नारायणी नदिमा पुरुषको शव फेला

भरतपुर,चैत ६ ।
चितवनको नारायणी नदि किनारमा एक पुरुषको शव फेला परेको छ ।

आज दिउँसो भरतपुर १ पोखरा वसपार्क गौरश्वर मन्दिर पछाडी नारायणी नदिमा अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव काठमा अड्किएको अवस्थामा फेलापरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणघाटबाट खटिएर अनुसन्धान गरेको चितवन प्रहरीले जनाएको छ ।

चैत २ गते देवघाटमा नुहाउने क्रममा वेपत्ता भएका धादिङ घर भएका नरेश अधिकारी भएको रोटरी धर्मशाला देवघाटका संचालक विष्णु कुँवरले बताए ।
शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

मृतकका आफन्त र घरपरिवारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *