भरतपुर १६ मा नेकपा (एमाले)को कमिटि गठन, अध्यक्षमा कल्याण अधिकारी

चितवन, २ भदौ
नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका १६ को अध्यक्षमा कल्याण अधिकारी चयन भएका छन् । आज सम्पन्न वडा अधिवेशनले सर्वसम्मतिबाट अधिकारीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रकाश थपलिया, ऋषिराम खनाल, उपसचिवमा दिपा गिरि र रविना पौडेल चयन भएका छन् ।

त्यसै गरि वडा कमिटी सदस्यहरुमा दिपक थापा दिपु, रोशनि बुढाथोकि, पवित्रा पुरी, कृष्ण प्रसाद ओझा, प्रकाश थापा, चित्र बहादुर थापा मगर, कमल घिमिरे, दिपाक थापा, विष्णु राउत, चिनिमाया गुरुङ, प्रेम प्रसाद कडेल, कल्पना रिजाल देवकोटा, मेनुका पौडेल, मालाश्री गुरुङ, सुजन ढकाल र जित बहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष भक्तराज हमालको अध्यक्षता, नेकपा एमालेको केन्द्रीय सदस्य दिल कुमारी रावल थापा पार्वति को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनमा निवर्तमान अध्यक्ष कृष्ण पौडेलले नवनिर्वचित अध्यक्षलाइ पद हस्तानान्तरण गरेका थिए। भने प्रमुख अतिथि रावलले नवनिर्वाचित कमिटिलाइ सपथ खुवाउनुको साथै जनताको हितको लागि काम गर्न र पार्टिलाइ सुदृढीकरण गर्दै अघि बढाउन आग्रह समेत गर्नु भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *