गोरखनाथ फाउण्डेशनद्वारा भरतपुर ४ को राममन्दिर आधारभुत स्वास्थ्य केन्द्रमा सरसफाइ

चितवन, चैत ३
गोरखनाथ फाउण्डेशनले भरतपुर महानगरपालिका ४ मा रहेको राममन्दिर आधारभुत स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ गरेको छ ।

फाउण्डेशनका उपाध्यक्ष सुजन ढकालले एक महिनामा एक दिन सरसफाइ गर्ने फाउण्डेशनको कार्यतालिका अनुसार सरसफाइ गरिएको बताए । फाउण्डेशनले शनिबार सरसफाइ कार्यक्रम गरेको हो ।

हालसालै स्थापित भएको फाउण्डेशनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकास गर्नुका साथै आयआर्जन र सीपमुलक तालिम प्रदान गर्ने उद्देश्य लिएर अघि बढिरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *