका थिए ।

    तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

  • सिरियाका राष्ट्रपति असदले देश छोडेर भागेको विद्रोहीको दाबी

    सिरियाका राष्ट्रपति असदले देश छोडेर भागेको विद्रोहीको दाबी

    काठमाडौं, मंसिर २३ –

    सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले ‘तानाशाह’ राष्ट्रपति बसर अल–असद देश छोडेर भागेको दाबी गरेका छन् ।

    विद्रोही समूहले राष्ट्रपति भागेपछि सिरिया हाल ‘स्वतन्त्र’ भइसकेको पनि दाबी गरेका छन् ।

    विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ सुरुआत भएको समेत जनाएको छ ।

    विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन् । विद्रोहीले भनेका छन्, “यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिका साथ बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ ।”

    यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका छन् भन्ने स्पष्ट भइसकेको छैन ।

  • स्पेनकाे गोदाममा विस्फोट : तीनजनाको मृत्यु

    स्पेनकाे गोदाममा विस्फोट : तीनजनाको मृत्यु

    काठमाडौं, मंसिर १३ –
    स्पेनको दक्षिणपूर्वी सहर इबीमा रहेको एउटा कारखानामा बुधबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।

    भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिब ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन् । बेर्नाबेले विस्फोट हुँदा भवनको छाना र पर्खालको केही भाग भत्किएको र धेरै मानिस भग्नावशेषमा फसेको बताए ।

    विस्फोटबाट गम्भीर घाइते भएका तीनजनालाई नजिकैको एलिसेन्टे, भ्यालेन्सिया र अल्कोयका अस्पतालमा लगिएको छ । विस्फोटमा परी थप तीनजना सामान्य घाइते भएका छन् । – एजेन्सी