सौराहालाई पर्यटन क्षेत्र घोषणाको माग गर्दै व्यवसायीहरुले बुझाए गृहमन्त्रीलाई ध्यानर्कषण पत्र

चितवन, ३१ वैशाख
सौराहालाई पर्यटन क्षेत्र घोषणाको माग गर्दै व्यवसायीहरुले गृहमन्त्री रवि लामिछानेलाई ध्यानर्कषण पत्र बुझाएका छन् ।

क्षेत्रीय होटल संघ चितवन सौराहा, रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एशोसियसन, वर्ड एजुकेशन सोसाइटी र साना पर्यटन व्यवसायी संस्थाले सयुक्त रुपमा गृहमन्त्री लामिछानेलाई ध्यानर्कषण पत्र बुझाएका हुन् ।

रेवान सौराहाका अध्यक्ष धुर्व गिरीको नेतृत्वमा भरतपुरमा गृहमन्त्री लामिछानेलाई ध्यानर्कषण पत्र बुझाइएको हो । पर्यटकीय नगरी सौराहालाई पर्यटन क्षेत्र घोषणाका लागि कैयौं पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाइएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा राज्यको निकायबाट आवश्यक पहल तथा समन्वय गर्न, सौराहा तथा समग्र चितवन भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पूर्ण रुपमा सुरक्षित भई सौराहा तथा चितवन भ्रमण गरि फर्किने वातावरण सृजना गर्न,सौराहा स्थित बछौली प्रहरी चौकी कार्यालयलाई साधन श्रोतको सुविधा सम्पन्न तथा चुस्त दुरुस्त गराई शान्ति सुरक्षा व्यवस्था कायम गर्न, पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता प्रदान गर्न, समग्र चितवन बासी तथा पर्यटन प्रवद्र्धनको लागि रात्रीकालिन हवाई उडानको व्यवस्था गरिदिन गृहमन्त्रीलाई आग्रह गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *