Category: विदेश

  • लखनउमा भवन दुर्घटनामा मर्नेको सङ्ख्या आठ पुग्यो

    लखनउमा भवन दुर्घटनामा मर्नेको सङ्ख्या आठ पुग्यो

    नयाँ दिल्ली, भदौ २३-
    उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किँदा ठुलो दुर्घटना भएको थियो । अहिलेसम्म यस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

    समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ ।

    यस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ । कार्यालयले मृतक र घाइतेको नाम पनि सार्वजनिक गरेको छ । उद्दार कार्य जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको बताइएको छ ।

    एनडीआरएफ, एसडीआरएफ, फायर सर्भिस, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग, ती सबै राहत र उद्धारमा संलग्न रहेको बताइएको छ ।

  • रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द

    रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द

    मुम्बई, २२ भदौ
    भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु हुनुका साथै ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो ।

    स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका निम्ति राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने’ जनाइएको छ ।

    शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो । त्यसलाई स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ ।

    मणिपुरका पूर्वमुख्यमन्त्री स्व. मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार गरिँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    शुक्रबारको आक्रमणमा विद्रोहीले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसामा वृद्धि भएको जनाएको छ ।

    मेइतेई र कुकी समुदायबीच जमिन र सार्वजनिक रोजगारीका निम्ति भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानवअधिकारवादी समूहले लगाएका छन् । रासस/एएफपी

  • ब्राजिलमा एक्समाथि प्रतिबन्ध

    ब्राजिलमा एक्समाथि प्रतिबन्ध

    ब्रासिलिया, भदौ १५-
    ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो ।

    दिइएको म्यादभन्दा पहिले एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो। अदालतका सबै आदेशहरू पुरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरुपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिए ।

    यो सम्पूर्ण मुद्दा यस वर्ष अप्रिलमा सुरु भएको थियो । त्यतिबेला न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौँ एक्सका खाताहरू प्रतिबन्ध लगाएका थिए ।

    उक्त आदेशको जवाफ दिँदै एक्सका मालिक एलन मस्कले भनेका थिए, ‘ वाक् स्वतन्त्रता कुनै पनि लोकतन्त्रको जग हो र जनताबाट निर्वाचित नभएका ब्राजिलका न्यायाधीशहरूले राजनीतिक दबाबमा परेर यसलाई बर्बाद गरिरहेका छन्।’

     

  • जापानमा शक्तिशाली सानसान आँधीको गति घट्यो

    जापानमा शक्तिशाली सानसान आँधीको गति घट्यो

    टोकियो, १५ भदौ
    जापानमा शक्तिशाली आँधीका कारण शनिबार पनि उडान र रेलसेवा अवरुद्ध रहेको जनाउँदै अधिकारीहरूले भारी वर्षासँगै सम्भावित बाढीपहिरोको चेतावनी दिएका छन् ।

    सानसान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो । बिहीबार त्यो क्युसु टापुमा अवतरण भएको थियो ।

    सुरुआती समयमा आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा बहेको थियो । उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रतिघण्टामा झरेको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाएको छ ।

    आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको । १२० जनाभन्दा बढी घाइते छन् ।

    एजेन्सीका अनुसार, पछिल्लो समयमा आँधीको गति घटेसँगै ‘डाउनग्रेड’ गरिएको, सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ ।

    आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले एएनए र जापान एयरलाइन्सले शनिबारका निम्ति करिब ६० आन्तरिक उडान रद्द गरेका छन् । बाढीको कारण देखाउँदै मध्य सहर नागोयामा सिकाङ्नसेन बुलेट ट्रेन सेवा पनि स्थगन गरिएको थियो ।

    जापान मौसम विज्ञान एजेन्सीले बाढीपहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ । उत्तरी होक्काइडोका केही सहरहरूमा भारी वर्षा भएको छ ।

    अपरेटरका अनुसार, दक्षिणी कागोशिमा क्षेत्रका ३२ हजारभन्दा बढी घरहरू सानसानको प्रभावले गर्दा विद्युत्विहीन भएका छन् ।

    वैज्ञानिकका अनुसार, जलवायु परिवर्तनका कारण जापानलगायत अरू ठाउँमा मौसमी प्रतिकूलता र जोखिम बढेको छ ।

    सन् २०२१ मा अत्यधिक वर्षाका कारण केन्द्रीय रिसोर्ट सहर अटामीमा विनाशकारी बाढीपहिरोबाट २७ जनाको मृत्यु भएको थियो ।

    २०१८ मा पश्चिमी जापानमा बाढीपहिरोले २०० भन्दा बढी मानिसको ज्यान लिएको थियो । रासस/एएफपी

  • भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना

    भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना

    केदारनाथ, भदौ १५-
    मर्मतकार्यका निम्ति लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो ।

    हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए । “हेलिकोप्टरमा कोही यात्रु वा सामान थिएन,” चौबेले भने, “घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको छ । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ ।”

    हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ)को टोली दुर्घटनास्थलमा पुगी उद्धारकार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

    दुर्घटनाको वास्तविक कारण अझै पत्ता नलागेको र अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ । रासस/एएनआई

  • जब अपहरणकारीसँग दुई वर्षीय बालक छुट्टिन मानेनन्

    जब अपहरणकारीसँग दुई वर्षीय बालक छुट्टिन मानेनन्

    काठमाडौँ, १४ भदौ
    १४ महिनासम्म अपहरणकारीसँग बिताएका दुई वर्षीय बालक आफ्नो परिवारको साथ जानुपर्दा निकै रोए । ती बालकलाई अपहरकारीको साथ छाड्न मन थिए ।

    घटना भारतको राजस्थान राज्यको जयपुरको हो । करिब १४ महिना अघि जयपुरको सांगानेरस्थित घरबाटै पृथ्वी नाम गरेका ११ वर्षीय बालक अपहृत भएका थिए । हालै जयपुर प्रहरीले अपहरकारीलाई अलीगढबाट नियन्त्रणमा लिएको हो ।

    अपहरणकारीसँग रहेका बालकलाई प्रहरीले उद्धार गरेर प्रहरीको जिम्मा लगाउन खोज्दा बालक निकै रोइरहेको थियो । उसले अपहरणकारीसँग छुट्टिन नमानेर रोएको दृश्यले प्रहरीको पनि आँखा रसायो ।

    प्रहरीले ती बालकलाई आमाको जिम्मा लगाए । तर फुत्केर ती बालक फेरि पनि अपहरणकारीकै साथ पुगेर रुन्थ्यो ।

    १४ महिनासम्म बालकलाई आफूसँग राख्दा अपहरणकारीले ती बालकलाई कुनै प्रकारको हानि नगरेको, बरु खेल्नका लागि विभिन्न खेलौना, नयाँ कपडा किनेर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार तनुज नाम गरेका अपहरणकारीले ती बालक आफ्नो छोरा रहेको दाबी गर्दै आएका छन् । बालकलाई अपहरण गरेपछि पनि तनुजले बालककी आमासँग फोन सम्पर्क गरी आफूसँगै बस्न बारम्बार आग्रह गर्दै आएको बताइएको छ ।

    प्रहरीले प्रेम प्रसङ्गको कोणबाट यो घटनालाई अनुसन्धान गरिरहेको बताइएको छ । तत्कालका लागि अपहरणकारी तनुजलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालकलाई उसको परिवारको जिम्मा लगाएको छ । एजेन्सी

  • गुजरातमा बाढी, २८ जनाको मृत्यु

    गुजरातमा बाढी, २८ जनाको मृत्यु

    अहमदाबाद, भदौ १३-
    भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनी समेत दिएको छ ।

    भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ । नदीनजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।

    गुजरात सरकारले बुधबार (हिजो) बाढीमा परेर १३ र घर वा रुखहरूले किचेर अरू व्यक्तिको मृत्यु भएको जनाएको छ ।

    इन्डियन एक्सप्रेसले राज्यभरि बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

    स्रोतका अनुसार, करिब एक हजार ८५६ जनाको उद्धार गरिएको छ । राहतकार्यका निम्ति सेनाका अधिकारीहरू तैनाथ गरिएको छ ।

    विपद्का कारण ऊर्जा तथा विद्युत् सेवा प्रभावित हुँदा करिब एक हजार गाउँ विद्युत्विहीन भएको जनाइएको छ ।

    सार्वजनिक तस्बिर र भिडियोमा उद्धारकर्मीले बाढीमा फसेका मानिसलाई बचाउन प्रयास गरिरहेका देखाइएको छ ।

    विज्ञले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको संख्या बढाइरहेको जनाएका छन् । रासस/एएफपी