अनेरास्ववियु क्रान्तिकारीले भन्यो, ‘स्मल हेभन स्कुलको बसमा आगो हामीले लगाएका हौं’

चितवन, ३१ वैशाख –
भरतपुरमा स्मल हेभन बोर्डिङ् स्कुलको बसमा भएको आगजनीको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी)ले लिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटी चितवनले आज एक विज्ञप्ति जारी गर्दै बसमा आफूहरुले आगजनी गरेको बताएको हो ।

संगठनकी संयोजक सुमनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शैक्षिक माफिया नेता उमेश श्रेष्ठले सञ्चालन गर्दै आएको स्मल हेभेन स्कुलले चर्को शुल्क असुल्ने अभिभावकहरूलाई शोषण गर्दै आएको हुँदा पटकपटक चेतावनी दिंदासमेत प्रवाह नगरेको हुँदा अखिल क्रान्तिकारी चितवनद्वारा स्मल हेभेन स्कुलको बसमाथि चेतावनी पूर्वक कारवाही गरिएको जानकारी गराउन चाहन्छौं ।”

भरतपुर महानगरपालिका–२०, दद्रेनीमा सडकमा गुडिरहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुलको बागमती प्रदेश– ०६-००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार बिहान आगजनी गरेका थिए ।

त्यस्तै अनेरास्ववियु क्रान्तिकारी चितवनले विश्वविद्यालय र प्राविधिक शिक्षाका क्षेत्रमा देखिएको भ्रष्टाचारमा ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु क्रान्तिकारीले निशुल्क शिक्षाको मागसहित ६ बुदे माग सार्वजनिक गरि आन्दोलनको घोषणा समेत गरेको छ ।

यस्ता छन् मागहरु:-
१. संविधानमा संस्थागत भएको निवार्य शिक्षा, उच्च शिक्षासम्म निःशुल्क र वैज्ञानिक शिक्षाको लागू गर्न सङ्घर्ष चलाउने ।

२ सम्पूर्ण निजी शैक्षिक संस्थाहरूलाई राष्ट्रियकरण गरि शैक्षिक एकरूपता ल्याउनका लागि अभियान सञ्चालन गर्ने।

३ निजी शैक्षिक सस्था , शैक्षिक व्यापारीकरण र शैक्षिक माफियाको पूर्ण खारेज गर्न अभियान चलाउने ।

४. शैक्षिक क्षेत्रमा देखिएका सवैखाले विकृतिको अन्त्य गर्ने अभियान सञ्चालन गर्ने ।

५. अवैध विदेशी शैक्षिक संस्थाहरु तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरु र कन्सल्टेन्सीहरूका विरुद्ध सङ्घर्ष पलाउने ।

६. नेपाल सरकार, शिक्षा मन्त्रालय विश्वविद्यालयहरू परिक्षा बोर्ड, शिक्षा आयोगलगायत सरोकारवाला शैक्षिक निकायहरूमा अनिवार्य शिक्षा निशुल्क शिक्षा र वैज्ञानिक शिक्षा नागर्न विद्याधीको पक्षमा ज्ञापनपत्र बुझाई सहष अगाडि बडाउने ।

हेर्नुहोस् विज्ञप्ति :-

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *