Category: विदेश

  • लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीनबिचको सहमतिमा ओलीले जनाए आपत्ति

    लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीनबिचको सहमतिमा ओलीले जनाए आपत्ति

    बेइजिङ ३१ अगस्त
    प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् ।

    ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति रहेको कुरा राख्नुभयो’ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने ।

    साथै सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली पूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालकै भएको स्पष्ट पारिएको समेत राईले बताए । ‘यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ’ उनले भने ।

    भेटवार्तामा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी समेत भएको राईले जानकारी दिए ।

  • कोचिङमा बँचेको रकम प्रअसहित तीन जनाले बाँडेर लिएको भानु माविद्वारा स्वीकार, विद्यार्थीलाई फिर्ता गरिने

    कोचिङमा बँचेको रकम प्रअसहित तीन जनाले बाँडेर लिएको भानु माविद्वारा स्वीकार, विद्यार्थीलाई फिर्ता गरिने

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, जेठ १४ –
    भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कोचिङ् कक्षाका लागि उठाइएको रकममा आर्थिक अपचलन भएको विषयको समाचार प्रकाशन भएपछि विद्यालयले प्रतिक्रिया जनाएको छ ।

    कक्षा १० मा अध्ययनरत शैक्षिक सत्र २०८१ का विद्यार्थीहरुलाई रात्रिकालीन कोचिङ् कक्षा पढाउनका लागि उठाइएको रकममा आर्थिक अपचलन भएको विषयमा हामीले समाचार प्रकाशन गरेका थियौं ।
    विद्यालयका पूर्व प्रधानाध्यापक एवम् कोचिङ् कक्षा समेत पढाएका शिक्षक विष्णु प्रसाद सापकोटाका अनुसार कोचिङ् पढाउनका लागि विद्यार्थीबाट उठाएर शिक्षक कर्मचारीलाई तलब दिइसकेपछि बँचेको रकमका आर्थिक अपचलन भएको जानकारी दिएका थिए ।

    पूर्व प्रधानाध्यापक सापकोटाले हामीलाई गराएको जानकारी अनुसार राती ६ः३० बजेबाट ९ बजेसम्म कोचिङ् सञ्चालन गर्ने भनि प्रति विद्यार्थी ९ हजारका दरले रकम उठाइन्छ । १२६ जना विद्यार्थीले कोचिङ् कक्षा लिएका हुन्छन् । ८० दिनको प्याकेज अर्थात ६४० पिरियडको प्याकेज पढाउने भनि विद्यार्थीबाट पैसा उठाइएको हुन्छ र पढाउने शिक्षकहरुलाई पनि पढाएको पिरियडका आधारमा पारिश्रमिक दिने भनिएको हुन्छ । तर भानु माविले पूरा पिरियड पढाउन सक्दैन । जम्मा ४६५ पिरियड मात्र विद्यार्थीहरुलाई पढाइन्छ । र शिक्षकहरुलाई पनि ४६५ पिरियडको पैसा पारिश्रमिकका भुक्तानि गरिन्छ । तर विद्यार्थीसँग भने ६४० पिरियडकै पैसा उठाइएको हुन्छ । जस अनुसार विद्यार्थीबाट कुल १० लाख १२ हजार रुपैयाँ उठाइन्छ । र शिक्षक कर्मचारीलाई गरेर कुल ६ लाख १७ हजार ९ सय रुपैयाँ पारिश्रमिकका रुपमा दिइन्छ । बाँकी रहन्छ ३ लाख ९४ हजार १ सय रुपैयाँ । उक्त बाँकी रहेको पैसामा आर्थिक अपचलन भएको हो ।

    बाँकी रहेको ३ लाख ९४ हजारलाई विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी, सहायक प्रधानाध्यापक डम्बर बहादुर शाही र कोचिङ् कक्षा संयोजक दिपेश रायले गोप्यरुपमा १ लाख ३१ हजारका दरले बाँडेर खान्छन् अर्थात कुम्ल्याउँछन् । उक्त कुरा स्टाफ मिटिङ् उठेपछि प्रधानाध्यापकले कुनै जवाफ नै नदिई उठेर जान्छन् । त्यसपछि स्टाफ मिटिङ् प्रधानाध्यापकले राख्नै सकेका थिएनन् ।

    भिडियोमा हेर्नुहोस्,

    यो कुरा थाहा पाइसकेपछि कोचिङ् कक्षा पढाउने ७ जना शिक्षकहरुले अझैसम्म पारिश्रमिक बुझ्न मानेका थिएनन् । कोचिङ् कक्षा पढाउने सामाजिक शिक्षिका तिर्थादेवी पोख्रेलले प्रधानाध्यापकले आर्थिक पारदर्शिता देखाउन नसकेकाले अहिलेसम्म आफूले पारिश्रमिक नबुझेको बताएकी थिइन् ।

    विद्यालयमा ४ देखि ९ सम्म पढाउने शिक्षिका एवम् १० कक्षामा आफ्नो छोरालाई सोही विद्यालयमा पढाएकी अभिभावक कृष्णकुमारी लम्सालले आफूले पनि आफ्नो छोरा पढाएबापत ९ हजार रुपैयाँ तिरेको बताएकी थिइन् । र जति समय पढाउनुपर्ने हो त्यति पढाइ हुन नसकेको बताएकी थिइन् । उनले विद्यालयमा ३ जना मिलेर रकम बाँडेर खाएको र अरु केही शिक्षक शिक्षिाकाले अहिलेसम्म पारिश्रमिक पनि बुझ्न नमानेको हल्ला विद्यालयभरि फैलिएको बताएकी थिइन् ।

    यस विषयमा हामीले त्यतिखेर विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी, सहायक प्रधानाध्यापक डम्बर बहादुर शाही र कोचिङ् कक्षा संयोजक दिपेश रायसँग प्रतिक्रिया लिन खोज्दा कसैले पनि यस विषयमा बोल्न मानेका थिएनन् ।

    पूर्व प्रधानाध्यापक विष्णुप्रसाद सापकोटासहित ७ जनाले शिक्षक शिक्षिकाले आर्थिक पारदिर्शतामा माथि प्रश्न गर्ने, रकम बाँडेर खाएको आरोप लगाउने तर प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र कोचिङ् संयोजकले कुनै प्रतिक्रिया नै दिन नखोज्नुले हिन्दी शब्द ‘दालमे कुछ काला हे’ भने झैं आर्थिक अपचलन भएको कुरालाई पुष्टि गर्ने आधार सृजना गरेको थियो ।

    समाचार प्रकाशन भएको १ हप्तापछि विद्यालयले प्रतिक्रिया दिएको छ । रात्रीकालीन कोचिङ् संयोजक दिपेश रायले १ लाख ३१ हजारका दरले रकम तीन जनाले बाँडेर लिएको स्वीकार गरे । उनले उक्त रकम सँधैका लागि नभई केही समय काम चलाउन पेश्कीका रुपमा बाँडिएको दाबी गरेका छन् । त्यस विषयमा समाचार प्रकाश भएपछि सबैले उक्त रकम फिर्ता गरेको र हिसाब मिलान गरिएको उनको भनाइ छ ।

    तीनै जनाले आफूले लिएको रकम फिर्ता गरी ३ लाख ९४ हजारलाई पुनः एकै ठाउँमा जम्मा पारिएको र त्यसलार्ई प्रति व्यक्ति ७६ हजारका दरले प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र आफूले गरी कुल २ लाख २८ हजार रुपैयाँ अतिरिक्त पारिश्रमिकका रुपमा लिने सहमति भएको बताए । विद्यालयमा ६ बजेदेखि ९ बजेसम्म बसेर व्यवस्थापन गरेबापत अतिरिक्त पारिश्रमिक लिएको उनको भनाइ छ । ३ लाख ९४ हजारमा २ लाख २८ हजार अतिरिक्त पारिश्रमिकका रुपमा र बाँकी रहेको १ लाख ६६ हजार रुपैयाँबाट टेलिफोन खर्च समेत कटाएर बाँकी रहन आउने १५४ हजार रुपैयाँ विद्यार्थीलाई फिर्ता गर्ने गरी जेठ ९ गते सहमति गरिएको उनले जानकारी गराए ।

    विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीले भने विज्ञप्तिमार्फत जवाफ फर्काउँदै समाचार प्रकाशन गरेको प्रति खेद प्रकट गरेका छन् । बँचेको पैसालाई आवश्यकता अनुसार पेश्कीका रुपमा बाँडिएको र त्यसको हिसाब मिलाउन बाँकी रहेको अवस्थामा समाचार प्रकाशन भएको उनले विज्ञप्तिमार्फत भनेका छन् ।                                                                 

    यसरी प्रधानाध्यापक र कोचिङ् संयोजकले बँचेको पैसालाई बाँडेर लिएको स्वीकार गर्दै पेश्कीको रुपमा लिएको भनि आफूहरुको बँचाउ गरेका हुन् ।

    पेश्की शब्दको अर्थ हुन्छ कुनै काम गर्नका लागि अग्रिम रुपमा दिईने भुक्तानी । तर पढाउने काम पनि सकिएको अवस्था, विद्यार्थीहरुले परीक्षा दिइ सकेको अवस्था, पैसाको हिसाबकिताब गरी शिक्षक कर्मचारीलाई तलब छुट्याएर पैसा बँचेको अवस्था र उक्त बँचेको पैसालाई भाग लगाएर लिने अनि अहिले पेश्की लिएको हो भन्नु कुन कोणबाट मिल्दछ यसको जवाफ तीनै जनाले दिन सकेका छैनन् । यस अघि स्टाफ बैठकमा बँचेको रकम बारे प्रश्न गर्दा पेश्की लिएको कुरा उठ्दै नउठेको बताउँदै शिक्षकहरुले अहिले समाचार प्रकाशन भएपछि पेश्कीको कुरा आएको बताएका छन् । समाचार प्रकाशन भएपछि आफ्नो बँचाउका लागि तीन जनाले पेश्कीको बाहना बनाएको छर्लङ्ग हुन्छ ।

    अर्काे प्रश्न विभिन्न शिक्षकहरुले उठाइरहेका छन् की, प्रधानाध्यापक कोचिङ्का समयमा जम्मा एक हप्ता जति मात्र आए, तर उनले पारिश्रमिक ७६ हजार कुन आधारले लिन मिल्छ ? यस विषयमा विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीसँग कुनै जवाफ नै छैन ।

    यस विषयमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले भानु माविको आर्थिक विवादका विषयमा आफूले जानकारी पाएको बताएका छन् । उनले यस विषयमा लिखित उजुरी आइनसकेको बताए । लिखित उजुरी आएमा तत्काल छानबिन गर्ने उनको भनाइ छ । लिखित उजुरी नआएपनि विद्यालयसँग हिसाबकिताब मागिने उनले बताए ।

  • हमासलाई नेतान्याहुको चेतावनी : शनिबारसम्म बन्धक रिहा नगरे पुन: युद्ध सुरु हुन्छ

    हमासलाई नेतान्याहुको चेतावनी : शनिबारसम्म बन्धक रिहा नगरे पुन: युद्ध सुरु हुन्छ

    तेल अभिभ, माघ ३० –
    इजरायली बन्धकहरूको रिहाइ रोक्ने हमासको घोषणापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुन: युद्ध सुरु गर्ने चेतावनी दिएका छन् ।

    नेतान्याहुले भने, ‘यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने, हामी गाजामा युद्धविराम समाप्त गर्नेछौँ र फेरि लडाइँ सुरु गर्नेछौँ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासलाई बन्दीको रिहाइ नरोक्न चेतावनी दिएका थिए ।

    नेतान्याहुले इजरायली सेनालाई गाजा वरपर भेला हुन आदेश दिएका छन् । हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएको हमासको घोषणापछि उनले यो कदम चालेका हुन्।

    नेतान्याहुले शनिबारसम्ममा बाँकी रहेका सबै ७६ बन्धकहरूको रिहाइको बारेमा कुरा गरिरहेका थिए वा रिहाइ रोकिएका तीन जनाको मात्र बारेमा कुरा गरिरहेका थिए भन्ने कुरा स्पष्ट पारेनन् । तर एक मन्त्रीले भने कि उनको अर्थ ‘सबै जना’ हो।

    हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको कारणले बन्धकहरूको रिहाइ रोकिएको बताएको थियो । यो दाबी इजरायलले अस्वीकार गरेको छ ।

    त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यदि हमासले बन्धक बनाइएका सबै नागरिकहरूलाई रिहा गर्दैन भने इजरायलले हमाससँगको युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका थिए ।

    हमास र इजरायलबिचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो। हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। बदलामा, इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ। – एजेन्सी

  • भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तीमा सातजनाको मृत्यु

    भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तीमा सातजनाको मृत्यु

    काठमाडौं, माघ ३० –
    भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृतक सबै दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन्।

    मध्य प्रदेशको जबलपुर जिल्लामा सिमेन्ट बोकेको ट्रकसँग तीर्थयात्रु बोकेको बस ठोक्किएको थियो। अन्य केही घाइते भएका छन्।

    उनीहरू उत्तर प्रदेशमा चलिरहेको महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए। स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो ।

  • ग्वाटेमाला बस दुर्घटनाः मृतक संख्या ५५ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

    ग्वाटेमाला बस दुर्घटनाः मृतक संख्या ५५ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

    काठमाडौँ, माघ २९ –
    मध्य अमेरिकाको देश ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ।

    अधिकारीहरूका अनुसार बसमा ७० भन्दा धेरै यात्रु सवार थिए। सो दुर्घटनामा केही गम्भीर घाइते भएका छन्। उद्धारकर्ता एडविन भिल्लाग्रानले धेरै सवारी साधन एकअर्कासँग ठोक्किएपछि बस लगभग २० मिटर गहिरो नालीमा खसेको भनेका छन्।

    ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। यसका साथै, मानिसहरूलाई सहयोग गर्न सेना र विपद् एजेन्सीहरू खटाइएको छ। – एजेन्सी

  • अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

    अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

    एरिजोना, माघ २९ –
    अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।

    यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो।

    स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। यसबाहेक अन्य चार जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

    अमेरिकामा पछिल्लोसमय लगातार विमान दुर्घटनाहरू भइरहेका छन् । वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमान आकाशमा नै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । लगत्तै फिलाडेल्फियामा मेडिकल जेट दुर्घटना हुँदा ७ जना र अलास्कामा अर्को विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । – एजेन्सी

  • हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी

    हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी

    वासिङ्टन डिसी, माघ २९ –
    हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।ट्रम्पले हमासलाई शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका हुन्।

    ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यको लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएका छन्। ‘जहाँसम्म मेरो कुरा छ, यदि शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने, म भन्छु, यसलाई (सम्झौता) रद्द गर्नुहोस्,’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटोहरू बन्द गरिनुपर्छ, र विनाश सिर्जना गरिनुपर्छ। मलाई लाग्छ यो पर्याप्त समय हो।’

    ट्रम्पले शनिबार दिउँसो १२ बजेको बारेमा कुरा गरिरहेका थिए कि मध्यरात १२ बजेको बारेमा भन्ने चाहिँ अझै स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि स्पष्ट छैन।

    ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिने आशा व्यक्त गरेका छन् । यदि यस्तो भएन भने भन्ने उनको भनाइको अर्थ के हो भनेर बीबीसीले राष्ट्रपति ट्रम्पलाई सोध्दा उनले जवाफ दिए, ‘तपाईंले थाहा पाउनुहुनेछ, र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो भनाईको मतलब के हो भनेर बुझ्नेछ।’

    उनले ‘यो मेरो समयसीमा हो’ भनेर स्पष्ट पार्दै आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई उल्लेख गरेनन्।

    हमासले के भनेको थियो ?
    यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने बताएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।

    हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘विगत तीन हप्तामा, शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको हाम्रो नेतृत्वले देखेको छ। यी उल्लङ्घनहरूमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ समावेश छ।’

    यसबाहेक, गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि हमासले लगाएको छ। – एजेन्सी

  • ५ वर्षदेखि नुहाएका छैनन् यी डाक्टर, यस्तो छ कारण

    ५ वर्षदेखि नुहाएका छैनन् यी डाक्टर, यस्तो छ कारण

    वासिङ्टन डीसी, माघ २८ –
    व्यक्तिगत सरसफाइबारेमा सोच्दा तपाईंको दिमागमा के आउँछ ? दिनमा कम्तीमा एक पटक नुहाउन पर्ने हो भन्ने नै आउँछ होला ।

    एक अमेरिकी डाक्टरले यो सामान्य धारणालाई निर्धक्कसँग चुनौती दिएका छन् । यिनको नाम हो डा.जेम्स ह्याम्बलिन । उनले पाँच वर्षदेखि नुहाएका छैनन् । तर उनी गन्हाउँदैनन् भन्ने दाबी गरेर समाचारको शीर्षक बने ।

    त्यति मात्रै कहाँ हो र ? उनले त उल्टै स्याम्पु, साबुन र हामीलाई स्वच्छ राख्ने अन्य उत्पादनहरूलाई बेकार भन्दै गाली पनि गरे । यिनीहरूले उल्टै शरीरमा नराम्रो प्रभाव पार्ने उनको जिकिर छ ।

    ह्याम्बलिन एक जनस्वास्थ्य विशेषज्ञ र लेखक पनि हुन् । दैनिक नुहाउनु पर्ने आवश्यकतामाथि प्रश्न उठाएर उनले नयाँ बहसलाई जन्म दिएका छन् । एउटा प्रयोगमा, उनीहरूले सरसफाइ बानी स्वास्थ्यको लागि आवश्यक छ कि केवल व्यक्तिगत प्राथमिकता हो भनेर बुझ्न पाँच वर्षसम्म नुहाउन छोडे । चेजिङ लाइफ पोडकास्टमा सीएनएनका प्रमुख मेडिकल रिपोर्टर डा. सञ्जय गुप्तासँग कुरा गर्दै ह्याम्बलिनले भने कि उनले नियमित रूपमा नुहाउन बन्दै गरेका छन् । तर पनि उनी गन्हाउँदैनन् ।

    ननुहाउँदा गन्हाउँदैन त ? ह्याम्बलिनको यो प्रयोग नै बारम्बार नुहाउनु आवश्यक छ भन्ने विचारलाई चुनौती दिनको लागि थियो । व्यक्तिगत हेरचाह उत्पादनहरूको प्रयोग वास्तवमा फाइदाजनक छ कि छैन भनेर उनी बुझ्न चाहन्थे ।

    ‘हाम्रो छाला माइक्रोबायोमको घर हो । यो ब्याक्टेरियाको जटिल पारिस्थितिक प्रणाली हो जसले छालाको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । साबुन र स्याम्पुले बारम्बार हात धुँदा छालाबाट प्राकृतिक तेल र रसायनहरू हट्छन् । यो लनबाट माटो निकाल्नु जस्तै हो,’ ह्याम्बलिनले भन्छन् । साबुनले छालामा रहेको बोसो, लिपिड, तेलहरू हटाउने पनि उनले बताए ।

    साबुनले छालाको माइक्रोबायोम प्रणालीमा पार्ने प्रभाव

    यसले एउटा चक्र सिर्जना गर्न सक्छ जहाँ हामी हाम्रो छाला सफा गर्छौँ, सुकाउँछौँ, र त्यसपछि क्षतिपूर्ति दिन लोसन र अन्य उत्पादनहरू प्रयोग गर्छौँ । छालाको माइक्रोबायोम पेटको माइक्रोबायोम भन्दा सानो छ, तर सिद्धान्त एउटै छ । यी सूक्ष्म जीवहरू सधैँ हामीसँगै रहेको ह्याम्बलिनले बताए ।

    आफूलाई पूर्ण रूपमा जीवाणुमुक्त सम्भव छैन । जति सफा गरेपनि यो चाँडै फेरि फैलिनेछ । मानिसहरूको सबैभन्दा ठूलो चिन्ता यही हो कि नुहाइएन भने शरीरबाट नराम्रो गन्ध आउन थाल्नेछ ।

    तर, समयसँगै ह्याम्बलिनले भने आफ्नो शरीरमा अनुकूल भएको पाए । व्यायाम पछि पनि शरीर पसिनामा भिजेको हुन्छ, त्यसलाई केवल पानीले पखाल्न सकिने ह्याम्बलिन भन्छन् ।– एजेन्सी

  • गाजालाई कब्जा गर्ने ट्रम्पको योजना, हमासले गर्‍यो ठाडै अस्वीकार

    गाजालाई कब्जा गर्ने ट्रम्पको योजना, हमासले गर्‍यो ठाडै अस्वीकार

    काठमाडौं, माघ २३ –
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भएको विनाशका कारण प्यालेस्टिनीहरूसँग छोड्नुको विकल्प नरहेको बताएका छन् । उनले जोर्डन र इजिप्टले द्वन्द्वपीडित प्यालेस्टिनीलाई आश्रय दिनुपर्ने सुझाव पनि दिएका छन् ।

    अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गाजालाई कब्जामा लिएर पुनर्निमाण गर्ने विषयमा सोचिरहेको बताएका छन् ।

    ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर अमेरिकाले गाजामा रहेका खतरनाक बम र अन्य हतियारहरू हटाएर भत्किएका भवन सफा गर्न सक्ने बताएका छन् । अमेरिकाले असीमित रोजगारी र आवास सिर्जना गर्ने आर्थिक विकास गर्न सक्ने उनको भनाइ छ ।

    ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर विकास गर्ने योजनालाई विश्वका शीर्ष नेताहरूले समर्थन गरिरहेको दाबी गरे । जुन मध्यपूर्वमा शान्ति ल्याउने प्रभावकारी योजना रहेको उनको भनाइ छ ।

    “म चाँडै इजरायल, गाजा, साउदी अरेबिया र मध्य पूर्वका अन्य ठाउँहरूको भ्रमण गर्नेछु । मध्य पूर्व एउटा अद्भूत ठाउँ हो । तर कमजोर नेतृत्वले धेरै समस्याहरू सिर्जना गरेको छ,” उनले भनेका छन् ।

    संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले ट्रम्पको प्रस्तावलाई ‘गाजाका लागि नयाँ भविष्य’ भनेर वर्णन गरेका थिए ।

    तर, हमासले ट्रम्पको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरिदिएको छ । हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले अमेरिकी राष्ट्रपतिको भनाइ गाजामा अराजकता र तनाव बढाउने खालको भएको बताएका छन् ।

    “हाम्रा जनताले गाजामा यी योजनाहरू कार्यान्वयन हुन दिने छैनन् । महत्त्वपूर्ण कुरा भनेको हाम्रा जनतामाथिको कब्जा र आक्रमण अन्त्य गर्नु हो, उनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्नु होइन,” हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    इजिप्ट र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी प्रतिनिधिले विश्व नेताहरूले प्यालेस्टिनीहरूको इच्छाको सम्मान गर्नुपर्ने बताएका छन् ।

  • महिला फ्यानलाई चुम्बन : उदितले दिए यस्तो स्पष्टीकरण

    महिला फ्यानलाई चुम्बन : उदितले दिए यस्तो स्पष्टीकरण

    काठमाडौं, माघ २२ –
    कुशल गायन कलाले स्रोताको मन जितेका ६९ वर्षीय उदितनारायण झा यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनीसँग सम्बन्धित एउटा भिडियो ‘भाइरल’ भइरहेको छ । यो भिडियो एक कन्सर्टको भएको बताइएको छ ।

    कन्सर्टमा उनको सुपरहिट गीत ‘टिप टिप वर्षा पानी’ गाउँदै गर्दा एक महिला फ्यान सेल्फी खिच्ने उद्देश्यले उदितनजिकै पुग्छिन् । महिला फ्यानले सेल्फी लिएपछि उदितको गालामा चुम्बन गर्छिन् । त्यसपछि उदितले महिला फ्यानको ओठमा चुम्बन गरिदिन्छन् ।

    त्यसैक्रममा उनले केही अरू महिला फ्यानलाई अँगालो हालेर गालामा चुम्बन गरेको पनि देख्न सकिन्छ ।

    त्यही भिडियो क्लिप भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेका छन् । केही प्रयोगकर्ताले उनको समर्थनमा पनि लेखेका छन् ।

    हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उदितनारायणले यसबारे स्पष्टीकरण दिएका छन् । उनले भनेका छन्, “फ्यानहरू धेरै क्रेजी हुन्छन्, हैन र ? हामी त्यस्तो छैनौँ । हामी सभ्य मानिस हौँ । कोहीकोहीले यसलाई बढावा दिन्छन् र यसको माध्यमबाट आफ्नो प्रेम देखाउँछन् ।”

    फ्यानहरू कलाकारसँग नजिकिन खोज्नु र माया दर्साउनुलाई सामान्य रूपमा लिनुपर्ने उनको धारणा छ । “फ्यानहरूलाई भेट्ने मौका यही हो भन्ने लाग्छ । त्यसैले कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात मिलाउँछन् । यसमा धेरै ध्यान दिनु हुँदैन,” उनले भनेका छन् ।