नालामा बोसोजन्य फोहोर मिसाएको पाइएपछि नारायणगढका होटललाई कारबाही गर्ने महानगरको चेतावनी

चितवन, २२ वैशाख
नारायणगढ बजार क्षेत्रका होटलहरुले नालामा तेल तथा बोसोजन्य फोहोर मिसाएको पाइएपछि भरतपुर महानगरले कारबाही गर्ने चेतावनी दिएको छ ।

स्थलगत निरीक्षण गर्दा नालामा फोहोर मिसाएको पाइएको भरतपुर महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार नारायणगढका राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार, भेटघाट र जमघट लगायतका रेष्टुरेण्टहरुलाई पहिलो चरणमा पत्र पठाएर कारबाही गर्ने चेतावनी दिइएको हो ।

अन्यथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुने व्यहोरा अनुरोध छ’, महानगरले पठाएको पत्रमा उल्लेख छ ।

नालाको व्यवस्थापन हुन नसक्दा नारायणगढ बजार दुर्गन्धित बनेको छ । नारायणगढ बजारको नाला खुला हुँदा र नालाबाट पानी बगेर अन्यत्र जाने ठाउँ बन्द हुँदा नालाबाट दुर्गन्ध फैलन थालेको हो ।

स्थानीयहरुले विरोध गर्दै विभिन्न सम्बन्धित निकायहरुमा ध्यानाकर्षण पनि गराइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *