हेर्नुहोस आज मिति  २०८२ साउन १७ गते शनिवारको राशिफल

आज मिति  २०८२ साउन १७ गते शनिवार, २ अगस्ट २०२५। श्रावण शुक्लपक्ष अष्टमी तिथि, प्रातः ६ः०१ बजेपछि नवमी। विशाखा नक्षत्र। चन्द्रराशि तुला।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुख सुविधा प्रतिको मोह बढ्नेछ । मन कल्पना र भावनामा डुब्न सक्छ । अध्ययनमा ध्यान दिएमा उत्कृष्ट उपलब्धि मिल्नेछ । पुराना साथीभाइसँग पुन: भेटघाटको सम्भावना छ । निजी सम्बन्ध सार्वजनिक गर्न उपयुक्त समय हो । घर परिवारको भावना बुझेर काम गर्दा सम्बन्ध बलियो बन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमीको स्वास्थ्य वा कार्य क्षेत्रमा समस्या आउन सक्छ, जसले मन निराश बनाउन सक्छ । यद्यपि, भावना साटासाट गर्न पाएमा मानसिक शान्ति मिल्नेछ । मौसमी रोगको सानो जोखिम रहेको छ, सचेत रही कार्यमा लाग्दा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । व्यापारिक बैठक र नयाँ सम्झौताको सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक वातावरण सहज रहनेछ । तर सन्तानका इच्छा बुझ्नुपर्ने समय हो, जसले खर्च बढाउन सक्छ । आजको मिहिनेतले भविष्यमा छात्रवृत्ति वा विशेष अवसर ल्याउनेछ । आर्थिक शुभ समाचार पाउन सकिनेछ । ज्ञान र अनुभव बढ्नेछ । सम्झौता वा करारका लागि अनुकूल समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यस्त दिन हुनेछ । यद्यपि, केही समय परिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । गोपनीयता भंग गर्ने प्रयास हुन सक्छ, त्यसैले व्यक्तिगत कुरामा सावधानी अपनाउनुहोला । मन एकोहोरो बन्न सक्छ । लड्ने वा चिप्लिने सम्भावना छ । बोल्दा संयमता अपनाउनु राम्रो हुन्छ, नत्र वरिष्ठसँग विवाद हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
योजना र व्यवस्थापन राम्रोसँग मिलाउँदा फाइदा हुनेछ । पुराना स्मृति र विषयले मन अलमलिन सक्छ । तनाव बढ्न सक्छ, तर आफूलाई संयमित राख्नु बुद्धिमानी हुनेछ । दाजु बहिनी वा गुरुसँगको सहायताले जटिल कुरा समाधान हुनेछ । आत्मसुधारको राम्रो अवसर पनि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जीवन साथी र परिवारबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । आर्थिक समस्यामा प्रयास गर्दा समाधान आउनेछ । अभिव्यक्तिमा निखार आउँछ, जसले व्यक्तित्व विकासमा मद्दत पुर्‍याउनेछ । प्रतिस्पर्धामा अग्रता लिने सम्भावना छ । यद्यपि, भौतिक लालसाले मानसिक अशान्ति दिन सक्छ । लक्ष्य प्राप्त हुने तर इच्छाहरू बढिरहने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो मनले चाहेको काम गर्न पाउँदा प्रसन्नता हुनेछ । स्वास्थ्य ठीक रहनेछ । तर भ्रम र लोभले अनावश्यक जिम्मेवारी बढाउन सक्छ । प्रेम सम्बन्धमा चिसोपन आउन सक्छ । ऋण वा उधारो बारे विषय प्रमुख बन्न सक्छ । यद्यपि, औषधि, काष्ठ वा फर्निचर व्यवसायमा लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थकान वा मानसिक दुविधा अनुभूति हुन सक्छ । बजेट सन्तुलनमा राख्नु आवश्यक छ । लगानी गर्दा सोच विचार गरेर अघि बढ्नु राम्रो हुन्छ, नत्र धोका हुन सक्छ । निर्णय लिनुपर्दा मन डगमगाउन सक्छ । साथी वा सहकर्मीको सहयोग लिनु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यक्तित्व विकास र भौतिक सुखको खोजीमा नयाँ विचार जन्मनेछ । लक्ष्य प्रति दृढ भएमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुने समय हो । काममा ढिलो भएपनि विशेष कार्य सम्पादन हुनेछ । प्रेमीबाट उपहार वा विशेष सन्देश प्राप्त हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वाणी र ज्ञानको प्रयोग हुने पेसामा लाभदायक समय छ । नयाँ योजना वा प्रस्तावका लागि अनुभव र अन्तरक्रिया महत्वपूर्ण हुनेछ । काममा ढिलासुस्ती भएपनि निरन्तर प्रयासले सफलता पाइनेछ । कारोबारी गतिविधिमा सन्तोषजनक लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु वा प्रतिद्वन्द्वीसँगको व्यवहार मिलाएर चल्नुपर्ने अवस्था आउन सक्छ । व्यक्तिगत कामभन्दा आफन्तको जिम्मेवारीमा समय बित्नेछ । आर्थिक कारोबार लाभदायक हुनेछ । नयाँ ठाउँमा लगानी सोचिएको छ भने राम्रो सम्भावना देखिन्छ । घर व्यवहार व्यस्त रहन सक्छ । कुनै अभिलाषा पूर्तिको सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य प्रति सचेत रहनुपर्ने दिन हो । खानपानमा अरुचि लाग्न सक्छ । आफन्त र जीवन साथीसँग भावना बाँड्नु राम्रो हुन्छ । गलत काम वा असामाजिक गतिविधिबाट टाढा रहनु उत्तम हुन्छ । एकान्त चाहना जाग्न सक्छ तर बाध्यताले निराशा हुन सक्छ । संयम अपनाउँदा दिन सामान्यतया सहज हुनेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *