बागमतीका वनमन्त्री कृष्ण सिलवाललाई गृह पालिका इच्छाकामनामा भव्य स्वागत

कुरिनटार, २ भदौ
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई गृहपालिका इच्छाकामनामा भव्य स्वागत गर्दै बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको आयोजनामा शनिबार कुरिनटारमा एक कार्यक्रम गरि नवनियुक्त मन्त्री सिलवाललाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।

इच्छाकामना गाउँपालिका मन्त्री सिलवालको गृहपालिका हो भने यो क्षेत्रबाट सांसद तथा मन्त्री बन्ने पहिलो व्यक्ति माननीय कृष्णप्रसाद सिलवाल बन्न सफल भएकोमा स्थानीयहरु खुशी देखिन्छन् ।

पार्टी अध्यक्ष नर बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल रहनुभएको थियो भने विशिष्ट अतिथिको रुपमा नेकपा एमाले चितवन जिल्ला सचिव प्रकाश ढुङ्गाना, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत एमालेका कार्यकर्ता स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै वनमन्त्री सिलवाले इच्छाकामनाको सिर नझुक्ने गरि काम गरेर आफ्नो कार्यकाल पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *