हल्का वर्षापछि आज भरतपुरको वायु स्वस्थकर, काठमाडौं र पोखरामा पनि घट्यो प्रदूषण

भरतपुर, २६ वैशाख
हल्का वर्षा भएपछि देशका अधिकांश स्थानमा वायु प्रदूषण घटेको छ । एक साताअघिसम्म उच्च प्रदूषित रहेको चितवनको भरतपुर पनि वायु प्रदूषण घटेको छ ।

आज (बुधबार) भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १२५, पोखराको ४३ तथा रारा क्षेत्रको ४७ मा झरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थयकर वायु रहेको मानिन्छ ।

यस्तै, काठमाडौं उपत्यकाका अधिकांश स्थानमा एक्यूआई एक सयभन्दा कम भएको छ । बिहान ललितपुरको भैँसेपाटी क्षेत्रमा एक्यूआई १८१ मापन भएको छ । रत्नपार्कमा एक्यूआई १२६ र शंखपार्कमा १११ छ । यीबाहेक उपत्यकाका अन्य क्षेत्रमा एक्यूआई एक सयभन्दा कम छ । जुन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *