रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

५ फागुन, काठमाडौं ।

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ ।

इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो ।

शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *