Category: Banner तल ताजा समाचार

  • वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

    वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

    पर्सा, २९ चैत-

    वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।

    रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।- न्युज कारखाना

     

  • गण्डकी सरकारले सर्वाधिक राशिको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने

    गण्डकी सरकारले सर्वाधिक राशिको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने

    पोखरा, २९ चैत-

    गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटवल प्रतियोगिता गर्ने भएको छ । २ वैशाखदेखि सर्वाधिक राशिको नाईन ए साईड राष्ट्रिय भेट्रान्स फुटवल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भैसकेको सरकारले जनाएको छ ।

    नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय गराइराख्न प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।

    प्रतियोगितामा १९ टिमको सहभागिता हुने अनुमान छ । तिमध्ये पोखराबाट ६ र काठमाडौंबाट ८, वालिङ, हेटौंडा र सिमराबाट टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए ।

    प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार एक लाख ५० हजार र सेमिफाइनल पुग्ने टोलीले ३०/३० हजार नगद पाउने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । सर्वोकृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले १५/१५ हजार पाउनेछन् ।- न्युज कारखाना

  • मधेश प्रदेश सभाको ८औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

    मधेश प्रदेश सभाको ८औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

    जनकपुरधाम, २९ चैत-

    मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य हुने जानकारी दिएका हुन् ।

    मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका हुन् ।

    प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् । २९ मंसिरदेखि सुरु भएको आठौँ अधिवेशन चार महिना चलेको हो । यस अवधिमा २० वटा बैठक बसेको र सरकारबाट तीनवटा विधेयक दर्ता भएको हो । चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको छ ।- न्युज कारखाना

  • सेयर बजार दोहोरो अंकको ओरालो

    सेयर बजार दोहोरो अंकको ओरालो

    काडमाडौं, २९ चैत-

    सेयर बजार मंगलबार ३४ दशमलब ७९ अंकको ओरालो लागैसँगै २३८५ दशमलब ०१ अंकमा अएर बन्द भएको छ । घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ । यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार  हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ ।

    यसरी बजार घट्दा कारोबार रकममा कमि आउनु भनेको लगानी कर्ता योभन्दा सस्तोमा सेयर बेच्न राजी नभएको बुझिन्छ । मंगलबार बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे ।

    होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलब ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलब १ मा अन्तिम कारोबार भएको छ ।

    नेश्डो लघुवितको सेयर मूल्य २०५७ पुगेको छ । विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्,   शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन् । न्युज कारखाना

  • भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो : केपी ओली

    भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो : केपी ओली

    काठमाडौं, २९ चैत-

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताए ।

    ‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने ।

    माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।’ ओलीले भने ।

    माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।- न्युज कारखाना

  • अन्तिम खेलमा समेत नेपाल अफगानिस्तानसँग पराजित

    अन्तिम खेलमा समेत नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौं, २९ चैत-

    एएफसी फुटसल एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ अन्तरले पराजित भएको छ ।

    मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।

    लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७–० ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए ।

    यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले लज्जास्पद हार बेहोर्याे ।

    यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् ।- न्युज कारखाना

  • जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

    जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

    जुम्ला, २९ चैत

    स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ ।

    जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी समस्या भएकामा हुने गरेकाे छ । चिकित्सकहरूका अनुसार अतिसकाे जरा वाथराेग, छारेराेग, भाेक नलाग्ने समस्या नियन्त्रणमा पनि राहत मिल्ने गरेकाे प्रमुख बस्नेतले बताए ।

    स्थानीयवासीले अतिसकाे बिरूवा गाईवस्तुको खुरमा घाउ आएकाे बेला समेत प्रयोग गर्दै आएका छन् । यसबाहेक जुम्लामा पाइने अतिस, पदम चाल, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागयत पनि औषधिकाे रुपमा स्थानीयले प्रयाेग गरिरहेका छन् । प्रमुख बस्नेतलले भने- कर्णाली प्रदेशमा पाइने ६१ प्रकार वनस्पतिमाथि अनुसन्धान भइरहेकाे छ । केन्द्रले लगुपत्र र टुकी फूल पनि उत्पादन गर्दै आएको छ ।- न्युज कारखाना

  • दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध

    दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध

    जुम्ला, २९ चैत-

    जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् ।

    जुम्लामा राष्ट्यि प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको विद्युत प्रराधिकरणले जनाएको छ ।

    कालिकोटदेखि जुम्ला ११ केभिए राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएको छ । तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले बिजुली आपूर्तिको समस्या जुम्लावासीले भोग्दै आएका छन् ।

    ३३ केभिएको लाइन जुम्ला नपुगेसम्म बिजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । दुई दिनदेखि बिजुली आपूर्ति नहुँदा स्थानीयवासीले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन् ।

    नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले विद्युत प्रसारण लाइनमर्मत जारी रहेको बताए । यहाँ उत्पादित बिजुलीको क्षमताले सबै ठाउँमा धान्न सकेको छैन । उनले भने, ‘जुम्लामा उत्पादन भएको घघुत्ती पावरहाउसबाट भ्याससम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुँडिखेल, बजार, विजयनगर क्षेत्रमा लाइन सञ्चालन गर्ने तयारीमा छौँ ।’

    नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए । उनका अनुसार दुल्लु कालिकोट ३३ केभिए लाइनमा समस्या देखिएको हो । त्यो क्षेत्रमा कालिकोट वितरण केन्द्रले हेर्ने हो । अहिले छाेटाे समयका लागि कोहलपुरबाटै बिजुली आएको छैन । त्यो त एकैछिनमा आउँछ । यस्तै, कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलेका अनुसार दुल्लु खण्डमा समस्या आएको हो । मर्मतका लागि टोली पुगेको छ । मंगलबार बेलुकासम्म लाइन आउने उनले बताए । न्युज कारखाना

  • जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश, यसको देशभर प्रभाव पर्छ : प्रचण्ड

    जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश, यसको देशभर प्रभाव पर्छ : प्रचण्ड

    काठमाडौं, २९ चैत

    जनता समाजवाद पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् ।

    देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ । न्युज कारखाना

  • बेवाारिसे अवस्थामा शव फेला

    बेवाारिसे अवस्थामा शव फेला

    मान्म, २९ चैत-
    कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

    पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ । शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)